default_image

ताजा समाचारहरु

November 30, 2017

एसियन गेम्समा ४० खेल समावेश, सम्भावना बोकेका खेल प्राथमिकतामा

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१८ को अगष्टमा इन्डोनेसियामा आयोजना हुने १८ औं एसियन गेम्समा विभिन्न ४० खेल समावेश गरिएको छ । इन्डोनेसियाको दुई शहर जाकार्ता र पालेमबाङमा अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म एसियन गेम्स हुनेछ जसमा यसपटक ४० खेलको ४६२ इभेन्ट्स समावेश गरिएको छ । नेपालबाट भने सहभागिता जनाउने खेलको तय भइसकेको छैन […]

November 30, 2017

च्याम्प अफ च्याम्पियन्सको सेमिफाइनल शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकको आयोजनामा भइरहेको च्याम्प अफ च्याम्पियन्स (सीओसी) को सेमिफाइनलका खेलहरु शनिबार हुने भएको छ । आयोजक म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सेमिफाइनलको खेल शनिबार हुने जानकारी गराएको हो । खेल महाराजगञ्जस्थित जिमखानामा हुने छ । सेमिफाइनलमा सरोज सेवा (ओखलढुङ्गा) […]

November 30, 2017

ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिप आइतबारबाट

काठमाडौं (हाम्रो खेलकुद) – ह्युवाई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिप मंसिर १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस ट्रेनिङ सेन्टरमा गर्न लागिएको इम्प्याक्टका सोमेश राज वन्तले जानकारी गराए । प्रतियोगितामा पुरुष सिंगल्स, महिला सिंगल्स, टिम इभेन्ट (मिक्स), यु–१६ ब्वाइज र यु–१६ गर्ल्स रहेका छन् […]

November 30, 2017

इपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले बिहिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनले ललितपुर पेट्रिएटससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमा १ खेल मात्रै हुनेछ भने अरु दिनमा २ वटा खेल हुने […]

November 30, 2017

प्रिमियर लिगमा सिटी, चेल्सी र आर्सनल विजयी

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २-१ ले हराएको छ । सिटीको लागि इन्जुरी समयमा रहिम स्टेर्लिङले निर्णायक गोल गरेका थिए । केभिन डे ब्रुयनले खेलको ४७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर साउथह्याम्पटनका ओरियल रोमेउले ७५ औं मिनेटमा एक गोल फर्काए । सिटीको जितको […]

November 30, 2017

मर्सियासँग बार्सिलोनाको फराकिलो जित

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश कोपा डेल रेमा बार्सिलोनाले रियल मर्सियालाई ५-० ले हराएको छ । यस जितसँगै बार्सिलोना प्रतियोगिताको अन्तिम १६ मा पनि प्रवेश गरेको छ । बार्सिलोनाका लागि पाको अल्कासेरले १६ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र गरेको घरेलु टोलीले दोस्रो हाफमा भने […]

Barcelona

November 29, 2017

बार्सिलोना मर्सियाको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिश कोपा डेल रे अन्तर्गत आज बार्सिलोना मर्सियाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १२.१५ बजे सुरु हुने छ । कोपा डेल रेको पहिलो लेगमा बार्सिलोना मर्सियासँग ३-० ले विजयी रहेको थियो । त्यसैले आजको दोस्रो लेगमा बार्साले आफ्ना महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिने सम्भावना छ । […]

November 29, 2017

साइपाल रोजबड बास्केटबलको उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमी दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको आधारमा जारी प्रतियोगितामा बुधबार साइपालले एसलाई ४५–२६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । साइपालको जितमा रोशनी श्रेष्ठले सर्वाधिक १२ अंक जोडिन् । फाइनलमा साइपालको भेट जेभियर इन्टरनेसनल कलेजसंग हुनेछ । यस्तै […]

November 29, 2017

स्वर्ण विजेता यानसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

 काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईं सहितको नेपाली तेक्वान्दो टोली स्वदेश फर्किएको छ । यानसहित ज्ञानी चुनरा र रेजिना कार्की बुधबार स्वदेश फर्किएका हुन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगी, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र नेपाल आर्मीका तेक्वान्दो खेलाडी […]

November 29, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्पटनको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज साउथह्याम्पटनको सामना गर्दै छ । सिटीको घरेलु मैदान ‘एटिहाड स्टेडियम’मा खेलिने सो खेल नेपाली समयअनुसार १.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका लागि जोन स्टोन्स र बेन्जामिन मेन्डी घाइते छन् भने चोटबाट भर्खरै फर्केका कप्तान भिन्सेन्ट कम्पनीलाई पनि विश्राम दिइने सम्भावना रहेको छ […]

Success

Thank you for your time.