October 12, 2017
बैंगलोर (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘ए’ मा लगातार चौथो खेल जितेको भारतले दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ । बुधबार राती भएको खेलमा भारतले मकाउलाई ४-१ ले हराएको हो । भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउलाई […]
October 11, 2017
स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले […]
October 11, 2017
इस्लामावाद (हाम्रो खेलकुद) – पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले एआइपिएस एसियाका नवनिर्वाचित कोषाध्यक्ष निरञ्जन राजवंशीलाई बधाई दिदै यो सफलता एसिया मुलुकमा नेपालको नाम उचो पारेको बताएकी छिन् । गत साता इस्लामावादमा सम्पन्न एआइपिएस एसियाको विशेष साधारण सभाबाट राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका थिए । इस्लामावादस्थित दुतावासमा राजदुत अधिकारीले आज राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका […]
October 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश इन्ष्टिच्युट अफ स्पोर्टस (बिकेएसपी) को आयोजनामा बंगलादेशको ढाकामा आजबाट शुरु भएको बिकेएसपी कप क्रिकेट प्रतियोगिताको लागि १६ सदस्यीय जिएचसिए टोली बुधबार ढाका प्रस्थान गरेको हो । टोलीलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष तथा सांसद विनोद श्रेष्ठ, सिजी फुड्सका लालबाबु प्रसादलगायतले बिदाई […]
October 11, 2017
काठमाडौ (हाम्रोखेलकुद)- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली आज हङकङ पुगेको छ। टोली हङकङको स्थानीय समय बिहानको ६:३० बजे अवतरण गरेको थियो। नेपालले छैठौ चरणको खेल अन्तर्गतहङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नैपर्ने हुन्छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनुपर्ने हुन्छ । च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन् हङकङसँगको खेलको लागि नेपाली टिमले भारतको चेन्नईमा अन्तिम तयारी गरेको थियो । हङकङसँगको खेलका लागि कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागरपुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम टिममा रहेका छन् ।
October 11, 2017
आर्मस्टडम (एजेन्सी) – डच फुटबलका आइकन खेलाडी आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन्यासको घोषणा सँगै विङ्गर रोवेनले सन्यासको यो उपयुक्त समय रहेको बताएका छन् । ‘यो सन्यास लिने उपयुक्त समय हो । मलाई थाहा थियो यो मेरो अन्तिम खेल हो तर, यो त्यति सहज थिएन ।’ सन्यासपछि रावेनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण […]
October 11, 2017
पेरिस (एजेन्सी) – विश्वकप छनोट अन्र्तगतको युरोपियन छनोटको अन्तिम खेलमा फ्रान्स विजयी भएको छ । युरोेपियन छनोट अन्र्तगतको समूह ‘ए’ बाट यसअघि नै विश्वकपमा स्थान बनाइसकेको फ्रान्सले बेलारुसलाई २–१ ले पराजित गरेको हो । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई जिताउन एन्टेनियो ग्रिजम्यान र ओलिभर जिरउडले गोल गरे । पराजित टिमका लागि […]
October 11, 2017
साओपाउलो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा ब्राजिलसँग ३-० ले पराजित चिलीको सम्भावना रोकिएको छ । लगातार दुई पटकको कोपा अमेरिका विजेता चिलीले रुस विश्व कपमा स्थान पाएन । ब्राजिलसँग ३-० ले पराजित चिलीले पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौका गुमाएको छ । शिर्ष स्थानको ब्राजिल , दोस्रो स्थानको उरुग्वे , तेस्रो स्थानको […]
October 11, 2017
इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]
October 11, 2017
लिस्वन (एजेन्सी) – युरोकप विजेता पोर्चुगलले समूह ‘बी’ को विजेता बन्दै अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ । युरोपियन छनोटको समूह ‘बी’ छनोटको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले समूह विजेताको रुपमा विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलसँग पराजित भएपनि स्वीट्जरल्याण्डले प्लेअफमा स्थान बनाएको छ […]