default_image

ताजा समाचारहरु

August 24, 2017

नेपाल र बंगलादेशको सेमिफाइनल एन्फामा, अर्को हलचोकमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशबीच साफ यू १५ फुटबल च्याम्प्यिनसिपको सेमिफाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा हुनेछ । सेमिफाइनल शुक्रबार दिउँसो ३ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अर्को सेमिफाइनल भारत र भुटानबीच सोही समयमा हुनेछ ।  त्यो खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा हुनेछ ।समूह ‘बी’ […]

August 24, 2017

भारत विरुद्ध श्रीलंकाः दोश्रो एक दिवसीय आज

बालागोल्ला (एजेन्सी)– श्रीलंका र भारत बीचको एक दिवसीय श्रृंखलाको दोश्रो खेल आज श्रीलंकाको बालागोल्लास्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदै छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको सहज जित दर्ता गरेको थियो । ओपनर शिखर धवनको १ सय ३२ रनको शतकीय पारी र कप्तान विराट कोहलीको ८२ रनको मद्दतले भारतले पहिलो खेल सजिलैले आफ्नो पक्षमा […]

volleyball

August 24, 2017

उपाधि जित्ने दुवै टोलीको दाबी

पोखरा (हाम्रो खेलकुद)– फाइनल पुग्ने दुवै टोलीका प्रशिक्षकले छैटौं संस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् । यद्दपी फाइनल सहज नहुनेमा दुवै प्रशिक्षक सचेत छन् । लामाचौरमा हुने आज हुने फाइनलमा शिवम न्यू डाइमण्ड र विभागिय टोली नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । न्यू डायमण्ड प्रतियोगिताको सर्वाधिक सफल टोली हो भने […]

ronaldo video

August 24, 2017

रियल २-१ फियोरेन्टिना – हाइलाइट्स

म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । हाइलाइट्स

August 24, 2017

लिभरपुल च्याम्पियन्स लिगको समूह चरणमा

लिभरपुल (एजेन्सी)– लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएको छ । प्ले अफमा आक्रामक प्रदर्शन गर्दै गए राती जर्मन टोली होफेनहायमलाई ४–२ ले हराउदै लिभरपुलले समूह चरणको यात्रा तय गरेको हो ।  लिभरपुलको जितसँगै पहिलो पटक पाँच इङ्लिस क्लबले च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएका छन् । पहिलो लेगमा २–१ को अग्रता लिएको लिभरपुलले […]

August 24, 2017

रियलको जितमा रोनाल्डोको प्रभाव

म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल […]

Tevez

August 24, 2017

टेभेजको विषयमा बोका जुनियर्सले मुद्धा हाल्ने धम्की दियो

अर्जेन्टिना (एजेन्सी)– अर्जेन्टिनी स्ट्राइकर कार्लो टेभेजको सरुवा रकम पूर्ण रुपमा नतिरेको कारण अर्जेन्टिनी क्लब बोका जुनियर्सले संघाई सेन्हुआविरुद्ध कोर्ट अफ आर्बिट्रेसनमा मुद्दा दायर गर्ने धम्की दिएको छ । यहि बर्षको जनवरीमा करिब १३ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा चीन पुगेका टेभेजको स्थानान्तरण रकम अझै संघाईले नदिएको जुनियर्सले जनाएको छ । ‘पटक पटक लिखित अनुरोध गरेपनि […]

Ronaldo

August 23, 2017

आज सेन्टिएगो बर्नबउ ट्रफी हुदैँ , रोनाल्डो पनि खेल्ने

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आज हेने खेलमा प्रतिबन्धमा रहेका क्रिस्टियानो रोनाल्डोलाई पुरा समय खेलाइने बताएका छन् । रियलको घरेलु मैदानमा हरेक बर्ष हुने सेन्टिएगो बर्नबउ ट्रफी मैत्रीपूर्ण खेलमा यसपाली रियलले इटालियन टोली फियोरेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयानुसार राती २ः३० बजे सुरु हुनेछ । बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलो लेगमा […]

De Villers

August 23, 2017

डी भिलियर्सले दक्षिण अफ्रिकाको कप्तानी छाडे

कप टाउन (एजेन्सी)– एबी डी भिलियर्सले दक्षिण अफ्रिकाको एक दिवसीय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी त्याग्ने निर्णय सार्वजनिक गरेका छन् । यो निर्णय गरेपनि भिलियर्स पुन टेस्ट क्रिकेटमा फर्किने संकेत दिएका छन् ।  ‘फाप डुप्लेसीले टोलीलाई टि ट्वान्टी र टेस्ट क्रिकेट राम्ररी सम्हालिरहेका छन् । त्यसलाई मध्यनजर गर्दै एक दिवसिय कप्तानको जिम्मेवारीबाट टाढा हुने खबर गरेको […]

Neymaar

August 23, 2017

बार्सिलोना विरुद्ध लड्ने नेयमारको निर्णय

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पनि पूर्व क्लब बार्सिलोनाविरुद्ध लड्ने भएका छन् । सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन फरवार्ड विरुद्ध मुद्दा दायर गरेपछि उनी पनि पूर्व क्लबविरुद्ध उत्रन तयार भएका हुन् । अक्टोबरको नयाँ सम्झौताको उलंघन भएको भन्दै बार्सिलोनाले नेयमारलाई तोकिएको बोनस नदिने निर्णय गरेको थियो । त्यसबाहेक […]

Success

Thank you for your time.