default_image

ताजा समाचारहरु

October 31, 2017

स्प्रिङडेल स्कुलका दुवै टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ क्वाटरफाईनलमा प्रवेश गरेको छ । महोत्तरीको भानुभत्त मेमोरियल स्कुललाई मंगलबार २–० को सोझो सेटमा हराउँदा स्प्रिङडेल अन्तिम आठमा पुगेको हो । स्प्रिङडेलले २५–१७,२७–२५ ले खेल आफ्नो पक्षमा पारेको थियो । स्प्रिङडेलले पुरुषतर्फ पनि काठमाडौको एन्जल्सहार्टलाई २–० ले हराउँदै अन्तिम १६ […]

October 31, 2017

वीरगन्ज राइनो गोल्डकपको क्वार्टरफाइनलमा

नवलपरासी (हाम्रो खेलकुद) – वीरगञ्ज युथ क्लब नवलपरासीमा जारी तेस्रो राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई २–१ ले हराउँदै वीरगन्ज नवलपरासी मध्यबिन्दु ४ कोल्हुवा जारी प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । वीरगञ्जले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित हासिल गरेको थियो । वीरगञ्जको जितमा अफ्रिकी खेलाडी मिडो […]

October 31, 2017

कमलाको व्यक्तिगत प्रदर्शनमा सुधार

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी भारोत्तोलन खेलाडी कमला श्रेष्ठले दक्षिण कोरियामा जारी एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । दक्षिण कोरियाको योङगुमा मंगलबार भएको ६३ केनी तौल समूहमा कमलाले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । कमलाले स्न्याचमा ७० केजी, क्लिन एण्ड जर्कमा ८७ केजीसहित कुल १ सय ५७ केजी भार वहन […]

October 31, 2017

बेलसहित रियलका ६ खेलाडी लन्डन गएनन्

  म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका विङ्गर गारेथ बेल र रक्षक राफेल भाराने लन्डन नजाने ६ खेलाडीमा परेका छन् । टोटेनह्यामसँग बुधबार हुने च्याम्प्यिन्स लिगको समूह चरणका खेलका लागि रियलको टोली लन्डन पुगेको छ । टोटेनह्यामका पूर्व स्टार बेल, फ्रान्सेली रक्षक भारानेसहित माटेउ कोभाकिक, लुका जिदाने, डानी कार्भाजाल र केलोर नाभास लन्डन जाने १९ सदस्यीय टोलीमा […]

October 31, 2017

एसिया कपमा नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्नु पर्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार मलेसियामा कार्तिक २५ गते सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिसया […]

October 31, 2017

एएफसी यू–१९ छनोट : नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली एएफसी यू–१९ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा पराजित आयोजक किर्गिस्तानसँग पराजित भएको छ ।किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा मंगलबार भएको छनोटको पहिलो खेलमा नेपाली युवा टोली किर्गिस्तानको युवा टोलीसँग २–० ले पराजित भएको हो । किर्गिस्तानका लागि बोरुबाएभ र शुकुरोभले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा […]

United

October 31, 2017

युनाइटेड बेन्फिकासँग भिड्दै, चेल्सी रोमाको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘ए’ अन्तर्गत म्यानचेस्टर युनाइटेड आज बेन्फिकाको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । युनाइटेड समूह चरणका आफ्ना तीनै खेल जित्दै समूहको शीर्ष स्थानमा छ भने बेन्फिका जितविहीन रहेको छ । यी दुई बीचको अघिल्लो […]

October 31, 2017

बार्सिलोना च्याम्पियन्स लिगमा ओलम्पियाकोससँग भिड्दै

पिराएस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । च्याम्पियन्स लिगमा ओलम्पिकोसविरुद्ध अघिल्लो खेलमा रातो कार्ड पाएका डिफेन्डर जेरार्ड पिके यस खेलमा प्रतिबन्धित छन् । जाभियर मासेरानो अस्वस्थ छन् भने […]

October 31, 2017

किर्गिस्तान विरुद्ध नेपाल [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरणको छनोटमा नेपालले पहिलो खेलमा आज घरेलु टोली किर्गिस्तानको सामना गर्दैछ।खेल नेपाली समयानुसार ११:४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण किर्गिस्तान फुटबल संघले माइक्युजू मार्फत दिनेछ । यहाँ पनि खेलको प्रसारण हेर्न सक्नु हुनेछ ।

Ronaldo

October 31, 2017

रोनाल्डोलाई लक्षित गर्दै आईएसको अर्को चेतावनीपूर्ण संदेश

लन्डन (एजेन्सी) – विश्वकप फुटबललाई लक्षित गर्दै एक पछि अर्को चेतावनीपूर्ण संदेश सार्वजनिक गर्दै आएको आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले यसपटक पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोको तस्विर सार्वजनिक गरेको छ । यसघि मेस्सी र नेयमारलाई लक्षित गरेर चेतावनी दिएको आईएसले यसपटक रोनाल्डोको फोटो सार्वजनिक गरेको हो । रुस विश्वकपलाई खल्बल्याउने लक्ष्यका साथ यो तस्बिर सार्वजनिक गरिएको […]

Success

Thank you for your time.