default_image

ताजा समाचारहरु

November 20, 2017

सेतीदेवी, श्री शंकर र भुम्रे विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कोकाकोला अन्तर स्कुल पुरुष तथा महिला फुटबल प्रतियोगितामा सेतीदेवी, श्री शंकर र भुम्रे विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा सिन्धुपाल्चोकको सेतीदेवी शारदा स्कुलले काठमाडौंको अमर स्कुललाई १–० ले पराजित गरेको हो । ६४ औं मिनेटमा प्रिती राईले गरेको गोल नै सेतीदेवीको जितमा निर्णायक […]

November 20, 2017

झापालाई पराजित गर्दै आर्मी सताक्षी गोल्डकपको फाइनलमा

सबिन शेर्मा झापा – झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज स्थानीय झापा आर्मीसँग ३-० ले पराजित भएको छ । आर्मीको जितमा ‘म्यान अफ द म्याच’ नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । खेलको १२ औं मिनेटमा आर्मीले अग्रता लिन सफल भएको हो । सन्तोष तामाङको फ्रि-किकमा नवयुग श्रेष्ठले गोल गर्दै […]

nepal women

November 20, 2017

महिला विश्व टी–२० छनोटमा नेपाल र थाइल्यान्डले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डले अंक बाँडेका छन् । थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध बनेपछि दुवै टिमले १–१ अंक बाँडेका हुन् । थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा बिना विकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो । […]

November 20, 2017

ललितपुर पेट्रियट्स र वाटर एड बीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमियर लिग (इपिएल) टोली ललितपुर पेट्रियट्स र गैर सरकारी संस्था वाटर एडबीच सम्झौता भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ललितपुर पेट्रियट्सले वाटर एडसँग ‘पिरियड पावर’ नामक क्याम्पेनका लागि सम्झौता गरेको हो । यस क्याम्पेनले खेलकुद टिम र खेलाडीमार्फत ठुलो सङ्ख्यामा जनमानस समक्ष रजस्वला र यससँग सम्बन्धित अन्धविश्वासविरुद्ध […]

November 20, 2017

जेष्ट ब्याडमिन्टनद्वारा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानमा सम्पन्न पाकिस्तान ईन्टरनेशनल ब्याडमिन्टन सिरिज २०१७ मा विजयी ब्याडमिन्टन खेलाडीहरुलाई जेष्ट ब्याडमिन्टन एकेडेमी, बसुन्धाराले नगदसहित सम्मान गरेको छ । एकेडेमीको आफ्नै हलमा सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र पूर्व अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहले पहिलो स्थान हात […]

November 20, 2017

प्रथम अल्फा बिटा अन्तर कलेज फुटसलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक अल्फा बिटाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता मंसिर ६ गते बुधबार देखि ८ गते शुक्रबारसम्म शंखमुल फुटसलमा हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । […]

November 20, 2017

सताक्षी गोल्ड कप सेमिफाइनल – झापाको सामना गर्दै आर्मी

सबिन शेर्मा झापा – झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज स्थानिय रमपम झापा ११ र विभागिय टोली त्रिभुवन आर्मी क्लबको फुटबल टोली ।  दुवै पहिलो खेल जित्दै सेमिफाइनल पुगेका थिए । झापाले पोखरा ११ लाई ५–० को फराकिलो अन्तरले हराएको थियो । अर्को तिर आर्मीले भने अर्को विभागिय टोली नेपाल […]

November 20, 2017

महिला विश्व टि ट्वान्टी क्रिकेट छनोट आजबाट,नेपालले थाइल्यान्डको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आज आइसिसी महिला विश्व टि ट्वान्टी एसिया छनोट सुरु हुँदैछ । पछिल्लो दुई संस्करणको एसिया छनोटको विजेता रहि रहेको थाइल्यान्डसँग यसपटक नेपाल, चीन, हङकङ, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) ले प्रतिस्पर्धा गर्दैछ । आज पहिलो खेलमा रुविन क्षत्रीको कप्तानीमा रहेको नेपालले थाइल्यान्डको सामना गर्दैछ । नेपाली समयअनुसार खेल दिउँसो १२ः४५ […]

messi

November 20, 2017

यसै सिजन सम्झौताको अन्त्यमा पुग्ने चर्चित खेलाडीहरु

लन्डन (एजेन्सी)– सुपर स्टार लियोनल मेस्सी विनाको बार्सिलोना अकल्पनिय छ । तर उनको सिजनको अन्त्यसँगै बार्सिलोनासँगको सम्झौतापनि टुंगिदैछ । बार्सिलोना उनलाई नयाँ सम्झौताका लागि तयार पार्न पुरा कोसिसमा छ । तर त्यो सम्झौता हुने नहुने भविष्यले नै बताउनेछ । मेस्सी मात्र होइन अन्य चर्चित खेलाडीहरुपनि यसै सिजनको अन्त्यमा फ्रि एजेन्ट बन्दैछन् । कुनै समय चर्को […]

November 20, 2017

नेपालगन्ज म्याराथनमा ६ सय बढी दौडने

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनमा यसपटक ६ सय जनाभन्दा बढीले दौडने अनुमान गरिएको छ । क्रियटिभ ह्याण्ड्स ग्रुपको आयोजना र विभिन्न निजी प्रतिष्ठान तथा सामुदायिक संघ–संस्थाको साझेदारीमा म्याराथन प्रत्येक वर्ष मंसिर ५ गते आयोजना हुँदै आएको छ । त्यसमा दशक लामो शसस्त्र द्वन्द्व अन्त्य भएर बृहत शान्ती सम्झौता भएको दिन पारेर २०७२ सालबाट म्याराथन आयोजना […]

Success

Thank you for your time.