default_image

ताजा समाचारहरु

September 27, 2017

नेपाल विरुद्ध भारत [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेमा उपाधि जित्ने छ । खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस ।   श्रोत : भुटान फुटबल संघ सुरु हुने समय : ६:४५ बजे

BHuTan Nepal

September 27, 2017

भुटान बंगलादेशसँग पराजित ; नेपालले भारतलाई हराए उपाधि जित्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम दिनमा बंगलादेशले घरेलु टोली भुटानलाई हराएपछि नेपालको उपाधि जित्ने सम्भावना अन्तिम खेलमा निर्भर रहनेछ । बंगलादेशका लागि जाफार इकबालले ८३ औं र ९० औं मिनेटमा गोल गर्दै खेलको अन्तिम समय तिर जित सुनिश्चित गरेका थिए । बंगलादेशले तेस्रो जितसँगै ९ अंक बटुलेपछि भारतको भने उपाधि जित्ने […]

Messi Suarez

September 27, 2017

च्याम्पियन्स लिगमा बार्सिलोना स्पोर्टिङको सामना गर्दै

लिस्बोन (एजेन्सी) – पाँच पटकको च्याम्पियन्स लिग विजेता बार्सिलोनाले आज राति समूह डिमा पोर्चुगेली क्लब स्पोर्टिङ सिपिको सामना गर्दै छ । स्पोर्टिङको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । बार्सिलोनाले आफ्नो च्याम्पियन्स लिग अभियान युभेन्टसलाई ३–० ले हराउँदै सुरु गरेको गरेको थियो भने स्पोर्टिङले पनि आफ्नो पहिलो खेलमा […]

September 27, 2017

पिएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिगमा भिड्दै

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिग समूह बि अन्तर्गत आज राति दुई उपाधि दाबेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) भिड्दै छन् । खेल आज राति नेपाली समयअनुसार १२.३० बजे सुरु हुने छ । पिएसजीले आफ्नो पहिलो खेलमा सेल्टिकलाई ५–० ले हराएको थियो बने बायर्न एन्डरलेक्टसँग ३–० ले विजयी रहेको थियो । पिएसजी र बायर्न […]

Nepal keepers

September 27, 2017

साफ यू-१८ : नेपाल विरुद्ध भारत – सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपलको अन्तिम खेलमा नेपाल र भारत भिड्दै छन् । खेलको सम्पूर्ण जानकारी यहाँ पाउन सक्नु हुनेछ । सम्पूर्ण जानकारी  खेल : नेपाल विरुद्ध भारत प्रतियोगिता : साफ यू-१८ च्याम्पियनसिप स्थान : च्याङ्गलिमिथाङ्ग रंगशाला , थिम्पू , भुटान खेल हुने मिती : सेप्टेम्बेर २७ , बुधबार खेल हुने […]

September 27, 2017

म्यानचेस्टर सिटीको जित, लिभरपुल फेरी रोकियो

म्यानचेस्टर (एजेन्सी) – इङ्लिस टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग समूह एफमा शाख्तार डोनेस्कलाई २–० ले हराउँदै आफ्नो दोस्रो जित दर्ता गरेको छ । सिटीका लागि केभिन डि ब्रुयन र रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलको ४८ औँ मिनेटमा डेभिड सिल्भासँग पास साटासाट गर्दै डि ब्रुयनले पेनाल्टी बक्स बाहिरबाट शानदार गोल गर्दै सिटीको गोलको खाता […]

September 27, 2017

झापामा कारकभिट्टा र केर्खाबीच आज फाइनल हुँदै

भद्रपुर (हाम्रो खेलकुद)– झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि आज काकरभिट्टा टे«निङ सेन्टर र केर्खा स्टार क्लबीच प्रतिस्पर्धा हुँदैछ । मेची रंगशालामा हुने फाइनलको विजेताले उपाधिसहित १ लाख १ हजार तथा दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । जिल्लामा फुटबल खेलाडी उत्पादन र ती खेलाडीबीचको प्रतिस्पर्धाबाट स्तर उन्नत हुने विश्वासका साथ […]

bale and ronaldo

September 27, 2017

रियलको जितमा रोनाल्डो र बेलको गोल

डर्टमन्ड (एजेन्सी) – ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सफल नतिजालाई निरन्तरता दिएको छ । गए राती समूह चरणको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ३–१ ले हराएको छ । रियलको यो दोस्रो जित हो भने डर्टमन्डको दोस्रो हार हो । पहिलो खेलमा टोटेनह्यामसँग पराजित डर्टमन्डको समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ ।  […]

September 27, 2017

एपिएफले दुधे गोल्ड कपको फाइनलमा चर्च ब्वाइजको सामना गर्दै

सबिन शेर्मा झापा – टुबोर्ग प्रथम दुधे गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ । उपाधिका लागि ए डिभिजन क्लब नेपाल एपिएफले चर्च ब्वाइज काठमाडौंको सामना गर्नेछ । विजेताले उपाधिसहित ३ लाख १ हजार रुपैयाँ पाउनेछ । दोस्रो हुने टोलीले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । फाइनल पुग्ने दुई टोलीको सेमिफाइनलमा प्रतिस्पर्धा फरक […]

Nepal

September 27, 2017

साफ यू-१८ : उपाधि दौडको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । यू-१९ फर्म्याटमा सम्पन्न अघिल्लो संस्करणको विजेता नेपालले उपाधि रक्षा गर्न भारतलाई जित्ने पर्नेछ । प्रतियोगितामा घरेलु टोली भुटानसँग पहिलो खेलमा पराजित नेपली टोलीको भाग्य आज कै पहिलो खेलमा पनि निर्भर रहनेछ । नेपालले भारतलाई जित्नु अघि भुटानले पहिलो खेलमा बंगलादेशविरुद्ध अंक गुमाएमा मात्र नेपालको […]

Success

Thank you for your time.