default_image

ताजा समाचारहरु

August 30, 2017

फेडेरर यूएस ओपनको दोस्रो चरणमा

न्यू योर्क (एजेन्सी) – १९ पटकका ग्रान्ड स्लाम विजेता रोजर फेडेररले १९ वर्षे अमेरिकी खेलाडी फ्रान्सिस टिआफोलाई ५ सेटको रोमाञ्चक खेलमा हराउँदै जारी यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। टिआफोका प्रेरणा रहेका फेडेररमाथि उनले पहिलो सेटमा २–० को अग्रता बनाउँदै सेट ६–४ ले जित्न पुगेका थिए । तर दोस्रो सेटदेखि फेडेररले आफ्नो अनुभवको सदुपयोग […]

August 30, 2017

नेपालको तेक्वान्दो र शिक्षामा सहयोग गर्न कोरियामा सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र अम होङ गिल फाउन्डेसनबीच सम्झौता भएको छ । दक्षिण कोरियास्थित सिओलस्थित डब्लुटिएफको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको नेपाल तेक्वान्दो संघका सदस्य दीपक विष्टले जानकारी दिए । सो अवसरमा दक्षिण […]

August 30, 2017

सान्चेज किन्ने सिटीको प्रस्ताव आर्सनलले स्वीकार गरेन

लन्डन (एजेन्सी)– फरवार्ड एलेक्सिस सान्चेजलाई किन्ने म्यानचेस्टर सिटीको प्रस्तावलाई आर्सनलले अस्वीकार गरेको छ । सिटीले सान्चेज भित्राउन ५० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो । गत सिजन प्रिमियर लिगमा २४ गोल गरेका सान्चेजको आर्सनलसँगको सम्झौता अर्को बर्ष सकिदैछ । उनी आफै पनि पेप ग्वार्डिओलाको सिटीबाट खेल्न चाहन्थे । तर आर्सनलले सान्चेज बेच्ने सबै खोल प्रस्तावलाई अस्वीकार […]

Sahi hope

August 30, 2017

वेस्ट इन्जिजसँग इङ्ल्यान्ड ५ विकेटले पराजित

लिड्स ( एजेन्सी)–वेस्ट इन्डिजले मंगलबार घरलु टोली इङ्ल्यान्डलाई दोस्रो टेस्टमा ५ विकेटले हराएको छ । इङ्ल्यान्डमा वेस्ट इन्डिजको झन्डै १७ वर्षयता पहिलो जित हो । पाहुना टोलीको जितमा साइ होप नायक बनेका हुन् । चौथो इनिङमा ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । पहिले इनिङ्समा २ सय […]

August 30, 2017

डिफेन्डिङ च्याम्पियन कर्वर युएस ओपनको पहिलो चरणबाटै बाहिर

न्यू योर्क (एजेन्सी) – – साविक बिजेता एञ्जेलिक कर्वर वर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् । मंगलबार राति भएको खेलमा साविकको विजेता जर्मन स्टार कर्वर जापानी खेलाडी नाओमी ओसाकासँग सोझो सेटमा पराजित भइन्। छैटौं बरियाताकी कर्वर सन् २०१६ देखि व्यवसायिक टेनिस खेल्न थालेकी १९ वर्षीया ओसाकासँग ६–३ र ६–१ […]

August 30, 2017

नेपाल र बंगलादेशको मैत्रीपूर्ण भलिबल –‘आज सोझो सेटमा जित्नेछौं’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशविरुद्ध आज हुने दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल पहिलो भन्दा स्तरीय हुने बताएका छन् । हिजो भएको पहिलो मैत्रीपूर्ण खेल पहिलो सेट गुमाएर पनि नेपालले ३–१ ले जितेको थियो । बंगलादेश दोस्रो एभिसी सेन्ट्रेल जोनको च्याम्पियन र बलियो टोली भएका कारण पहिलो सेटमा खेलाडीहरु […]

Neymar COutinho

August 30, 2017

नेयमार र कौटिन्होको रियल म्याड्रिडबाट खेल्ने सपना

रियो दि जेनेरियो (एजेन्सी) – युरोपियन फुटबलको अहिले सरुवा बजारका मुख्य दुई आकर्षण ब्राजिलियन स्टारद्वय नेयमार र फिलिपे कौटिन्होले पर्दछन् । उनीहरुले सबैको ध्यानाकर्षण गरेका छन् ।  बर्सिलोनाबाट २ सय २२ मिलियन युरोमा नेयमार यो सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएपछि पनि उनको चर्चा सेलाएको छैन । अर्को तिर कौटिन्हो लिभरपुलबाट नेयमारको पूर्व […]

August 29, 2017

नेपाली राइनोजले अमेरिकामा डिपिएल खेल्ने

सुरज भण्डारी डलास (टेक्सस)– नेपाली राइनोज क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर (डिपिएलं लिग खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो । नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व गरिसकेका र गरिरहेका प्रतिष्ठित […]

August 29, 2017

फिदिम नगरपालिकामा एक टोल एक खेलमैदान

दिपक बोहोरा पाँचथर– एक टोल एक खेल मैदानसहितको महत्वकांक्षी योजनासहित फिदिम नगरपालिकाको पहिलो नगर सभा मंगलबार सम्पन्न भएको छ । फिदिम नगरपालिका भित्र रहेका खेलमैदानहरुको पहिचान गरी एउटा खेलमैदानलाइ राष्ट्रिय स्तरको खेलमैदानमा रुपान्तरण गर्ने र विद्यालयमा खेलकुद शिक्षालाई महत्व दिने उल्लेख गरिएको छ । नगर सभाले नगरपालिकाले विभिन्न खाले प्रतियोगिता आयोजना गर्नेमा सहमति जनाएपछि कुन […]

August 29, 2017

लायन्स सेन्टिनियल ओपन हेरिटेज साइकल राइड अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – लायन्स सेन्टिनियल ओपन हेरिटेज साइकल राइड अर्काे साता हुने भएको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ ए वान अन्र्तगतका विभिन्न ५२ वटा क्लबहरुको आयोजनामा लायन्स सेन्टिनियल ओपन हेरिटेज साइकल यात्राको आयोजना गरिएको कार्यक्रम संयोजक किशोर भट्टराईले जानकारी गराए । ‘हाम्रो सम्पदा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ भदौं २० गते मंगलबार […]

Success

Thank you for your time.