default_image

ताजा समाचारहरु

Rohit Chand

October 15, 2017

पर्सिजा जाकार्ताको जितमा रोहितको पनि गोल

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसिया लिग १ मा हिजो पर्सिजा जाकार्ताले ग्रिसिक युनाइटेडलाई ५–० ले हराउँदा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले पनि गोल गरेका छन् । अंक तालिकाको पुछारमा रहेको ग्रिसिकलाई हराएको पर्सिजा जाकार्ता ४९ अंकसहित छैटौं स्थानमा यथावत रहेको छ । रोहितको टोलीले अहिले सम्मका २९ खेलमा १३ जित, १० बराबरी र ६ खेलमा […]

October 15, 2017

फ्राइबर्ग विरुद्ध बायर्न म्युनिखको शानदार जित

म्युनिख (एजेन्सी) –  जर्मन बुन्डेस लिगामा गए राति साविक विजेता बायर्न म्युनिखले फ्राइबर्गलाई ५-० ले हराएको छ । यस जित बावजुद बायर्न ८ खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । प्रशिक्षक जप हेन्केसको पहिलो खेलमा बायर्नले फ्राइबर्गमाथि शानदार जित दर्ता गर्यो । खेलको आठौं मिनेटमै फ्राइबर्गका डिफेन्डर जुलियन स्कुस्टरको आत्मघाती गोलमार्फत बायर्नले खेलमा अग्रता […]

October 15, 2017

किरणको टोली लिग उपाधि दौडलाई मजबुद पार्दै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) को उपाधि दौडलाई बलियो बनाउँदै लगेको छ । हिजो भएको खेलमा किरण सम्मिलित टोलीले तिनादुलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हाउँदै केही समयका लागि लिगको शीर्षस्थानमा उक्लेको थियो । यद्दपी अर्को खेलमा सफलता प्राप्त गर्दै माजिया पुनः शीर्षस्थानमा उक्ले […]

October 15, 2017

प्रिमियर लिगमा वाटफोर्डसँग आर्सनल निराश

वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगमा गए राति आर्सनलले वाटफोर्डसँग २-१ को हार बेहोरेको छ । वाटफोर्डका लागि ट्रोय डिनी र टम क्लेभरलीले गोल गरेका थिए भने पर मर्टिस्याकरले आर्सनलका लागि एक गोल गरेका थिए । वाटफोर्डको घरेलु मैदान भिकरेज रोडमा आर्सनलले ३९ औं मिनेटमा अग्रता लिएको थियो । ग्रानिट जाकाको कर्नरमा मर्टिस्याकरले गोल गरेका थिए […]

October 15, 2017

पिएसजीको संघर्षपूर्ण जित

डिजोन (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राती पेरिस सेन्ट जर्मन (पिएसजी) ले डिजोनमाथि २-१ को संघर्षपूर्ण जित निकालेको छ । पिएसजीको जितमा दुवै गोल डिफेन्डर थोमस म्युनियरले गरेका थिए । मुख्य स्ट्राइकर एडिन्सन काभानी बिना उत्रेको पिएसजी आक्रमणमा अरु बेलाभन्दा केहि फितलो देखिएको थियो । नेयमारले गरेको प्रहार रिबाउन्ड भएर फर्किँदा म्युनियरले सो […]

October 15, 2017

नेपाल र हङकङबीचको खेल भोलिका लागि सारियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र हङकङबीच विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल प्रभावित भएको छ । हङकङमा टाइफोन ८ (समुन्द्री हावा) आउने सम्भावना रहेकोले आजका लागि तय भएको नेपाल र घरेलु टोलीबीचको खेल सोमबारका लागि सारिएको हङकङ क्रिकेटको फेसबुक पेजमा उल्लेख गरिएको छ । हङकङसँगको पहिलो खेल  ८३ रनले गुमाएको नेपालको विश्व कप छनोटको यात्रा कठिन […]

October 15, 2017

स्वारेजले बार्सिलोनालाई हारबाट जोगाए

म्याड्रिड(एजेन्सी)– लुइस स्वारेजले खेलको अन्त्यतिर गोल गरेपछि गए राती ला लिगाको शीर्ष टोली बार्सिलोना र एट्लेटिको म्याड्रिडले १–१ को बराबरी खेलेका छन् । स्वारेजको गोलले बार्सिलोना अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । अघिल्ला ७ खेल जितेको बार्सिलोनाको २२ अंक पुगेको छ । खेल सकिन ८ मिनेट बाँकी रहँदा स्वारेजले सर्जी रोर्बेटोको क्रसमा हेडमार्फत […]

October 14, 2017

रियलको जितमा रोनाल्डोको निर्णायक गोल

गेटाफे (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि रियल म्याड्रिडले शनिबार गेटाफेलाई २–१ ले हराएको छ । त्यो जित पछि रियल अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । घाइते गेराथ बेल विना उत्रेको रियलले पाँचौं स्थानमा रहँदै शनिबारको खेल सुरु गरेको थियो । करिम बेन्जिमाको गोलबाट रियलले ३९ औं मिनेटमा अग्रता लिएको थियो । तर, ५६ […]

October 14, 2017

इरिक्सनको गोलमा टोटेनह्यामको जित

टोटेनह्याम (एजेन्सी)– क्रिस्टियन इरिक्सनले दोस्रो हाफमा गरेको गोलमा टोटेनह्यामले आज प्रिमियर लिगमा बोर्नमाउथलाई १–० ले हराएको छ । वेम्ब्ली रंगशालामा पहिलो जित दर्ता गराएपछि टोटेनह्याम १७ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लेको छ । इरिक्सनले दोस्रो हाफको दोस्रो मिनेटमा गोल गरेका थिए । पेनाल्टी बक्सबाट उनले गोल गरेका हुन् । यो सिजनको उनको तेस्रो गोल हो […]

October 14, 2017

स्टोकमाथि म्यानचेस्टर सिटीको गोल बर्षा

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आज स्टोक सिटीमाथि गोलको बर्षा गरेको छ । गाब्रियल जिससले २ गोल गरेको खेलमा सिटीले स्कोटलाई ७–२ ले हराएको छ । जितसँगै सिटी पुनः अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ भने सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ । आजै केहि घन्टा अघि सकिएको खेलमा युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी […]

Success

Thank you for your time.