default_image

ताजा समाचारहरु

FIFA

October 12, 2017

पाकिस्तान फुटबल संघ फिफाको निलम्बनमा

लाहोर (एजेन्सी) – विश्व फुटबलको सर्बाेच्च निकाय (फिफा)ले पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको छ । फिफाले आफु र पाकिस्तान फुटबल संघबीच तेस्रो समूह अर्थात राजनैतिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै बुधबारबाट नै लागु हुने गरी पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको हो । तेस्रो समूहको हस्तक्षेप स्विकार्य नभएको स्पष्ट पार्दै निलम्बन फुकुवा नभएसम्म संघका पदाधिकारी र क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता […]

Sagar Pun

October 12, 2017

हङकङमा नेपाली टोलीको तयारी [फोटो]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार हङकङसँग पहिलो खेल खेल्दै छ । खेलको अघिल्लो दिन नेपाली टोलीले क्वाङ्ग रिक्रिएसन ग्राउन्डमा अभ्यास गरेको हो । नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर अस्वस्थताका कारण  पशिक्षणमा देखिएनन । शरदले शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । सम्पूर्ण तस्विरहरु : कौशल अधिकारी / क्रिकेटिङ्गनेपाल डट कम   

sarad

October 12, 2017

हङकङ विरुद्ध शरदले दुवै खेल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ ।  अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]

October 12, 2017

जगजितसँग फक्सस्पोर्ट्सको रमाइलो कुराकानी [भिडियो ]

काठमाडौं (हाम्रो खेलकुद) – हाल अस्ट्रेलियामा रहदै आएका नेपाली मिडफिल्डर जगजित श्रेष्ठसँग फक्सस्पोर्ट्सले रमाइलो कुराकानी गरेको छ । जापानकालागि ३ खेल खेलेका युजो टासहिरो र हाल अस्ट्रेलियाको ए लिगका मिडफिल्डर जुम्पाई कुसुकामीसँगै जजगितसँग अस्ट्रेलियामा खेल्दाको अनुभव फक्सस्पोर्ट्स एसियाले बटुलेको छ । जगजित हाल अस्ट्रेलियाको नुनावाडिङबाट खेल्दै आएका छन् ।

Qualified

October 12, 2017

अहिलेसम्म रुस विश्व कपमा स्थान बनाएका राष्ट्रहरु

मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा हुने विश्वकपमा अहिलेसम्म आयोजक रुसबाहेक २२ राष्ट्रले स्थान बनाइसकेका छन् । २०९ राष्ट्रले भाग लिएको छनोटमा २२ राष्ट्रले स्थान बनाइसक्दा अझ ९ स्थान पक्का हुन् बाँकी छ । अहिलेसम्म स्थान बनाएका देशहरु यस प्रकार छन् । यूरोप : रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी ,  स्पेन , पोल्याण्ड , सर्बिया , […]

Sunil Chhetri

October 12, 2017

मकाउमाथि शानदार जितसँगै भारत एसियन कपमा छनोट

बैंगलोर (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘ए’ मा लगातार चौथो खेल जितेको भारतले दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ । बुधबार राती भएको खेलमा भारतले मकाउलाई ४-१ ले हराएको हो । भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउलाई […]

Messi

October 11, 2017

म्यानचेष्टर सिटी मेस्सीलाई मोटो रकम खर्चन तयार

स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले […]

October 11, 2017

खेलकुद विकासमा सहकार्यका लागि राजदुत अधिकारीले पहल गर्ने

इस्लामावाद (हाम्रो खेलकुद) – पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले एआइपिएस एसियाका नवनिर्वाचित कोषाध्यक्ष निरञ्जन राजवंशीलाई बधाई दिदै यो सफलता एसिया मुलुकमा नेपालको नाम उचो पारेको बताएकी छिन् । गत साता इस्लामावादमा सम्पन्न एआइपिएस एसियाको विशेष साधारण सभाबाट राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका थिए । इस्लामावादस्थित दुतावासमा राजदुत अधिकारीले आज राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका […]

GHCA

October 11, 2017

जिएचसिए टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश इन्ष्टिच्युट अफ स्पोर्टस (बिकेएसपी) को आयोजनामा बंगलादेशको ढाकामा आजबाट शुरु भएको बिकेएसपी कप क्रिकेट प्रतियोगिताको लागि १६ सदस्यीय जिएचसिए टोली बुधबार ढाका प्रस्थान गरेको हो । टोलीलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष तथा सांसद विनोद श्रेष्ठ, सिजी फुड्सका लालबाबु प्रसादलगायतले बिदाई […]

Cricket Team

October 11, 2017

नेपाली क्रिकेट टोली हङकङ पुग्यो

काठमाडौ (हाम्रोखेलकुद)- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली आज हङकङ पुगेको छ। टोली हङकङको स्थानीय समय बिहानको ६:३० बजे अवतरण गरेको थियो। नेपालले छैठौ चरणको खेल अन्तर्गतहङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ  च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नैपर्ने हुन्छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनुपर्ने हुन्छ  । च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ ।  च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन्  हङकङसँगको खेलको लागि नेपाली टिमले भारतको चेन्नईमा अन्तिम तयारी गरेको थियो । हङकङसँगको खेलका लागि कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागरपुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन्  त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम टिममा रहेका छन् ।

Success

Thank you for your time.