default_image

ताजा समाचारहरु

December 16, 2017

नेपालविरुद्ध मलेसिया १ सय २८ रनको लक्ष्य पछ्याउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई १ सय २८ रनको लक्ष्य दिएको छ । टेर्ड थाई मैदानमा जारी खेलमा वर्षाको कारण खेल ढिला सुरु भएपछि १ ओभर खेल घटाइएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको नोक्सानीमा १ सय २७ रन बनाएको […]

December 16, 2017

ब्रिसवेनमा सिम्रिक फुटबल क्लबको स्थापना

 अष्ट्रेलिया (हाम्रो खेलकुद)- अष्ट्रेलियामा नेपाली फुटबल क्लबहरुको संख्या गन्ने हो भने करिब दुई दर्जन नाघिसकेको छ। नेपालमा व्यवसायिक फुटबल खेलेर अष्ट्रेलिया आएकाहरु मात्र हैन आफ्नो नियमित दिनचर्याबाट केहि समय निकालेर फुटबल खेलमा निरन्तरता दिनेहरुको संख्या पनि ठुलै भइसकेको छ। चाहे व्यक्तिगत तनाव मुक्त गर्न होस् वा आफ्नो स्वास्थ्यको लाभका लागी समग्रमा नेपाली फुटबलले विभिन्न बहानामा […]

December 16, 2017

पिएसजी रेनेसको सामना गर्दै

रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज छैठौं स्थानमा रहेको रेनेसको सामना गर्दै छ । रेनेसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय रातिको ९.४५ बजे सुरु हुने छ । पिएसजीका लागि कप्तान थियागो सिल्भा घाइते छन् र उनी यस खेलमा नखेल्ने सम्भावना रहेको छ । त्यस्तै अड्रिन […]

December 16, 2017

म्यानचेस्टर सिटी र टोटनह्याम प्रिमियर लिगमा भिड्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी अर्को बलियो टोली टोटनह्यामसँग भिड्दै छ । सिटीको घरेलु मैदानमा हुने सो खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ । सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी घाइते छन् भने टोटनह्यामका मुख्य डिफेन्डर टोबि एल्डरवेरल्ड घाइते छन् । सिटीले रेकर्ड कायम गर्दै आफ्ना पछिल्ला १५ प्रिमियर […]

December 16, 2017

एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट सेमिफाइनल – नेपाल र मलेसिया भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले थाइल्यान्डमा जारी एसीसी यु १६ ९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका सबै ३ खेल जितेको नेपाल समूह एको विजेता र मलेसिया समूह बीको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । अर्को सेमिफाइनल समूह बीको विजेता सिंगापुर र समूह एको उपविजेता हङकङबीच हुनेछ । […]

December 16, 2017

किरणको टोली प्रेसिडेन्ट्स कप जित्न असफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ माल्दिभियन क्लब टिसी स्पोर्टस प्रेसिडेन्ट्स कप जित्न असफल भएको छ । गए राति मालेमा न्यू रेडियन्टसँगको फाइनल खेल टिसी स्पोर्टस् ले ३–० ले गुमाएको छ ।   सिजनको अन्तिम खेलका रुपमा रहेको फाइनलमा किरणले सबै ३ गोल दोस्रो हाफमा खाएका थिए । […]

December 15, 2017

कोरियन एम्बासडर तेक्वान्दोमा कमल र पार्वतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी क्लब कमल श्रेष्ठ र पार्वती गुरुङले आठौं कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सिनियर एकल पुम्सेको २९ वर्षमुनि पुरुषमा कमलले जितबहादुर भोटे र महिलामा पार्वतीले नितालाई हराए । पराजित दुवै पुलिसकै खेलाडी हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको ३० वर्षमाथि सिनियर पुरुष एकल पुम्सेमा […]

December 15, 2017

आयोजक सेन्ट जेभियर्स गोदावरी ‘ए’ क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ‘ए’ २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगितामाको क्वार्टरफाइनलमा पुगेको छ । आज गोदावरी टौखेलको पुष्पान्जली माविलाई २–० ले हराउँदै सेन्ट जेभियर अघिल्लो चरण पुगेको हो । सेन्ट जेभियर्सका लागि दुवै गोल अभिनव विष्टले गरे । विजेता टोलीका सबल महर्जन खेलको म्यान अफ दी म्याच घोषित भएका […]

December 15, 2017

राखेपले ओलम्पियनलाई चन्द्रागिरी हिल्स भ्रमण गरायो

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा रहेका ओलम्पियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज चन्द्रागिरी हिल्सको अवलोकन गराएको छ । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था गर्ने बताएका छन् । विष्टले राखेपले पहिलो पटक नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको र बाँकी […]

December 15, 2017

नेपाली महिला यू १५ फुटबल टोली बंगलादेश पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली साफ यू–१५ साफ महिला फुटबल प्रतियोगितामा भाग लिन आज बंगलादेश आइपुगेको पुगेको छ । बंगलादेशको ढाकामा आइतबार सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको थियो । नेपाली टोलीलाई बंगलादेश फुटबल संघका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । टोली स्थानिय समय अनुसार साँझ ८ः०० बजे होटल पुगेको […]

Success

Thank you for your time.