default_image

ताजा समाचारहरु

August 26, 2017

सञ्जय स्मृती प्रतिष्ठानको लौकाहा बासीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद)– मुख्यतः नेपालको भलिबल प्रबद्र्धनको उद्देश्यसहित स्थापित संजय स्मृती प्रतिष्ठानले रौतहटको दुर्गम गाउँ लौकाहामा बाढी पिडितलाई राहत साम्रगी वितरण गरेको छ । स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले हालै करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको थियो । बाढीका कारण तराईमा हजारौ जनताले जनधनको क्षती ब्यहोरिरहेको बेला प्रतिष्ठानले राहत वितरण गरेको हो । […]

August 26, 2017

बोर्नमाउथमाथि सिटीको संघर्षपूर्ण जित

बोर्नमाउथ (एजेन्सी) – इङ्लिस प्रिमियर लिगको दाबेदार मध्ये एकका रुपमा हेरिएको म्यानचेस्टर सिटीले आज एफसी बोर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबारको खेलमा रहिम स्टर्लिङले इन्जुरी समयमा गोल गरेपछि सिटीले बोर्नमाउथमाथि २–१ को सघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदान बोर्नमाउथले १३ औं मिनेटमा अग्रता लिएको थियो । बोर्नामाउथका लागि चार्ली ड्यानियल्सले उत्कृष्ट गोल गरेको थियो […]

August 26, 2017

साफ यू १५ – नेपाल र भारत दुवै टोलीको उपाधि जित्ने दाबी

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल र भारत दुवै टोलीका प्रशिक्षकले आइतबार एकअर्काको सामना गर्दै साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । समूह चरणमा एकअर्काको सामना गरिसकेका नेपाल र भारतबीच आइतबार फाइनल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा खेल हुनेछ । शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले […]

August 26, 2017

मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद)–नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा डेनिस क्लबसँग भएको मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा शनिबार भएको मैत्रीपूर्ण भलिबलमा नेपालले डेनमार्कको भिडओभ्र क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट १७–२५ ले गुमाएको राष्ट्रिय भलिबल टिमले त्यसपछिको तीनै सेट आफ्नो […]

August 26, 2017

प्रिमियर लिगमा युनाइटेड र लेस्टर सिटी भिड्दै

म्यान्चेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले आज राती लेस्टर सिटीको सामना गर्दै छ । युनाइटेडले पछिल्ला दुवै खेल ४–० को अन्तरले जितेको थियो । लेस्टरको दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको थियो । ओल्ड ट्राफोर्डमा हुने खेलमा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो पछिल्ला खेलको नतिजाको निरन्तरताको अपेक्षा राख्छन् । घरेलु मैदानमा […]

August 26, 2017

‘सुपर स्टार मेस्सी भित्राउन असम्भव’

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका फुटबल निर्देशक छिकी बेगरस्ताइनले बार्सिलोनाका लियोन मेस्सी ल्याउने प्रयास निरर्थक हुने बताएका छन् । प्रिमियर लिग टोलीले मेस्सीका लागि ३ सय मिलियन युरो रिलिस क्लज तिरेर पनि भित्राउन सक्ने सञ्चारमाध्यमहरुले जनाएका थिए । तर बेगरस्ताइनले त्यो सम्झौता असम्भव प्राय भएको बताएका छन् । सनसँग कुरा गर्दै बेगरस्ताइनल भनेका छन्,‘मेस्सी आउने सम्भावना […]

August 26, 2017

नेपाल सामू भारतलाई हराउने अर्को मौका

दिपेन्द्र पोखरेल काठमाडौं – भारतीय युवा टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले आशा गरे जस्तै नेपाल र भारतबीच साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त हुने भएको छ । नेपाल र भारतबीच आइतबार एकअर्काको सामना गर्दैछन् । चार दिनअघि समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोलीलाई २–१ हराएपछि प्रशिक्षक फर्नान्डेजले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘घरेलु टोलीले भएकाले […]

August 26, 2017

क्यानाडामा सागका दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ क्यानाडामा सम्मानित भएका छन् । लालीगुरास स्पोर्टस एन्ड कल्चर क्लबले श्रेष्ठलाई सम्मान गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले काठमाडौंमा सन् १९९९ मा भएको आठौं साग र पाकिस्तानमा २००४ मा भएको नवौं साफमा स्वर्ण पदक […]

August 26, 2017

फिट नहुँदै इब्राहिमोभिचलाई च्याम्पियन्स लिग टोलीमा राखिने

म्यानचेस्टर (एजेन्सी)– चोटबाट पूर्ण रुपमा मुक्त भइ नसकेपनि ज्लाटान इब्राहिमोभिचलाई म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले च्याम्पियन्स लिगको टोलीमा समावेश गर्ने भएका छन् । गत सिजन युनाइटेडमा उच्च प्रदर्शन गरेका इब्राहिमोभिचलाई अप्रिलमा घुँडामा चोट लागेको थियो । अहिले पनि उनी चोटमुक्त हुनका लागि मेहनत गरिरहेका छन् । बिहीबार मात्र इब्राहिमोभिच एक वर्षको लागि पुनः युनाइटेडसँग अनुबन्धित […]

volleyball-male

August 26, 2017

नेपाल र डेनिस क्लबबीच मैत्रीपूर्ण भलिबल आज

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली र डेनमार्कको भिडओभ्र क्लबसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपाल भलिबल संघको संयोजनमा मैत्रीपूर्ण खेल हुन लागेको हो । भलिबललाई जेठमा सरकारले राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसकै आसपासमा नेपाली […]

Success

Thank you for your time.