default_image

ताजा समाचारहरु

October 17, 2017

विश्व कप छनोटका लागि इटालीले स्विडेनसँग प्ले अफ खेल्ने

जुरिच (एजेन्सी)– चारपटकको विश्व कप विजेता इटालीले अर्को वर्ष रसियामा आयोजना हुने विश्व कप प्रवेशका लागि स्विडेनसँग प्ले अफ खेल्नुपर्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले मंगलबार निकालेको ‘ड्र’ मा इटालीले प्लेअफमा स्विडेनसँग खेल्नुपर्ने भएको हो । स्विडेन समूह ‘ए’ को उपविजेता हो भने इटाली समूह ‘जी’ को उप विजेता हो । […]

Jesus Silva

October 17, 2017

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा नेपोलीको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एफमा आज म्यानचेस्टर सिटी र नेपोली भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा खेलिने यस खेल आज राति नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि डिफेन्डर भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डि घाइते रहेकाले यस खेलमा सहभागि हुने छैनन् । त्यस्तै कार दुर्घटनामा परेर […]

default_image

October 17, 2017

एएफसी फुटसल च्याम्पियनसिप : दुवै खेल हारेका नेपाल र तुर्किमिनिस्तान भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटसलमा सहभागिताको अनुभव सुखद हुन सकेन । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिपमा नेपालले अहिले सम्म खेलेका दुवै खेल गुमाएको मात्र छैन, हारमा पनि गोलको भारी नै बोकेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को लज्जास्पद हार बेहोरेको नेपालले हिजोको किर्गिस्तानसँगको खेलमा भने कम गोल भएको मै सन्तोष मान्नु […]

Paras Khadka

October 17, 2017

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली हङकङबाट आज स्वदेश फर्कदैछ । नेपाली क्रिकेट टोलीका व्यवस्थापक समेत रहेको टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार टोली ड्रयागन एयरबाट राती १० बजे त्रिभुवन विमानस्थल ओर्लनेछ । हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेलपछि नेपाल स्वदेश फर्कन लागेको हो । नेपाली टोली शुक्रबारको पहिलो खेलमा ८३ रनले पराजित भएको […]

October 17, 2017

एक दिवसिय क्रिकेटमा श्रीलंकाविरुद्ध बाबरको कीर्तिमान

दुबई (एजेन्सी)– एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले कीर्तिमान बनाएको खेलमा सोमबार पाकिस्तानले श्रीलंकालाई ३२ रनले हराएको छ । पहिलो खेल दिवसिय पनि जितेको पाकिस्तानले बाबरको शतकबाट प्रेरित खेलमा सफलता हात पारेसँगै ५ एक दिवसिय श्रृखंलामा २–० को अग्रता लिएको छ । दिवा रात्री खेलमा १ सय ३३ बल १ सय १ रन बनाएका बाबर […]

ronaldo bale

October 17, 2017

च्याम्पियन्स लिगमा रियल र टोटनह्याम भिड्दै

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह एच अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड इङ्ग्लिस टोली टोटनह्यामको सामना गर्दै छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । समूह एचमा रियल म्याड्रिड र टोटनह्याम दुवै टोलीको दुई खेलमा दुई जितसहित ६ अंक रहेको छ […]

nepal kryg

October 16, 2017

अन्तर्राष्ट्रिय फुटसलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- पहिलोपटक अन्तर्राष्ट्रिय फुटसलमा सहभागिता जनाएको नेपाली राष्ट्रिय फुटसल टिमले लगातार दोस्रो हार बेहोरको छ । इरानमा शुक्रबारबाट शुरु भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल किर्गिस्तानसँग ५–० ले पराजित भएका हो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोल अन्तरले पराजित भएको थियो । पोउर शरिफ फुटसल हलमा […]

Boxing second

October 16, 2017

उपचाररत बक्सिङ खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बक्सिङका पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङलाई मकाउमा रहेका पूर्व बक्सिङ खेलाडीहरुले आर्थि सहयोग  गरेका छन् । नेपाल बक्सिङ संघले सोमबार एक कार्यक्रममको आयोजना गर्दै मकाउमा रहेका पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको संस्था मकाउबाट संकलित १ लाख २ हजार २ सय ७५ रुपैया गुरुङका धर्मपत्नी मीन कुमारी गुरुङलाई […]

nepal

October 16, 2017

नेपाल फिफा वरियतामा तल झर्यो , जर्मनी शीर्षस्थानमा यथावत

काठमाडौं (एजेन्सी) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार सार्वजनिक गरेको फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल १ स्थान तल झर्दै १ सय ७६ औँ स्थानमा पुगेको हो । ७ स्थान तल झरेपनि एसियामा इरान शिर्ष स्थानमा छ । इरान ३४ औं स्थानमा छ भने अस्ट्रेलिया ७ स्थान माथि चढ्दै ४३ […]

October 16, 2017

यो सिजन यी ४ युरोपियन क्लबलाई कसैले रोक्न सक्ला ?

विविध सुवेदी काठमाडौं – युरोपेली लिगहरु सुरु भएको भर्खर लगभग दुई महिना भएको छ । त्यसैले धेरै टाढाका नतिजाहरु अनुमान लगाउन कठिन नै पर्छ । तर बिहानको समयले दिनको सङ्केत गर्छ भनेझैँ यी ४ युरोपेली क्लबहरुको अहिलेको उत्कृष्ठ लयका कारण यिनलाई यो सिजन कसैले रोक्न नसक्ने नै देखिन्छ । पेरिस सेन्ट जर्मन (पिएसजी) लिग – फ्रान्सेली […]

Success

Thank you for your time.