default_image

ताजा समाचारहरु

mulpani

November 11, 2017

बहुप्रतिक्षित मुलपानीमा भएको प्रदर्शनी खेलमा सदस्य सचिव ११ विजयी

काठमाडौं (हाम्रो खेलकुद)– दशक भन्दा लामो समयपछि काठमाडौंको मुलपानीको माथिल्लो क्रिकेट मैदान खेल्न हुने भएको छ , जहाँ आज प्रदर्शन खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बहुप्रतिक्षित मुलपानी क्रिकेट मैदानको उद्घाटन गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रदर्शनी खेलमा सदस्य सचिव ११ र भेट्रान ११ बीचको प्रदर्शनी […]

November 11, 2017

नेयमार फ्रान्सेली सञ्चारमाध्यमसँग रुष्ट

लिल (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले गलत कथा प्रकाशित गरेको भन्दै फ्रान्सेली सञ्चारमाध्यमको आलाचोन गरेका छन् । उनले फ्रान्सेली सञ्चारमाध्यमले भने जस्तो टोलीका प्रशिक्षक युनाई इम्री र सहकर्मी इन्डिसन काभानीसँग कुनै समस्या नरहेको दाबी गरेका छन् । पछिल्ला केही साता यता नेयमार पिएसजीमा खुसी हुन नसकेको भन्दै पटक पटक समाचार प्रकाशित भएका […]

November 11, 2017

सिभिल बैंक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सिभिल बैंक चौथो संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सिभिल बैंकले आइसीएफसी फाइनान्समाथि ३ रनको रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । ८१ रनको लक्ष्य पछ्याएको आइसीएफसीले निर्धारित ५ ओभरमा ६ विकेट गुमाएर ७७ रनमात्र बनाउन […]

November 11, 2017

चन्द्रागिरि गोल्डकप मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरि नगरपालिकामा अवस्थित ब्राइट युथ क्लबको आयोजनामा पहिलोपटक ‘ए’ डिभिजन स्तरीय चन्द्रागिरि गोल्डकप हुने भएको छ । आयोजक ब्राइट युथ क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पहिलो चन्द्रागिरि गोल्डकप यही मंगलबार अर्थात कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा आयोजकको एक टिमसहित ‘ए’ डिभिजनका ८ टिमले प्रतिस्पर्धा […]

November 11, 2017

भोली भारतलाई ‘सप्राइज’ दिने आशा छ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेल्कुद) – एसिसी यू–१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएपछि नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले समग्रमा नेपालले राम्रो खेल खेलेको तर नतिजा आफ्नो पक्षमा नअाउँदा दुःख लागेको बताएका छन् । ‘हाम्रो सुरुवात राम्रो भएन । ८० रनको स्कोरमा ४ विकेट गइसकेको थियो।’ उतारचढाव युक्त खेलबारे बताउँदै […]

November 11, 2017

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ-लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको जित हात पारेको हो । बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो (३३) र […]

November 11, 2017

नेपालद्वारा एक सय ८१ रनको लक्ष्य, बंगलादेश बलियो स्थितिमा

काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ युथ एसिया कप अन्तर्गत आज मलेसियाको किन्रारा ओभल मैदानमा नेपाल यु-१९ र बंगलादेश यु-१९ भिड्दै छन् । नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको हो । […]

Messi

November 11, 2017

अर्जेन्टिनी फुटबलर नचिन्दा मेस्सीले खेद प्रकट गरे

मस्को (एजेन्सी) – अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सीले अर्का अर्जेन्टिनी खेलाडी सिबासटियन ड्रुसीलाई नचिनेकोमा उनीसँग माफी मागेका छन् । जेनित सेन्ट्स पिटर्सबर्गका स्ट्राइकर ड्रुसीले मेस्सीसँग तस्बिर खिचाउँदा मेस्सीले उनलाई एक साधारण समर्थक मानेकोमा खेद प्रकट गरेका हुन् । मेस्सी हाल अर्जेन्टिनी टोलीसँग रुसको राजधानी मस्कोमा छन् । अर्जेन्टिनाका खेलाडी ड्रुसी आफ्नो राष्ट्रका खेलाडी भेट्न उनीहरु […]

nepal

November 11, 2017

बंगलादेश विरुद्ध नेपालले पहिले ब्याटिंग गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा पहिलो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर बंगलादेशले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । वर्षाका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइने छ ।   बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको […]

November 11, 2017

प्ले अफमा इटाली पराजित, ६० वर्षमा पहिलो पटक छनोट नहुने खतरा

स्टोक्होम (एजेन्सी) – युरोपको विश्वकप प्ले-अफ अन्तर्गत गए राति चार पटकको विश्व विजेता इटाली स्विडेनसँग पहिलो लेगमा १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा ज्याकोब जोहान्सनले गोल गरेका थिए । स्विडेनले खेलको पहिलो हाफ आफ्नो पकडमा राखे पनि गोल भने गर्न सकेको थिएन । इटालीले दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि हार […]

Success

Thank you for your time.