default_image

ताजा समाचारहरु

November 26, 2017

म्यानचेस्टर सिटी हडर्सफिल्डको सामना गर्दै

हडर्सफिल्ड (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटी आज हडर्सफिल्डको सामना गर्दै छ । हडर्सफिल्डको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि डिफेन्डर जोन स्टोन्स र बेन्जामिन मेन्डी घाइते छन् । त्यस्तै हडर्सफिल्डका डिफेन्डर माइकल हेफेल, मिडफिल्डर फिलिप बिलिङ घाइते छन् भने केसि […]

Nepal Womens Cricket

November 26, 2017

नेपाल विश्व कप क्रिकेटको ग्लोबल छनोटमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइसिसी महिला टि ट्वान्टी विश्व कप क्रिकेट अन्तर्गत ग्लोबल छनोटमा पुग्न असफल भएको छ । २ जित, २ बराबर र १ हार बेहोरेको नेपाल विश्व कप क्रिकेट अन्तर्गत एसिया छनोटको शीर्ष २ मा पर्न असफल भएको छ । वर्षाका कारण सुरुआती २ खेलमा अंक बाड्नु र संयुक्त अरब इमिरेट्स (युएई) सँगको […]

November 26, 2017

टि–ट्वान्टी विश्वकप छनोट- नेपालले चीनलाई ५० रन हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेल चीनलाई ५० रनले हराएको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीन १८.२ ओभरमा ५२ रन जोड्दै अलआउट भएको थियो । नेपाली बलरहरुका सामू चीनका कुनै पनि खेलाडी लामो समय टिक्न सकेनन् । कप्तान रुविना क्षेत्री र सबनम राईले […]

November 26, 2017

टि–ट्वान्टी विश्वकप छनोट-नेपालले चीनलाई १ सय ३ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेल कमजोर ब्याटिङ गर्दै चीनलाई १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा चीनले टस जितेर नेपाललाई ब्याटिङको आमन्त्रण गरेको थियो । नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

Nepal Womens Cricket

November 26, 2017

विश्व कप छनोटमा नेपालले चीनको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज चीनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपाली समयअनुसार बिहान ८ः४५ मा सुरु हुँदैछ । विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्ने झिनो आशाका साथ नेपालले अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ । वर्षाका कारण सुरुआती दुई […]

November 26, 2017

युनाइटेड विजयी; टोटनह्याम, चेल्सी र लिभरपुल रोकिए

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि १-० को जित दर्ता गरेको छ । युनाइटेडको जितमा ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरेका थिए । युनाइटेडले पहिलो हाफमा निकै अवसरहरु सिर्जना गरे पनि ब्राइटनले रक्षात्मक खेल्दै घरेलु टोलीलाई रोकेको थियो । तर खेलको ६६ औं मिनेटमा एस्ली योङले गरेको प्रहार ब्राइटनका लुइस डन्कलाई […]

November 25, 2017

रियलको जितमा रोनाल्डोको निर्णायक गोल

म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिडले स्पेनिश ला लिगामा मालागालाई ३-२ ले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । घरेलु टोली रियल म्याड्रिडले खेलको नवौं मिनेटमै करिम बेन्जेमाको प्रहारमार्फत अग्रता लिन सफल भएको थियो । तर सो गोलको १० मिनेटमै मालागाका डिएगो रोलानले गोल गर्दै स्कोर १-१ पारेका थिए […]

November 25, 2017

मेस्सी र बार्सिलोनाबीच २०२१ सम्मको नयाँ सम्झौता

बार्सिलोना (एजेन्सी)– अनेक अड्कलबाजीका बीच लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । मेस्सी र स्पेनिस महारथीबीच साढे चार वर्षको नयाँ सम्झौता भएको छ । बार्सिलोनामा रहनेमा मेस्सीले सहमति जनाएको क्लब व्यवस्थापनले बताइरहँदा पनि उनीहरुबीच नयाँ सम्झौता भने हुन सकेको थिएन । अन्नतः लामो प्रतिक्षापछि बार्सिलोनाको मेस्सीसँग सम्झौता भएको छ । मेस्सीले चौथो पटक […]

November 25, 2017

मनाङ काकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा

सडन डेथमा रुपन्देही पराजित काकरभिट्टा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । काकरभिट्टा माविको मैदानमा आज अग्नी रुपन्देही ११ लाई सडन डेथमा ७–६ ले हराउँदै मनाङ मोफसलकै सर्वाधिक पुररस्कार राशी भएको भनिएको नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । आर्मीसँग सताक्षी गोल्ड कप […]

Real madrid

November 25, 2017

रियल म्याड्रिड ला लिगामा मालागाको सामना गर्दै

म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड आज स्पेनिश ला लिगामा मालागाको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ । मध्य साता च्याम्पियन्स लिगमा एपोएल निकोसियालाई ६-० ले हराएको रियलले आफ्नो लयलाई निरन्तरता दिन खोज्ने छ । रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोस नाक […]

Success

Thank you for your time.