default_image

ताजा समाचारहरु

December 3, 2017

स्वेच्छा र एलिनालाई तेहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र नेपाल पुलिस क्लबकी एलिना महर्जनले राजधानीमा आइतबारबाट शुरु भएको ह्युएई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिपमा तेहोरो सफलता हात पारेकी छिन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको महिला सिंगल्र्सको खेलमा स्वेच्छाले पिङपोङकी लस्ता महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् । त्यस्तै, आफ्नो […]

December 2, 2017

चेल्सी र लिभरपुल विजयी, टोटनह्याम रोकियो

लण्डन (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता चेल्सीले न्युकासललाई ३-१ ले हराएको छ । घरेलु टोलीको जितमा एडेन हाजार्डले दुई गोल गरेका थिए । खेलको सुरुवाततिर न्युकासलले ड्वाइट गेलमार्फत खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । तर हाजार्डले २१ औं मिनेटमा र एल्भारो मोराटाले ३३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । खेलको […]

messi

December 2, 2017

रोमाञ्चक खेलमा बार्सिलोना रोकियो

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले सहज गोल गर्ने अवसर गुमाएपछि बार्सिलोना घरेलु मैदानमा सेल्टा भिगोसँग २-२ को बराबरीमा रोकिएको छ ।   भ्रमणकारी सेल्टाले खेलको २० औं मिनेटमा अग्रता लिएको थियो ।म्याक्सी गोमेजको प्रहारलाई बार्सिलोनाका गोलकिपरले रोकेपनि लिभरपुलका पूर्व स्ट्राइकर आइगो आसपासले सहजै ट्याप गर्दै सेल्टालाई अग्रता दिलाए । मेस्सीले ३ मिनेट पछि बार्सिलोनालाई […]

December 2, 2017

सरोज र मनिष च्याम्प अफ च्याम्पियन्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सरोज सेवा र मनिष डंगोल च्याम्प अफ च्याम्पियन्स (सीओसी) को फाइनलमा प्रवेश गरेका छन् । राजधानीको महाराजगञ्जस्थित जिमखानामा शनिबार भएको सेमिफाइनलमा ओखलढुङ्गाको सरोज सेवाले अर्घाखाचीको यादव थापालाई नकआउटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएका हुन् । अर्काे सेमिफाइनल मनिस डंगोल (कालोपुल) ले सुरेन्द्र कार्की (रौतहट)लाई अंकको आधारमा पराजित गर्दै फाइनलमा स्थान […]

December 2, 2017

रियल म्याड्रिड एथ्लेटिक बिल्बाओको सामना गर्दै

बिल्बाओ (एजेन्सी) – स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड आज एथ्लेटिक बिल्बाओको सामना गर्दै छ । बिल्बाओको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार राति १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडका लागि चोटबाट आगमन गरेका ग्यारेथ बेल फेरि चोटग्रस्त भएका छन् । त्यस्तै केलर नाभास र सर्जियो रामोस भने फिट हुँदै टोलीमा […]

December 2, 2017

पिएसजी स्ट्रासबर्गको सामना गर्दै

स्ट्रासबर्ग (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज १७ औं स्थानमा रहेको स्ट्रासबर्गको सामना गर्ने छ । स्ट्रासबर्गको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार ९.४५ बजे सुरु हुने छ । पिएसजीका मुख्य खेलाडिद्वय एडिन्सन काभानी र नेयमारलाई यस खेलमा विश्राम दिइने सम्भावना रहेको छ । उनीहरुको अनुपस्थितिमा […]

mesut ozil hat trick

December 2, 2017

आर्सनल र म्यानचेस्टर युनाइटेडको रोमाञ्चक भिडन्त आज

लण्डन (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज चौथोमा रहेको आर्सनलको सामना गर्दै छ । आर्सनलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ । आर्सनलका लागि मुख्य स्ट्राइकर एलेक्जान्डर लाकाजेट घाइते छन् । उनको स्थान ओलिभर जिरुडले लिने छन् । त्यस्तै युनाइटेडका लागि पनि डिफेन्डरद्वय फिल जोन्स […]

messi juventus

December 2, 2017

बार्सिलोना सेल्टा भिगोको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिश लिगको पहिलोमा रहेको बार्सिलोना आज नवौं स्थानमा रहेको सेल्टा भिगोको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा खेलिने सो खेल नेपाली समयअनुसार ५.४५ बजे सुरु हुने छ । बार्सिलोनाका लागि आज जेरार्ड पिके प्रतिबन्ध पछि लिगमा फर्किँदै छन् । त्यस्तै मिडफिल्डमा पौलिन्होले पाको अल्कासेरको स्थान लिने देखिन्छ । डिफेन्समा […]

December 2, 2017

फाल्गुनन्द गोल्डकप पौष ७ देखि सुरु

दिपक बोहोरा पाँचथर (हाम्रो खेलकुद) – १६ औं राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा वर्षेनि आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको नवौं संस्करण पुस ७ गतेबाट पुस १५ गते सम्म आयोजना हुने छ । पूर्वी पहाडमा प्रतिष्ठीत यस फुटबल प्रतियोगिता पाँचथरको फिदिममा खेलिने आयोजक फिदिम स्पोर्टिङ क्लबले जानकारी दिएको छ । यस फुटबल प्रतियोगितामा नेपालका […]

December 2, 2017

साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टिमको प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टिमले प्रशिक्षण सुरु गरेको छ । नेपाली टिमले लगनखेलस्थित आर्मीको खेल मैदानमा प्रशिक्षण गरेको छ । ४७ जना खेलाडीलाई बोलाइएको प्रशिक्षणमा अहिले २४ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । केही दिनपछि नै अन्तिम २० खेलाडीको टुङ्गो लगाइने एन्फाले जनाएको छ । […]

Success

Thank you for your time.