default_image

ताजा समाचारहरु

October 28, 2017

एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज अपर्ण कार्कीको कप्तानीमा नेपाली युवा टोलीको घोषणा गरेको छ ।   छिरिङ लोप्साङको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले अर्को साता सुरु हुने छनोटका लागि प्रेजन तामाङलाई उप कप्तान चयन गरेको छ । किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ […]

October 28, 2017

यु-१७ विश्व कपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै

कोलकता (हाम्रो खेलकुद)- भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि आज साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ । खेलहरु कोलकता स्तिथ साल्टलेक स्टेडियममा हुने संचालन हुने छ। प्रतियोगिताको फाइनल प्रवेसको लागि इङ्ल्यान्डले ब्राजिललाई ३-१ ले पराजित गरेको थियो भने स्पेनले मालीलाई पनि ३-१ ले पराजित […]

October 28, 2017

प्रिमियर लिगमा चेल्सी आज बोर्नमाउथको सामना गर्दै

बोर्नमथ (अजेन्सी) – प्रिमियर लिगमा आज साविक विजेता चेल्सी बोर्नमाउथको सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १०.१५ बजे सुरु हुने सो खेल बोर्नमथको घरेलु मैदान डिन कोर्टमा खेलिने छ । घरेलु टोली बोर्नमथ दुई लगातर जित दर्ता गर्दै लयमा देखिएको छ । बोर्नमथले गत साता स्टोक सिटीलाई २-१ ले हराएको थियो भने मध्य […]

October 28, 2017

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी वेस्ट ब्रोमको सामना गर्दै

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज लिगको तेर्हौँ स्थानमा रहेको वेस्ट ब्रोमको सामना गर्दै छ । आज साँझ ७.४५ बजे सुरु हुने यस खेल वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिने छ । लिग कपमा वोल्भरह्याम्प्टनसँग १२० मिनेट खेलेका सर्जियो अगुएरो र रहिम स्टेर्लिङलाई प्रशिक्षक पेप ग्वार्डियोलाले विश्राम दिने […]

October 28, 2017

पिएसजीको जितमा काभानी चम्किए, नेयमार दर्शक

पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले निसलाई ३-० ले पराजित गर्‍यो ।पिएसजीको जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए । मार्सेविरुद्ध रातो कार्ड पाएर प्रतिबन्धित रहेका स्टार खेलाडि नेयमारको अनुपस्थितिमा काभानी खेलको नायक रहे । काभानीमार्फत पिएसजीले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । […]

October 28, 2017

प्रिमियर लिगमा युनाइटेड र टोटनह्याम बीच रोमाञ्चक भिडन्त आज

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज तेस्रोमा रहेको टोटनह्यामसँग भिड्दै छ । नेपाली समय अनुसार बेलुकाको ५.१५ बजे सुरु हुने सो खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिँदै छ । टोटनह्यामले आज आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनलाई ह्यामस्ट्रिङमा चोटका कारण गुमाउने छन् । उनको स्थान हिउङ-मिन सन अथवा फर्नान्डो लोरेन्टेले […]

default_image

October 27, 2017

प्रिमियर लिगमा बढी मौका पाउने वालकोटको आशा

लन्डन (एजेन्सी)– आर्सनलका प्रशिक्षक आर्सन वेङ्गरले थियो वालकोटलाई क्लबमा अझै चाहेको र आउने दिनमा प्रिमियर लिगमा नियमित खेल्ने सम्भावना रहेको बताएका छन् । इङ्ल्यान्डका २८ वर्षे अन्तर्राष्ट्रिय खेलाडीले लिग बाहेकका प्रतिस्पर्धामा मात्र मौका पाइरहेका छन् । क्लबका महान खेलाडी इयान राइटले यो साता खेल जीवनलाई अघि बढाउन वालकोटले आर्सनल छाड्नु पर्ने बताएका थिए । डेल्ली […]

neymar

October 27, 2017

नेयमारको अस्वाभाविक सुविधा प्रति पिएसजीका अन्य खेलाडी असन्तुष्ट

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का कीर्तिमानी स्ट्राइकर नेयमारले क्लबबाट प्राप्त गरेको अलग छुट र सुविधा प्रति अन्य खेलाडी असन्तुष्ट रहेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । नेयमारलाई क्लब भित्रका विभिन्न आन्तरिक नियमहरुमा छुट रहेको पारिसिएनले जनाएको हो । बार्सिलोयनाबाट २ सय २२ मिलियन यूरोमा फ्रान्सेली क्लब पुगेका ब्राजिलियन स्ट्राइकरको व्यक्तिगत दुई फिजीयो छन् […]

October 27, 2017

मेस्सीको आँखामा रगतको आँसु, निशानामा विश्व कप फुटबल

लन्डन (एजेन्सी)– बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी जेल भित्र बसेर रगत आँसु निकालेर रुँदै गरेको तस्विर आतंकवादी गिरोह आइएसआइएसले सार्वजनिक गरेको छ । रुस विश्व कप अघि चेतावनीयुक्त सन्देश दिने पोस्टरमा लेखेको छ ,‘तिमी यस्तो राज्यसँग भिड्दै छौ जसको शब्दकोषमा हार भन्ने शब्द छैन ।’त्यस्तै अर्को एउटा तस्बिरमा विश्व कपको लोगो सहित ‘हाम्रो प्रतीक्षा गर्नुहोस्’ भनेर […]

October 27, 2017

यू–१४ वरियता टेनिस पर्सीबाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल लन टेनिस संघको आयोजनामा दोस्रोपटक सातदोबाटोमा आइतबारबाट सर्किट १ र २ को यू–१४ यू–१४ वरियता (र्याङकिङ) टेनिस पर्सीबाट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल सहित भारत, हङकङ र अमेरिकाका खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सर्किट १ का खेलहरु अक्टोबर ३० देखि नोभेक्बर ३ तारिख […]

Success

Thank you for your time.