default_image

ताजा समाचारहरु

November 3, 2017

जान्नुहोस् २०१७ को अहिलेसम्मका शीर्ष ५ गोलकर्ताहरु

विविध सुवेदी काठमाडौं – युरोपियन लिगलाई घातक स्ट्राइकरहरुको अखडा मानिन्छ । ती स्ट्राइकरहरुमध्ये पनि केही आफूलाई अरुभन्दा उत्कृष्ट तुल्याउन लागिपरेका हुन्छन् । २०१७ साल सकिन दुई महिना बाँकि रहँदा जानौं २०१७ को अहिलेसम्मका शीर्ष गोलकर्ताहरु को-को रहेका छन् । १. लियोनल मेस्सी यस वर्षको सुरुवातदेखि मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ४६ गोल गरिसकेका छन् […]

November 3, 2017

बेल वेल्सका लागि उपलब्ध हुने-नहुने रियलको हातमा

वेल्स (एजेन्सी)– वेल्स राष्ट्रिय टिमका प्रशिक्षक क्रिस कोलम्यानले आफ्ना फरवार्ड ग्यारेथ बेल आउने अन्तराष्ट्रिय खेलहरुका लागि उपलब्ध हुने वा नहुने निर्णय रियलले लिने बताएका छन् । वेल्सले यो महिना फ्रान्स र पानामासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।  बेल भर्खर चोटमुक्त भएर प्रशिक्षणमा फर्केका छन् तर उनले सेप्टेम्बरदेखि खेलेका छैनन् । पिंडौलाको समस्याका कारण त्यस अवधिमा बेलले रियलका लागि […]

bappe neymar

November 3, 2017

नेयमार र बप्पेमाथि अनावश्यक दबाब

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड द्वय नेयमार र केलियन बप्पेमाथिको आलोचनालाई लिएर कप्तान थिएगो सिल्भाले मिडियाहरुले अनावश्यक दबाब दिएको बताएका छन् । च्याम्पियन्स लिगमा डच क्लब एण्डरलेटलाई पिएसजीले ५–० ले हराएपछि नेयमार र बाप्पेले अनावश्यक दबाबको सामना गर्दै आएको सिल्भाले बताएका हुन् । ‘मलाई लाग्छ बाप्पेलाई नचाइदो दबाद दिइएको छ । नेयमारपनि […]

November 3, 2017

खेलकुदका हस्तीहरु चुनावी मैदानमा, एनओसी अध्यक्षदेखि एन्फा सिइओसम्म

प्रकाश तिमल्सिना काठमाडौं– खेलकुद जगतमा स्थापित नाम राजनीतिक नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । मंसिर  २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ओलम्पियन, कराते खेलाडीदेखि एन्फा पदाधिकारीलाई समेत उम्मेदवार बनाएको छ । […]

November 3, 2017

युरोपा लिग: बराबरी खेल्दै आर्सनल छनोट, एभर्टन बाहिरियो

लण्डन (एजेन्सी) – गए राति युरोपा लिगमा इङ्ग्लिस टोली आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजासँगै आर्सनल ४ खेलमा दश अंक बटुल्दै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । घरेलु टोली आर्सनलले खेलबाट पूरा ३ अंक जित्ने अवसरहरु पाए पनि स्ट्राइकर ओलिभर जिरुड र मिडफिल्डर ज्याक विल्शेरले तिनको फाइदा […]

evra

November 3, 2017

फ्यानमाथि एभ्राको ‘कुङ्गफू किक’ -[ भिडियो ]

लिस्बोन (एजेन्सी)– मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् । पोर्चुगेली क्लब भिटोरिया डी गुमाइरेसको घरेलु मैदानमा १–० को पराजय भोग्नु अघि एभ्राले फ्यानमाथि आक्रमणको प्रयास गरेका थिए । खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका एभ्रा रातो कार्ड पाएपछि ड्रेसिइङ्ग रुममा फर्केका थिए । वार्म अपको समयमा मार्सेलको भ्रमणकारी […]

messi

November 2, 2017

मेस्सीले क्षतिपूर्ति रकम परोपकारी कार्यमा दान गरे

ब्युनोस आइरेस (एजेन्सी) – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले क्षतिपूर्तिबाट प्राप्त रकम परोपकारी काममा दिएका छन् । अर्जेन्टिनी पत्रिका ला राजोन विरुद्धको मुद्दा जित्दै क्षतिपूर्तिका रुपमा पाएको ७० हजार युरो भन्दा बढी रकम मेस्सीले परोपकारी संस्था ‘डक्टर्स विथआउट बोर्डर्स’ लाई प्रदान गरेका छन् । सन् २०१४ को विश्व कपमा जर्मनीसँग फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीको चर्को […]

November 2, 2017

प्रेरणा र गरभ सर्किट १ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रेरणा कोइराला र भारतका गरभ बहल केशा गु्रप एएनएलटिए नेपाल एसियन यु–१४ ¥याङकिङ टेनिस च्याम्पियनसिप प्रतियोगिता अन्र्तगतको सर्किट १ को च्याम्पियन बनेका छन् । सातदोबोस्थित टेनिस कोर्टमा बिहिबार भएको महिलातर्फको फाइनल खेलमा प्रेरणाले आफ्नै देशकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटले हराइन् । यस्तै पुरुषतर्फ भारतका गरभ बहलले […]

volley

November 2, 2017

बुङताङ प्याब्सन भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) –बुङताङ भलिबल टोली प्रथम प्याब्सन यू १८ भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ सेमिफाईनलमा पुगेको छ । नुवाकोटको बुङताङले कोटेश्वरको ग्लासियर कलेजमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । बुङताङले २३–२५,२५–९,२३–२५,२५–२३ र १५–१३ ले आफ्नो पक्षमा पारेको थियो । विजयी टिम नुवाकेटका आशिष मगर म्यान अफ द म्याच चुनिए । पोखराको टप्स उच्च मावि […]

November 2, 2017

एसियन महिला इलाइट बक्सिङमा ललितालाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन महिला इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जनले सफलता हात पारेकी छन् । ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ललिताले सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै अघिल्लो चरण पुगेकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिन ईलाई अंकको आधारमा पराजित […]

Success

Thank you for your time.