default_image

ताजा समाचारहरु

November 5, 2017

माल्दिभ्समा किरणको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती जित हासिल गरेको छ । अघिल्लो खेलमा गोलरहित बराबरीमा रोकिएको टिसी स्पोर्टसले शनिबार मालहोसलाई १–० ले हराएको थियो । इब्राहिम माहुदीले गरेको गोल नै टिसी स्पोर्टस्को जितका लागि पर्याप्त रह्यो । माहुदी खेलको म्यान अफ […]

November 5, 2017

एपिएफ राइनो गोल्ड कपको सेमिफाइनलमा

कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन टोली नेपाल एपिएफ क्लब नवलपरासीमा जारी दोस्रो राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । कोल्हुवामा आइतबार नवलपरासीको देशभक्त युवा क्लबलाई २–० ले हराउँदै विभागिय टोलीले अन्तिम चारको यात्रा तय गरेको हो । हिजो अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटा पनि अन्तिम चारमा पुगिसकेको छ । खेलको […]

November 5, 2017

शिवम् न्यू डायमण्डलाई भलिबल उपाधि, प्रतिभा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ भलिबल प्रतियोगिता अन्र्तगत महिलातर्फको च्याम्पियन बनेको छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरमा आइतबार बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० ले हराउँदै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले एभरेष्टलाई २५–१३, २५–१४ र २५–१७ को सेटमा पराजित गरेको हो । उपाधिसहित न्यू डायमण्डले […]

November 5, 2017

आइटिएफ तेक्वान्दोमा आर्मी र मध्यमाञ्चल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आइटिएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सिनियरमा नेपाल आर्मी क्लब र जुनियरमा मध्यमाञ्चल च्याम्पियन बनेको छ । नुवाकोटमा भएको प्रतियोगिता सिनियरतर्फको १७ औं संस्करणमा आर्मीले ८ स्वर्ण पदक, ५ रतज र १ कास्य पदक जितेको थियो । त्यस्तै जुनियरको १० औं संस्करणमा च्याम्पियन मध्यमाञ्चले ८ स्वर्ण, ६ रतज र ३ कास्य पदक जितेको […]

November 5, 2017

तेस्रो अभ्यास खेलमा नेपालसँग बंगलादेश पराजित

काठमाडौं (हाम्रो खेलकुद) –  बंगलादेश भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टोलीले तेस्रो अभ्यासखेल आज जितेको छ । नेपालले घरेलु टोलीमाथि ६ विकेटको जित दर्ता गरेको हो । नेपाल र बंगलादेश दुवै कात्तिक २३ गते मलेसियामा सुरु हुने एसीसी यू १९ एसिया कपको अन्तिम तयारीमा जुटेका छन् ।   नेपालले यसअघिका दुई खेल ३ विकेट र […]

November 5, 2017

इम्प्याक्ट म्याराथन सिरिज मंसिर पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल इम्प्याक्ट म्याराथन सिरिजको दोस्रो संस्करण मंसिर पहिलो साता नुवाकोटको ककनीमा आयोजना हुने भएको छ । आयोजक इम्प्याक्ट नेपालले आइतबार पत्रकार सम्मेलनमाफर्त म्याराथन सिरिज मंसिर २ गते आयोजना गरिने जानकारी दियो । यसपटक प्रतियोगितामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय धावककले सहभागिता जनाउने इम्प्याक्ट नेपालका प्रमूख कार्यकारी अधिकृत (सिइओ) निक कर्स जानकारी दिए […]

November 5, 2017

रियल म्याड्रिड लास पाल्मासको सामना गर्दै

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको चौथो स्थानमा रहेको साविक विजेता रियल म्याड्रिड आज १९ औं स्थानमा रहेको लास पाल्मासको सामना गर्दै छ । रियल म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बर्नबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडका गोलकिपर केलर नाभास यस खेलमा घाइते रहेका कारण किको क्यासिल्लाले […]

November 5, 2017

म्यानचेस्टर युनाइटेड र चेल्सी बीच रोमाञ्चक भिडन्त आज

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज चेल्सीसँग भिड्दै छ । आज राति नेपाली समय अनुसार १०.१५ बजे सुरु हुने यस खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने छ । चेल्सीका लागि मिडफिल्डर एन्गोलो कान्टे टोलीमा फर्कँदै छन् भने डिफेन्डर सेजार एज्पिलिक्वेटा घाइते रहेका छन् । त्यसैले एन्टोनियो रुडिगरले यस खेलमा […]

November 5, 2017

आर्सनल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग भिड्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा आज तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौंमा रहेको आर्सनलसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार रातिको ८ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले गत साता नेपोलीविरुद्धको च्याम्पियन्स लिग खेलमा कायल वाकर, ग्याब्रियल जेसस र डेभिड सिल्भालाई विश्राम दिएको थियो । […]

November 5, 2017

डर्टमन्डविरुद्ध जितसँगै बायर्नको शीर्ष स्थानमा पकड बलियो

डर्टमन्ड (एजेन्सी) – गए राति जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको छ । बायर्नको जितमा आर्यन रोब्बेन, रोबर्ट लेवान्डोस्की र डेभिड अलाबाले गोल गरेका थिए । बायर्न डर्टमन्डको घरेलु मैदानमा खेलको नवौं मिनेटमै गोल गर्न सफल भएको थियो । मिडफिल्डर जेम्स रोड्रिगेजको पासमा रोब्बेनले गोल गर्दै स्कोर १-० बनाएका […]

Success

Thank you for your time.