default_image

ताजा समाचारहरु

December 16, 2017

मोर्डन इन्डियन र क्रेस्सेन्ट फादार मोरान फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– चोभारको मोडर्न इन्डियन स्कुल र गोदावरी क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । सेन्ट जेभियर्स गोदवारीको आयोजनामा जारी प्रतियोगितामा आज बाडेगाँउको ज्वालाखदेवी विद्या मन्दिरलाई ३–२ ले हराउँदै मोर्डन इन्डियन अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । विजयी टोलीका लागि रोजन बज्राचार्य, सबल महर्जन र […]

December 16, 2017

चितवन टाइगर्समा तीन भारतीय खेलाडी आबद्ध, कप्तान पृथु नै

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले सोमबार बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि तीन भारतीय खेलाडी टोलीमा समावेश गरेको छ । ६ टोलीको सहभागितामा इपिएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुँदैछ । तस्बिरहरु : विवेक सुवेदी /हाम्रो खेलकुद चितवन टाइगर्सले आज पत्रकार सम्मेलन गर्दै ३ भारतीयसहित १४ खेलाडीको नाम सर्वजनिक गरेको […]

default_image

December 16, 2017

पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५महिला फुटबल प्रतियोगितामाको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामाना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम सुरु हुनेछ । आज भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले नेपालले डिफेन्समा ध्यान दिएको कारणले फाइनल पुग्ने बताएकी छन । यस्तै […]

December 16, 2017

अन्तर्रााष्ट्रिय ह्विलचेयर त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रथम अन्तर्रााष्ट्रिय ह्विलचेयर त्रिकोणीय टि–२० क्रिकेट सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि रक्षा गरेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा […]

December 16, 2017

आर्मीलाई हराउँदै मनाङले जित्यो वर्षको दोस्रो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जारी दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगितामा मनाङले आर्मीलाई २-१ ले हराउँदै उपाधि आफ्नो नाममा पारेको हो । मनाङका लागि विमल राणाले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको दश मिनेटमै मनाङका विशाल राईले गोल गर्दै […]

December 16, 2017

काठमाडौं किङ्स इलेभेनको टिम घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट मान्यता प्राप्त एभरेष्ट प्रिमियर लिग (इपिएल) का टिमहरुले धमाधम आफ्नो टोली तथा खेलाडी घोषणा गर्दै छन् । गत बुधबार ललितपुर प्याट्रियट्सले टिममा खेल्ने तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्दा शुक्रबार काठमाडौं किङ्स इलेभेनले तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्‍यो । दुवै […]

December 16, 2017

नेपाली महिला फुटबल फिफा वरियताको अहिले सम्मकै उच्च स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली फिफा वरियतामा तीन स्थान माथि उक्लदै ९१ औं स्थानमा पुगेको छ । डिसेम्बरका लागि फिफाले जारी गरेको वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रबीच दोस्रो स्थानमा रहेको छ । महिला फुटबलको वरियतामा सन् २००९ यता नेपालको यो उच्च वरियता हो । २००९ मा नेपाल ९२ औं स्थामा रहेको थियो । […]

December 16, 2017

गोलकिपर किरण स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभियन क्लब टिसी स्पोर्टस्सँगको एक वर्षे सम्झौता सकिएसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ आज स्वदेश फर्कदैछन् । नयाँ सम्झौताका विषयमा छलफल चलिरहेपनि सिजन ब्रेकसँगै किरण स्वदेश फर्कन लागेका हुन् । नयाँ सिजन जनवरीबाट मात्र सुरु हुने बताइएको छ । स्वदेश फर्कनु अघिल्लो राति किरणसम्मिलत टिसी स्पोर्टस् ले […]

December 16, 2017

मनाङ र आर्मीबीच २४ दिनमा तेस्रो फाइनल

बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबीच २४ दिनमा तेस्रो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भेट हुँदैछ । यी दुई टोली दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ । अघिल्लो महिना भएको दुवै फाइनलमा आर्मीले बाजी मारेको थियो । मंसिर ७ गते सताक्षी गोल्ड कप […]

December 16, 2017

नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा, मलेसिया ७२ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ट्रेडथाई क्रिकेट मैदान बैंककमा आज मलेसियालाई ७२ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा सबै विकेट गुमाएर ५५ रनमा समेटिएपछि नेपालले अन्तिम दुईको यात्रा तय गरेको हो […]

Success

Thank you for your time.