default_image

ताजा समाचारहरु

September 17, 2017

आयोजक भगवतीलाई गजराज कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक श्री भगवती क्लब टोखा प्रथम उत्तर भेगीय गजराज जोशी कप फुटबल प्रतियोगिताको उपाधि जिततेको छ । टोखाकै अर्को क्लब सिटी स्पोर्टस क्लबलाई शनिबार ३-० ले हराउँदै भगवतीले उपाधि जितेको हो । टोखास्थित फुटबल मैदानमा खेलको सुरुवातदेखि नै भगवतीले दबदबा राखेको थियो । भगवतीका लागि हरि कार्कीले खेलको ३४ औ, सन्तोष […]

September 17, 2017

एन्फाको वेभसाइटमा पाकिस्तानी समूहको नियन्त्रण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक वेभसाइट ह्याक भएको छ । पाकडेभिल नामक समूहले एन्फाको वेभसाइट नियन्त्रण राखेको पाएको थियो । पाकडेभिल पाकिस्तानी समूह रहेको बुझिएको छ ।   हाल एन्फाको वेभसाइट निर्माण कार्य जारी रहेको सन्देश राखिएको छ ।

September 17, 2017

आर्सनल र चेल्सी भिड्दै, सान्चेज र हाजार्ड बेन्चमा

लण्डन (एजेन्सी) –  स्ट्यामफोर्ड ब्रिजमा आर्सनल र चेल्सी नेपाली समय अनुसार आज ६.१५ बजे भिड्दै छन् । लिगमा आफ्ना अघिल्ला तीन खेल जितेको चेल्सी तालिकामा तेस्रो स्थानमा रहेको छ भने ४ खेलमा २ जित र २ हारसँग आर्सनल अंकतालिकाको १२ औँ स्थानमा रहेको छ । आर्सनल युरोपा लिगमा कोलोनमाथिको ३-१ जितबाट ताजै छ भने चेल्सी […]

September 17, 2017

एसिएचएस थ्री वाई थ्री बास्केटबल मंगलबार

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको एक दिने एसिएचएस अन्तर आइटी कलेज थ्री वाई थ्री बास्केटबल प्रतियोगिता मंगलबार हुने भएको छ । आयोजक एसिएचएस कलेज स्पोर्टस क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ आइटी कलेजले भाग लिने जानकारी दियो । पुरुषतर्फको खेलहरु लिग कम नकआउट र महिलातर्फको भने राउण्ड रोविनको आधारमा […]

September 17, 2017

एक्सेल्सियर फुटसल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– द एक्सेल्सियर स्कुलले प्रथम हिमालय अन्तरविद्यालय यु–१४ फुटबल उपाधि जितेको छ । रोजबडलाई ४–२ गोलले हराउँदै एक्सेल्सियरले उपाधि जितेको हो । स्वयम्भू रिक्रिएसनमा भएको प्रतियोगिताको फाइनलमा एक्सेल्यिरका निमेश गोतामेले ह्याट्रिक गरे भने अर्को गोल धिरज जोशीले गरे । रोजबडका कृष शेरचन र विदितमान तुलाधर गोल गरेका थिए । ११ गोलसहित एक्सेल्यिरका निमेश […]

September 17, 2017

रियल म्याड्रिड सोसिएडाडसँग भिड्दै

दोनोस्टिया (एजेन्सी) – ला लिगाको सिजनमा खराब सुरुवात गरेको रियल म्याड्रिड आज रियल सोसिएडाडसँग भिड्दै छ । रियल म्याड्रिडले सिजन को ३ खेलमा १ जित र २ बराबरी खेलेको छ भने सोसिएडाडले आफ्ना तीनै खेल जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।   रियलका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो रातो कार्ड पाएकाले खेल्न प्रतिबन्धित छन् […]

September 17, 2017

सातौं एनएसए कप पौडी प्रतियोगिता भोलीबाट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा सातौं संस्करणको एनएसए पौडी प्रतियोगिता हुने भएको छ ।   एनएसए कप सोमबार र मंगलबार दुई दिन हुने नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा खुल्लातर्फ २६ र उमेर समूहमा ३३ गरी कुल ५९ इभेन्टमा पुरुष १ सय १२ र महिला ७२ गरी १ […]

September 17, 2017

नेपालीको सिनियर क्रिकेट टोली तयारीका लागि भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)– युवा टोलीले मलेसियामा एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट उपाधि जितेकै दिन आज नेपाली सिनियर क्रिकेट टोली आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारत प्रस्थान गरेको छ । युवा टोलीले आज हङकङलाई ५ विकेटले हराएर उपाधि मात्र जितेर एसिसी यू १९ एसिया कपको लागि पनि छनोट भएको छ । सिनियर […]

September 17, 2017

पाँचथरमा खेलकुदको बजेट ‘फ्रिज’ भएपछि एकअर्कालाई दोष

दिपक बोहोरा पाँचथर– खेल मैदानको बजेट ‘फ्रिज’ भएपछि त्यसको दोष जिल्ला खेलकुद विकास समिति पाँचथर र फिदिम उच्च माविबीचले एकअर्कालाई दिन थालेका छन् । फिदिम उमाविको स्वामित्वमा रहेको खेल मैदानको मर्मतको लागि छुटिएको बजेट १० लाख रुपैयाँ काम हुन नसकेर फ्रिज भएको छ । अहिले फ्रिज हुनुको दोष दुई पक्षले एकअर्कालाई लगाउने गरेका छन् । […]

Team Nepal Eastern Champions

September 17, 2017

नेपाली यू १९ पूर्वी क्षेत्र च्याम्पियन, एसिया कपका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यो उपलब्धीसँगै नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि छनोट भएको छ । जहाँ टेष्ट मान्यता प्राप्त राष्ट्रको सहभागिता रहनेछ । नेपालले ३९ रनमा […]

Success

Thank you for your time.