default_image

ताजा समाचारहरु

November 6, 2017

वेस्ट ह्यामका प्रशिक्षक स्लाभान बिलिच बर्खास्त

लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले आफ्नो प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । साढे दुई वर्ष क्लब सम्हालेका बिलिचलाई वेस्ट ह्यामको खराब सुरुवातका कारण बर्खास्त गरिएको हो । वेस्ट ह्यामले यो साता प्रिमियर लिगमा लिभरपुलसँग घरेलु मैदानमा ४-१ ले पराजय भोगेको थियो । त्यस अघि पुछारमा रहेको क्रिस्टल प्यालेससँग २-२ को […]

November 6, 2017

पोखरा रंगशालामा ‘डोम’ निर्माण हुने

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा पहिलो इन्डोर हल सुविधाको डोम निर्माण हुने भएको छ । प्रतियोगिता सञ्चालन र खेलाडी प्रशिक्षका लागि निर्माण हुने डोमको निर्माण ६ महिना भित्र सक्ने योजना रहेको राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । उनले केहि दिनमै डोमका लागि टेन्डर आव्हान गरिने जानकारी दिए । पोखरा […]

November 6, 2017

राष्ट्रिय कराते प्रतियोगिताको सबै तयारी पुरा

काठमाडौं .(हाम्रो खेलकुद) – यसै साता हुने ५० औं राष्ट्रिय कराते प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नेपाल कराते महासंघले जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित मिति भन्दा एक दिनअघि कात्तिक २२ बाट २४ गते सम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको छ । यसअघि कात्तिक २३ देखि २४ आयोजना हुने जानकारी […]

November 6, 2017

न्युटन प्याब्सन यू–१८ राष्ट्रिय भलिबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ न्युटन हाइ स्कुल च्याम्पियन बनेको छ । नुवाकोटको बुङताङ भलिबल टोलीलाई सोझो तीन सेटमा हराउँदै न्युटन विजयी बनेको हो । अघिल्लो दिन न्यू डायमण्ड एकेडेमी महिलातर्फको च्याम्पियन बनेको थियो ।  नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा सोमबार भएको फाइनल न्युटनले ले २५–२०, […]

November 6, 2017

प्रिमियर लिगका दुई खेलाडिलाई बार्सिलोना ल्याउन मेस्सीको आग्रह

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार खेलाडि लियोनल मेस्सीले बार्सिलोनाको बोर्डलाई प्रिमियर लिगका दुई खेलाडि ल्याउन आग्रह गरेका बताइएको छ । त्यस्तै बर्सिलोनाका खेलाडिहरु बेचेर भए पनि ती खेलाडिहरुलाई भित्र्याउन पर्ने मेस्सीले बताएका भन्ने जनाइएको छ । इङ्ग्लिस पत्रिका डेलि स्टारका अनुसार मेस्सीले चुनेको दुई नाममध्ये एक नाम लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्हो रहेको छ । सिजन […]

November 6, 2017

‘रोनाल्डोले आउने दिनमा धेरै गोल गर्नेछन्’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगामा यो सिजन खासै प्रभाव जमाउन सकेका छैनन् । यद्दपी टोलीका मिडफिल्डर कासिमेरो भने आउने दिनमा रोनाल्डोले गोल गर्नेमा विश्वस्त छन् । उनले रोनाल्डोको समर्थनमा भने,‘आउने दिनमा हामीले उनले गोल गरेको देख्न पाउने छौ, यसमा चिन्तित हुनु पर्ने केही कारण छैन ।’ ३२ वर्षे रोनाल्डोले यो सिजन […]

November 6, 2017

लास पाल्मास विरुद्ध रियलको सहज जित

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । घरेलु टोलीको जितमा कासेमिरो, इस्को र मार्को एसेन्सियोले गोल गरेका थिए । रियलले पहिलो हाफको सुरुवाती समयमा अग्रता लिने केहि राम्रा अवसरहरु पाएको थियो तर पहिलो गोल ४१ औं मिनेटमा मात्र सम्भव भयो । मिडफिल्डर कासेमिरोले […]

November 6, 2017

मोराटाको निर्णायक गोलमा युनाइटेड विरुद्ध चेल्सी विजयी

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा साविक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएको छ । घरेलु टोलीको जितमा स्ट्राइकर एल्भारो मोराटाले निर्णायक गोल गरे । पहिलो हाफमा दुवै टोली खेलमा अग्रता लिन नजिक आएका थिए । तर चेल्सीका टेमो बाकायोकोले आफ्नो प्रहारलाई पोस्टको दिशा दिन सकेनन् भने युनाइटेडका मार्कोस रासफोर्डको हेडर पनि अग्रता […]

November 5, 2017

आर्सनललाई हराउँदै सिटीको अग्रस्थानमा पकड बलियो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई ३-१ को अन्तरले हराएको छ । सिटीका लागि केभिन डे ब्रुयन, सर्जियो अगुएरो र ग्याब्रियल जेससले गोल गरेका थिए । खेलको १९ औं मिनेटमा फर्नान्डिन्होको पासमा डे ब्रुयनले सुन्दर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको सुरुवाती मिनेटतिर आर्सनलका डिफेन्डर नाचो […]

November 5, 2017

ब्याडमिन्टन टोली पाकिस्तानतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले पाकिस्तान इन्टरनेसनल सिरिजमा प्रतिस्पर्धा गर्ने भएका छन् । इस्लामावादमा बिहीबारबाट सुरु हुने सिरिजमा भाग लिन ७ खेलाडीसहित ११ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । नोभेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा नेपाली ४ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण […]

Success

Thank you for your time.