default_image

ताजा समाचारहरु

September 8, 2017

नेपाल यू १६ बास्केटबल च्याम्पिनसिप छनोटबाट बाहिरियो [फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली पाँचौं एसियन यू १६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपबाट बाहिरिएको छ । च्याम्पियनसिपको दाबेदार भारतसँग आज १०६–३९ स्कोरमा पराजित हुँदै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । तस्बिर– विवेक सुवेदी/हाम्रो खेलकुद यद्दपी सो प्रतियोगिता तेस्रो साबा च्याम्पिनसिप पनि रहेकोले उक्त प्रतियोगितामा तेस्रो हुने सम्भावना भने नेपालको जीवित नै छ । […]

September 8, 2017

टुबोर्ग दुधे गोल्ड कपमा ८ टोलीले प्रतिस्पर्धा गर्ने

सबिन शेर्मा झापा (हाम्रो खेलकुद)– अर्को महिना टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबको आयोजनामा हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित ८ टोलीको सहभागिता रहने भएको छ । झापामा सिजनको पहिलो प्रतियोगिता रुपमा रहेको दुधे नकआउट असोज ४ गते सुरु हुनेछ ।   ३ लाख १ हजार […]

September 8, 2017

कम्पनीले लिभरपुल विरुद्धको खेल गुमाउन सक्ने

 म्यानचेष्टर (एजेन्सी)-  इंग्लिस क्लब म्यानचेष्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनीले चोटका कारण प्रिमियर लिग अन्तर्गत लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउने सक्ने भएका छन् । विश्वकप छनोट अन्तर्गत जिब्रल्टार विरुद्धको खेलमा पिडौलामा चोट बोकेका कम्पनीले शनिबार लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउनेमा आशंका गरिएको हो । चोट बोकेपनि कम्पनीले जिब्रल्टारविरुद्ध पुरै समय खेलेका थिए । चोटकै कारण कम्पनीले […]

September 8, 2017

बाप्पे र नेयमार आज पिएसजीका लागि सँगै खेल्न सक्ने

मेट्ज (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज राती पेरिस सेन्ट जर्मन (पिएसजी) र मेट्ज भिड्दै छन् । पिएसजी चारै खेलमा जितका साथ लिगको अग्रस्थानमा रहेको छ भने अंकविहीन रहेको मेट्ज तालिकाको पुछारमा रहेको छ । पिएसजीले चारै खेल जित्ने क्रममा १४ गोल गरेको छ र मात्र २ गोल खाएको छ । लिगको अघिल्लो खेलमा […]

Neymar

September 8, 2017

अहिले सम्म कुन कुन राष्ट्र पुगे विश्व कपमा ?

मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा आयोजना हुने विश्व कपको छनोट चरण जारी छैन । छनोट चरणका खेलहरु अझै बाँकी रहेपनि ७ राष्ट्रले अहिले सम्म विश्व कपमा स्थान सुरक्षित पारिसकेका छन् । आयोजक भएका नाताले रुस स्वतः विश्व कप खेल्न पाउनेछ । त्यसअर्थमा ३२ मध्ये ८ टोलीको विश्व कप खेल्ने टुंगो लागिसकेको छ । रुसको […]

September 8, 2017

नेपालले आज बलियो भारतको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– राजधानीमा जारी तेस्रो साबा तथा पाँचौ एसियन यू–१६ पुरुष छनोट बास्केटबल च्याम्पियनसिपको तेस्रो खेलमा आयोजक नेपालले आज उपाधिको दाबेदार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँस १ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानको चुनौती सहजै पन्छाएको नेपालले बिहिबार अर्को बलियो टोली बंगलादेशलाई कडा टक्कर दिएपनि […]

September 8, 2017

स्टेफन र माडिसन दुवै पहिलो पटक युएस ओपनको फाइनलमा

न्यूयोर्क (एजेन्सी) – वर्षको अन्तिम ग्रान्ड स्लामका रुपमा रहेको यूएस ओपन टेनिसको महिलातर्फको उपाधि यसपटक अमेरिकामै रहने यसअघि नै पक्का भइसकेको थियो । कारण सेमिफाइनल पुग्ने सबै खेलाडी अमेरिकन नै थिए । अब उपाधिका लागि भने सोलेनी स्टेफन र माडिसन किबीच प्रतिस्पर्धा हुने भएको छ । सोलेनीले दुई पटकको च्याम्पियन भेनस विलियम्सलाई तथा माडिसने किले […]

September 8, 2017

युवा क्रिकेट टोली मलेसियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिसी यू १९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको यात्रा सुरु गर्नेछ । दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले त्यसपछि नेपालले भदौ २८ मा भुटान र भदौ […]

Messi and Dembele

September 7, 2017

मेस्सी र डेम्बेले पहिलो पटक साथ-साथ प्रशिक्षणमा

बार्सिलोना (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी र जाभियर मास्चेरानो पहिलो पटक बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । मेस्सी र मास्चेरानोलाई अन्तर्राष्ट्रिय जिम्मेवारीपछि एक दिन थप विदाको व्यवस्था रहेपनि उनीहरुले आजबाट नै प्रशिक्षण सुरु गरेका हुन् । यसै सिजन जर्मनीको बोरुसिया डर्टमन्डबाट कीर्तिमानी रकममा बार्सिलोनामा आबद्ध भएका फ्रान्सेली स्ट्राइकर ओसुमाने डेम्बेले र मेस्सी […]

September 7, 2017

इटहरी मोडल र महेन्द्र मेरोरियल सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद) – इटहरी मोडल स्कुल र महेन्द्र मेमोरियल स्कुल इटहरीमा जारी सुनसरी जिल्ला स्तरिय अन्तर मावि सांसद कप फुटबल प्रतियोगितामा आज विजयी भएका छन् । पहिलो खेलमा लर्ड बुद्ध स्कुललाई ३–० ले हराउँदै इटहरी मोडल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इटहरीको जितमा प्रिन्स चौधरी, किरण बिष्ट र आदर्श राईले गोल गरे । आदर्श […]

Success

Thank you for your time.