default_image

ताजा समाचारहरु

September 29, 2017

‘खराब फर्मका बावजुद मनोबल कमजोर छैन’- इस्को

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर इस्कोले टोली ला लिगामा खराब फर्मबाट ग्रुजेपनि मनोबल भने कमजोर नभएको बताएका छन् । साविक विजेता जिनेदिन जिदानको टोली यो सिजन घरेलु मैदानमा तीन खेल सम्म जित्न असफल भएको छ । यद्दपी रियलले पछिल्लो एक सातामा दुई खेल जितेको थियो । जसमा च्याम्पियनन्स लिगको समूह चरणमा बुरुसिया डर्टमन्डलाई हराएको थियो […]

September 29, 2017

एसी मिलान प्रति बेकह्यामको विश्वास

मिलान(एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले एसी मिलानप्रति आफ्नो निकै लगाव रहेको उल्लेख गर्दै पूर्व क्लबले युरोपियन फुटबलमा पुनः उचाई प्राप्त गर्ने विश्वास लिएका छन् । लोनमा सन् २००९ र २०१० मा दुई वर्ष मिलानमा बिताएका पूर्व मिडफिल्डरले त्यहाँ खेल्दा केही सुखद अनुभुती रहेको सुनाएका छन् । यहाँ मेरो धेरै सुखद स्मरणहरु छन् । ती […]

September 29, 2017

एएफसीका अध्यक्ष अल खालिफा नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा नेपाल यसै महिना नेपाल आउने भएका छन् । उनी असोज २४ गते काठमाडौं आइपुग्ने बताइएको छ । त्यसको अघिल्लो दिन राजधानीमा एन्फाको विशेष साधारण सभा हुँदैछ । सन् २०१३ मा एएफसीको विशेष साधारण सभाबाट अध्यक्षमा निर्वाचित अल खालिफा पहिलो पटक […]

September 29, 2017

कोस्टा एट्लेटिकोको प्रशिक्षणमा सामेल

म्याड्रिड (एजेन्सी)– डिएगो कोस्टा अन्ततः एट्लेटिको म्याड्रिडको रंगिन जर्सीमा देखिएका छन् । चेल्सीबाट एट्लेटिको फर्केयता उनले बिहीबार पहिलो पटक टोलीमा अभ्यास गरेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा उनको क्लब पूर्व टोली चेल्सीसँग पराजित भएको भोली पल्ट उनी प्रशिक्षणमा जुटेका हुन् । एट्लेटिकोले सामाजिक सञ्जालमार्फत कोस्टाले पुनः एक पटक क्लबको जर्सी लगाएकोमा गौरवान्वित भएको उल्लेख […]

September 29, 2017

आर्सनलको जितमा वाल्कटको २ गोल

बारिसा (एजेन्सी) – युरोपा लिगको समूह एचमा आर्सनलले गए राति बेलारुसी च्याम्पियन बेट बोरिसोभलाई ४-२ ले हराएको थियो । आर्सनलको जितमा थियो वाल्कटले दुई गोल गरे भने ओलिभियर जिरु र रब होल्डिङले एकएक गोल गरेका थिए । खेलको नवौँ मिनेटमा आर्सनलका मिडफिल्डर ज्याक विल्शेरको पासमा थियो वाल्कटले गोलको खाता खोलेका थिए । त्यस्तै २२ औँ […]

September 28, 2017

श्रृखंला गुमाइसकेको अस्ट्रेलियाको पहिलो जित

बेंगलुरु (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला गुमाइसकेको अस्ट्रेलियाले चौथो खेलमा आज २१ रनको जित हासिल गरेको छ । अघिल्ला तीन खेल भारतले जितेको थियो । अब श्रृखंलामा भारत ३–१ ले अगाडि रहेको छ । ३ सय ३५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १३ रन मात्र […]

September 28, 2017

माल्दिभ्सबाट फर्के लगत्तै भलिबल खेलाडी मानबहादुर हङकङ पुगे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा बित्ने भएको छ । उनी घान्द्रुक समाजको निमन्त्रणामा भलिबल खेल्न आज हङकङ पुगेका छन् । हरेक वर्ष त्यहाँ नेपाली समुदायकाबीच भलिबल प्रतियोगिता हुँदै आएको छ । हरेक जस्तो हङकङबाट नेपालीका एक खेलाडीलाई बोलाउने परम्परा अनुसार यसपटक आफुलाई बोलाइएको मानबहादुरले बताएका थिए । […]

September 28, 2017

युरोपा लिगमा आर्सनलले बेट बोरिसोभको सामना गर्दै

बारिसा (एजेन्सी)- युरोपा लिगको समूह एच अन्तर्गत आज राति इङ्लिस टोली आर्सनलले बेलारुसी टोली बेट बिरोसोभको सामना गर्दै छ । खेल आज नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ । समूह चरणको पहिलो खेलमा आर्सनल कोलोनसँग ३-१ ले विजयी रहेको थियो । त्यस्तै बेट भने ज्भेजडासँग १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलले आफ्नो […]

September 28, 2017

साफ यू १८ च्याम्पियन टोलीका खेलाडीलाई कम्तीमा १ लाख पुरस्कार

काठमाडौं – साफ यू १८ च्याम्पियनसिप विजेता नेपाली युवा टोलीका प्रत्येक सदस्यले कम्तीमा १ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । भुटानमा बुधबार सम्पन्न च्याम्पियनसिपमा हेड टु हेडका आधारमा बंगलादेशलाई पछि पार्दै नेपालले उपाधि जितेको थियो । दुई वर्षअघि काठमाडौंमा भएको साफ यू १९ च्याम्पियनसिप पनि नेपालले जितेको थियो । त्यति बेला एन्फाले टोलीका […]

September 28, 2017

हरेकको स्वभाव अलग भएपनि मिलेर काम गर्नुपर्दछ काभानी

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीले टोलीको एकतामा जोड दिएका छन् । काभानी र नेयमारबीच केही दिन यता सम्बन्ध खराब भएको समाचार लगातार सार्वजनिक भएपछि काभानीको यस्तो भनाई आएको हो । दक्षिण अमेरिकी यी दुई स्टारबीच लियोनमाथि २–० को जित हासिल भएको खेलमा पेनाल्टी कसले हान्ने विषयमा विवाद मैदानमा विवाद परेको […]

Success

Thank you for your time.