default_image

ताजा समाचारहरु

September 22, 2017

तृशरालाई रोड हाउस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तृशराले उपत्यका स्तरीय रोड हाउस युनियन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पक्नाजोलको कुमारी फुटसलमा भएको फाइनलमा आयोजक रोड हाउसलाई ७–४ ले हराउँदै तृशराले उपाधि जितेको हो । तृशराले उपाधिसहित ४० हजार र रोड हाउसले २५ हजार रुपैयाँ प्राप्त गर्यो । रोड हाउसका सञ्जय मगर उत्कृष्ट खेलाडी तथा तृशराका मिलन खत्री […]

Nepal

September 22, 2017

साफ यू-१८ : भुटानसँगको हार पछि नेपाल माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)–उपाधि रक्षाको योजना सहित भूटान यात्रामा निस्केको नेपालले पहिलो खेलमै माथ खायो र अनेपेक्षित हार बेहोरेको थियो । साफ यू १८ फुटबल च्याम्पियनसिप बुधबार पहिलो खेलमा नेपाल आयोजक भुटानसँग १–० ले पराजित भएको थियो । भुटानले प्रतियोगितामा लगातार दुई खेल जित्दै बलियो दाबेदारी प्रस्तुत गर्दा नेपाल भने पहिलो जितको खोजीमा हुनेछ । आज […]

September 22, 2017

नेपालका लागि भारतसँगको खेल ‘गर या मर’

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ छनोटमा सुखद सुरुआत गर्न बाट चुकेको नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । यस्तोमा परिस्थितिकाबीच नेपालले चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ ।  यद्दपी, भारतसँगको पछिल्लो भेट पनि नेपालका लागि सुखद […]

Costa

September 21, 2017

कोस्टा एट्लेटिको म्याड्रिड जाने

म्याड्रिड (एजेन्सी) – पूर्व एट्लेटिको म्याड्रिडका फरवार्ड डिएगो कोस्टा पुन: एट्लेटिको फर्किने भएका छन् । हाल चेल्सीमा आबद्ध कोस्टा क्लबसँग झगडा परेका कारण आफ्नो घर ब्राजिलमै समय बिताइरहेका छन् । कोस्टाले यस अघि चेल्सीले एट्लेटिको म्याड्रिडसँग चाहिने भन्दा बढि रकम मागेर आफूलाई एट्लेटिको म्याड्रिड जान रोकेको आरोप लगाएका थिए । तर अन्तमा दुई क्लब बीच […]

India vs Australia

September 21, 2017

अस्ट्रेलिया पुन: पराजित , कुलदिपको ह्याट्रिक

कोलकोता (एजेन्सी) – अस्ट्रेलियाविरुद्धको दोस्रो खेल ५० रनले जित्दै आज भारतले पाँच एक दिवसीय श्रृंखलामा २-० को अग्रता लिएको छ । कोलकोताको इडेन गार्डनमा भएको खेलमा भारतका लागि २ सय ५२ रन रक्षा गर्न कुलदिप यादवले ह्याट्रिक लिएका थिए ।

September 21, 2017

बंगलादेशविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल कबड्डी संघको आयोजनामा बिहिबारबाट शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा नेपालले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । तस्विर : विवेक सुवेदी /  हाम्रो खेलकुद  त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशलाईलाई ३७–३५ को प्रतिस्पर्धात्मक अंकमा पराजित गरेको हो ।सुरुआत देखि नै खेलमा पछि […]

Neymar

September 21, 2017

काभानी बेच्न पिएसजीलाई नेयमारको सुझाव

स्पेन (एजेन्सी) – यसै सिजन विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका ब्राजिलियन स्ट्राइकर नेयमारले क्लबका प्रशिक्षक नासेर अल खेलाइफीलाई काभानी बेच्नुपर्ने माग गरेका छन् । स्पेनिस प्रकाशन ‘सपोर्ट ‘  का अनुसार नेयमारले प्रशिक्षक नासेर समक्ष काभानीलाई पिएसजीबाट बेच्नुपर्ने माग गरेका छन् । लिग १ को खेलमा पेनाल्टी लिने क्रममा नेयमार र काभानीबीच विवाद सिर्जना भएको थियो । विवाद कै […]

Dudhe

September 21, 2017

हिमालयन शेर्पा टुबोर्ग दुधे कपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पा टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय लिग खेलिसकेको मोफसलको बलियो टोली झापा ११ लाई आज पेनाल्टीमा ३–२ ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा अग्रता लिएर पनि त्यसलाई […]

September 21, 2017

पूर्व कप्तान रुपकराज स्मृतिमा साइक्लिङ हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान तथा फिफा रेफ्री स्वर्गिय रुपकराज शर्माको स्मृतिमा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । आयोजक रुपक मेमोरियल फाउन्डेसनले पाकिस्तानी एयरलाइन्स दुर्घटना भएको २५ औं वार्षिकोत्सवको अवसर पारेर विमान दुर्घटनामा निधन भएकाहरुलाई श्रद्वान्जली दिने उद्देश्यले साइक्लिङ प्रतियोगिता गर्न लागेको बताइएको छ । २४ किलोमिटरको साइक्लिङ सातदोबाटोस्थित रुपकराज […]

September 21, 2017

मास्टर सेलेक्सन गल्फ भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद)– रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को शतवार्षिकीको अवसरमा शुक्रबार र शनिबार दुई दिन मास्टर सेलेक्सन गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आरएनजिसी क्लबमा हुनेछ । आयोजक विजय डिस्टिलरी प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता अन्डर स्टेबल फोर्ड ३/४ ह्याण्डीक्यापको आधारमा हुने जानकारी दियो । प्रतियोगितामा आरएनजिसीका सदस्य खेलाडीले मात्र […]

Success

Thank you for your time.