December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा राहुल थोकर लामा र ७१ केजीमा सलोम सादा लेप्चा जैसीले प्रतिस्पर्धा गर्नेछन् । राहुल गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिपका स्वर्ण […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघका महासचिव एवम् जुडोका ‘ए’ लेभल कन्टिनेन्टल रेफ्री धर्मकुमार श्रेष्ठ बुधबार हङकङ जाने भएका छन् । अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुन श्रेष्ठ हङकङ जान लागेका हुन् । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने उक्त परीक्षामा उत्तीर्ण हुन सफल भए श्रेष्ठ ‘ए’ लेभल अन्तर्राष्ट्रिय रेफ्री बन्ने छन् । […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेट प्रतियोगितामा निकै प्रतिक्षित बनेको टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चियर्स लिडर्स पनि हुने भएका छन् । आयोजक ईपीएलले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ईपीएलमा दर्शकलाई खेलसँगै मनोरञ्जन प्रदान गर्न चियर्स लिडर्स राख्ने निर्णय गरिएको जानकारी गराए । ईपीएल पुस ३ गतेबाट शुरु भएर ११ दिनसम्म […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज र गोकर्ण फरेष्ट रिसोर्टको संयुक्त आयोजनामा दोस्रो संस्करणको कतार एयरवेज खुल्ला गल्फ प्रतियोगिता यही शुक्रबार र शनिबार हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दुइदिने एमेच्योर गल्फ प्रतियोगिता पुस २२ र २३ गते गर्न लागेको जानकारी गराए । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । १८ होलमा स्टेबल […]
December 5, 2017
म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो । शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले […]
December 5, 2017
बार्सिलोना( एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले पूर्व सहकर्मी नेयमारलाई भविष्यमा रियल म्याड्रिडमा जाने आफुले नदेखेको बताएका छन् । ब्राजिलियन सुपर स्टार नेयमार यहि सिजन विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । तर, क्लबका अर्का स्ट्राइकर इडिन्डस काभानीसँगको सम्बन्ध चिसो हुँदै गएकाले उनले पिएसजी चाँडै छाड्ने अनुमान गरिएको छ […]
December 5, 2017
म्युनिख (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमामा समूह चरणअन्तर्गत जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् । बार्यन र पिएसजी बीचको खेल बार्यनको घरेलु मैदानमा हुदैछ । समूह चरणको पहिलो खेलमा पिएसजीले म्युनिखलाई ३–० ले पराजित गरेको थियो । त्यही बदला लिने दाउमा […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको जाने भएको छ । डिसेम्बर ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडी सुस्मिता नेपाल र आयुशा केसीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवैले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । टिम व्यस्थापकमा […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र दीक्षा तामाङ समूह विजेता बन्दै हुवाई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिपको सुपर लिगमा प्रवेश गरेका छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा जारी खेलमा आर्मीकी दीक्षा समूह ‘ए’ बाट र स्वेच्छा नेम्वाङ समूह ‘सी’ बाट विजेता बन्दै सुपर लिगमा स्थान बनाएका हुन् । समूह […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले सोमबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । एन्फाले प्रशिषणमा रहेका २४ खेलाडीबाट अन्तिम २० खेलाडी घोषणा गरेको हो । प्रशिक्षणमा रहेका झरना नगरकोटी, रोशनी धिमाल, सुष्मा तामाङ र […]