default_image

ताजा समाचारहरु

November 7, 2017

भारतलाई टि ट्वान्टी श्रृंखला, ८ ओभरको खेलमा ६ रनले विजयी

थिरुवनन्तपुरम (एजेन्सी)– भारतले न्युजिल्यान्डविरुद्धको तीन टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । वर्षाले प्रभावित तेस्रो तथा निर्णायक टि ट्वान्टीमा आज न्युजिल्यान्डलाई ६ रनले हराउँदै भारतले उपाधि जितेको हो । सन् २०१५ को अक्टुबर यता भारतले घरेलु मैदानमा क्रिकेटको कुनै श्रृखंला गुमाएको छैन । टि ट्वान्टीअघि तीन एक दिवसिय श्रृखंलामा पनि भारतले न्युजिल्यान्डलाई २–१ ले हराएको […]

neymar

November 7, 2017

नेयमारले रियलमा रोनाल्डोको स्थान लिने!

म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भविष्यमा क्रिस्टियानो रानाल्डोको सट्टाका रुपमा हेरेको र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र नेयमारका बाबुले यस बारे छलफल पनि गरिरकेको बताइएको छ । छलफल मुख्यतः सम्झौतामा उल्लेख हुने सर्तहरुका विषयमा केन्द्रित रहेको समेत जनाइएको छ । तर अध्यक्ष पेरेज र नेयमार सिनियरबीचको छलफलअनुसार रोनाल्डोको रियलसँगको सम्झौता सकिएपछि […]

November 7, 2017

साविक विजेता सेन्चुरी बैंक र आइसिएफसीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता सेन्चुरी बैंक र आइसिएफसी फाइनान्सले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार दोहोरो जित हासिल गरेको छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सेन्चुरी बैंकले सेन्चुरी बैंकले आफ्नो पहिलो खेलमा पहिलो खेलमा माछापुच्छ्रे बैंकलाई ५ विकेटले तथा दोस्रो खेलमा अन्नपूर्ण मिडिया नेटवर्कलाई ६५ रनले हराएको […]

November 7, 2017

सताक्षी गोल्ड कप फुटबल अर्को साता सुरु हुने, मनाङसहित ३ ए डिभिजन टोलीले भाग लिदै

झापा (हाम्रो खेलकुद) –साताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण अर्को साताबाट आयोजना हुने भएको छ । झापाको सातासिधाम स्पोर्टिङ क्लब झिलझिलेको आयोजनामा कात्र्तिक २८ गतेबाट बाट सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए । ए डिभिजनका ३, विदेशी एक सहित प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । झापा ११ […]

November 7, 2017

कुमारले युइएफएको फुटबल व्यवस्थापन कोर्स गर्ने

काठमाडौं (हाम्रो खेलकुद )- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापा युरोपेली फुटबल महासंघ (युइएफए) ले सञ्चालन गर्ने फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्समा सहभागिता जनाउने भएका छन् । थापा उक्त कोर्षका लागि एसियाली महादेशबाट छनोट हुने एक्लो एसियन खेलाडी हुन् । उक्त कोर्षमा विभिन्न देश र क्लबबाट खेलिसकेका २५ […]

November 7, 2017

युनाइटेडका पूर्व प्रशिक्षक डेभिड मोयसले वेस्ट ह्याम सम्हाल्ने

लण्डन (एजेन्सी) – पूर्व म्यानचेस्टर युनाइटेड तथा एभर्टनका प्रशिक्षक डेभिड मोयसले वेस्ट ह्यामको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । वेस्ट ह्यामले हिजो मात्रै प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको थियो । “डेभिड मोयस प्रिमियर लिगमा निकै सम्मानित प्रशिक्षक हुन् । उनलाई यस लिगको ज्ञान पनि उत्तिकै छ । उनले खेलाडिहरुको क्षमता उकास्न मद्दत गर्ने छन्,” वेस्ट […]

Kohli and Bumrah

November 7, 2017

भारत विरुद्ध न्युजिल्यान्ड: निर्णायक खेल आज

केराला (एजेन्सी) – घरेलु टोली भारतले आज तेस्रो तथा निर्णायक टि-ट्वेन्टि खेलमा न्युजिल्यान्डको सामना गर्ने छ । थिरुभनान्थापुरमको ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा खेलिने सो खेल नेपाली समय अनुसार ७.१५ बजे सुरु हुने छ । भारतले पहिलो खेल ५३ रनले जितेको थियो भने भ्रमणकारी टोली न्युजिल्यान्डले दोस्रो खेल ४० रनले जित्दै तीन खेलको श्रृंखला १-१ बनाएको थियो […]

November 7, 2017

युवा क्रिकेट टोली आज मलेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) –एसिया कप यू–१९ क्रिकेट प्रतियोगिताको लागि नेपाली युवा टोली आज मलेसिया प्रस्थान गर्दैछ । एसिया कपकै लागि बंगलादेश पुगेर तीन अभ्यास खेल खेलेर सोमबार नेपाल आइपुगेको युवा टोली आज राति १२ बजे मलेसिया प्रस्थान गर्ने टेक्निकल एनलिष्ट रमन शिवकोटीले बताए । एसिया कपमा कात्र्तिक २५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । […]

November 7, 2017

गोलकिपर किरण भोली स्वदेश आइपुग्दै

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप छनोट चरणको खेलका लागि नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट बुधबार स्वदेश आइपुग्ने भएका छन् । माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट व्यवासायिक फुटबल खेल्दै आएका किरण आज राती १० बजे माल्दिभ्सबाट दुबई हुँदै भोली स्वदेश आइपुग्ने छन् । नेपाल फिलिपिन्सबीच कात्तिक २८ मा […]

November 6, 2017

वेस्ट ह्यामका प्रशिक्षक स्लाभान बिलिच बर्खास्त

लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले आफ्नो प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । साढे दुई वर्ष क्लब सम्हालेका बिलिचलाई वेस्ट ह्यामको खराब सुरुवातका कारण बर्खास्त गरिएको हो । वेस्ट ह्यामले यो साता प्रिमियर लिगमा लिभरपुलसँग घरेलु मैदानमा ४-१ ले पराजय भोगेको थियो । त्यस अघि पुछारमा रहेको क्रिस्टल प्यालेससँग २-२ को […]

Success

Thank you for your time.