default_image

ताजा समाचारहरु

November 17, 2017

अफगानिस्तानले टस जित्यो, नेपाललाई पहिले ब्याटिङको निम्तो

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्न रोजेको छ । पहिलो सेमिफाइनलमा डर्क वर्थ लुइसको आधारमा पाकिस्तानले बंगलादेशलाई २ विकेटले हराएको थियो । एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ […]

November 17, 2017

यू १९ एसिया कप सेमिफाइनल – भारतपछि अब अफगानिस्तानसँग नेपालको परिक्षा

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ । टेस्ट मान्यता प्राप्त भारत, बंगलादेशको समूहमा परेकोले त्यो अनुमान अस्वभाविक पनि थिएन । सुरुआत पनि त्यस्तै भयो, बंगलादेशसँग २ विकेटले नेपाली टोली पराजित भयो । त्यसपछिको प्रतिद्वन्द्वि थियो भारत । भारतलाई नेपाललाई हराउँला […]

November 16, 2017

कोका कोला कपको पहिलो दिन भरतको ह्याट्रिक

काठमाडौं,( हाम्रो खेलकुद) – कोका कोला कप अन्तर स्कुल फुटबल प्रतियोगिताको अन्तिम चरणको पहिलो दिन सर्लाहिको एभरेष्ट एकेडेमी, सुनसरीको महेन्द्र मेमोरियल, काठमाडौंको बाल सृजनालय, नुवाकोटको अर्किड र काठमाडौंको गजुरमुखी विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सले काठमाडौंको लक्ष्मीपुर इङ्लिस स्कुललाई ४–१ ले हराएको थिजयो । लक्ष्मीपुरले ३१ औं मिनेटमा रिप्सन श्रेष्ठको गोलमा लिएको अग्रतालाई जोगाउन […]

November 16, 2017

रियलका रोनाल्डो र रामोसबीच बढ्दो तिक्तता

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो र कप्तान सर्जियो रामोसबीच पछिल्लो समय तिक्तता बढ्दै गएपछि क्लबको ड्रेसिङ रुममा विभाजन उत्पन्न भएको र सहकर्मीहरु पनि अलमलमा परेको बताइएको छ । सिजनको सुरुआतमा केही खेलाडीले क्लब छोडेसँगै रोनाल्डोको महत्त्व कम हुँदै गएको र रामोसको पक्षमा माहोल बन्दै गएकोमा उनी खुसी नरहेको एक्स्प्रेसको समाचारमा उल्लेख छ । […]

November 16, 2017

अब राजधानीमै प्याराग्लाइडिङ गर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)– अब राजधानीमै साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । काठमाडौंको जहरसिंह पौवामा शंखरापुर प्याराग्लाइडिङ प्रालिले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी व्यावसायिक रुपमा उडान सुरु गरेको जानकारी दिएको हो । जहरसिंह पौवाबाट विभिन्न हिमाली शृंखलाका साथै काठमाडौं र भक्तपुर सहर तथा मेलम्चीको समेत दृष्यावलोकन गर्न मिल्ने गरी साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक […]

November 16, 2017

सबैले खुलेर आफ्नो गेम खेल्ने छन् – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु-१९ युथ एसिया कपअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल र अफगानिस्तान भिड्दै छन् । नेपाल समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने अफगानिस्तान समूह ‘बि’ को विजेताको रुपमा छनोट भएको हो । प्रशिक्षक विनोद दास : भोलि हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण खेल हुने छ । उनीहरु केहि समययता […]

November 16, 2017

आयोजकको जितमा विमलको २ गोल

सबिन शेर्मा झापा – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरले २ गोल गरेको खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब विजयी हुँदै टुबोर्ग दोस्रो सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झिलझिलेमा जारी प्रतियोगितामा आज काठमाडौंको चर्च ब्वाइज क्लबलाई ३–० ले हराउँदै सतासिधाम अन्तिम चारमा पुगेको हो । टोलीका लागि अर्को गोल राष्ट्रिय टोलीका अर्का सदस्य […]

November 16, 2017

सिएमजी संकटा चन्द्रागिरी गोल्डकपको अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटा राजधानीमा जारी चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरेका थिए । खेल सुरु भएको ७ मिनेट भित्र २ गोलको अग्रतालाई […]

November 16, 2017

चन्द्रागिरी गोल्डकपमा पुलिस र संकटा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय नेपाल पुलिस क्लब र सिमएजी क्लब संकटाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा दिउँसो २ बजेपछि शुरु हुनेछ । संकटा र पुलिसको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमा गरिएको छ । घरेलु फुटबलमा सफल इतिहास बोकेको पुलिस पछिल्लो केही वर्ष यता […]

world cup

November 16, 2017

यी हुन् विश्वकपमा छनोट हुन सफल ३२ राष्ट्र

मस्को (एजेन्सी) – दक्षिण अमेरिकी राष्ट्र पेरु ३२ औं टोलीको रुपमा विश्वकपमा  छनोट भएपछि रुसमा अर्काे वर्ष आयोजना हुने विश्वकप २०१८ को सबै ३२ राष्ट्रको छिनोफानो भएको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार अन्तर-महादेशीय प्लेअफको दोस्रो लेगमा पेरु र न्युजिल्यान्डबीचको खेल सकिएसँगै विश्वकप खेल्ने ३२ राष्ट्रको तय भएको हो । विश्वकपमा यसपटक युरोपबाट सबैभन्दा धेरै १४ राष्ट्र […]

Success

Thank you for your time.