default_image

ताजा समाचारहरु

default_image

December 19, 2017

दि एक्सेलसियर कप खेलकुद सुरु

काठमाडौ (हाम्रो खेलकुद) – छैठौं दि एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता फाइभ ए साइड जुनियर फुटबलमा न्यु जेनित र शिशु निकुञ्जले विजयी सुरुआत गरेका छन् । न्यु जेनितले अक्षरालाई ५–२ ले र शिशु निकुञ्जले ओम ज्ञान मन्दिरलाई ३–० ले पराजित गर्यो । अन्य खेलमा राजन मेमोरियलले त्रिरत्नलाई ५–३ र राजश्रीले किट्स लनिङलाई ७–० ले […]

December 19, 2017

एट्लेटिकोले बार्सिलोना विरुद्ध फिफासँग उजुरी गर्ने

म्याड्रिड (एजेन्सी)– स्ट्राइकर एन्टोनियो ग्रिजमान भित्राउन बार्सिलोनाले अस्वाभाविक प्रयास गरेको भन्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी गर्ने भएको छ । बार्सिलोनाले ग्रिजमान भित्राउन सार्वजनिक रूपमा प्रयास गरेको भन्दै एट्लेटिकोले आरोप लगाएको छ । एटलेटिकोसँग सम्झौतामा रहँदै बार्सिलोनाले सिधा ग्रिजमान र उनको परिवारसँग सम्पर्कमा रहेको उल्लेख गर्दै एट्लेटिकोले असन्तुष्टी जनाएको हो । […]

December 19, 2017

संगम कपको क्वाटरफाइनल समिकरण पुरा

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कपको क्वाटरफाइनल समिकरण मंगलबार पुरा भएको छ । आयोजक संगम क्लबले पहिलो क्वाटरफाइनलमा गार्डेन फुटबल क्लबको सामना गर्ने छ । मंगलबार खेलिएको खेलमा एपिएफा बी थटिन समूहसँग ३-१ ले पराजित हुन पुग्यो । यसैगरी आयोजक संगम क्लबले हेमजा युनाइटेडलाई १-० ले हराउन सफल रह्यो । मंगलबारको तेश्रो […]

December 19, 2017

लिलिट एन्जेल्स र मोरान सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– हात्तिबनको लिटिल एन्जेल्स स्कुल र झापा महेशपुरको मोरान मेमोरिअल २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आयोजक सेन्ट जेभिर्यस गोदावरीको मैदानमा भएको खेलमा लिटिल एन्जेल्सले लुभूको नेपाल डन बोस्कोलाई पेनाल्टीमा ४–३ ले हराएको थियो । निर्धारित ६० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा लिटिल एन्जेल्सले बाजी मारेको […]

December 19, 2017

सन्तोषजनक सुरुआत गर्न नसकेका रोनाल्डो र स्वारेज बन्लान ‘एल क्लासिको’ स्टार ?

म्याड्रिड (एजेन्सी) – फुटबल समर्थक माझ नयाँ वर्षको पूर्वसन्ध्यामा ‘एल क्लासिका’ राम्रो उपहार हो । यहि डिसेम्बर २३ मा रियल म्याड्रिडको घरेलु मैदानमा स्पेनिस लिगका दुई महारथी भिड्दै छन् । यो खेल रियल र बार्सिलोना दुवैको लागि २०१७ को अन्तिम खेल हुनेछ । तसर्थ वर्षको सुखद अन्त्यको निम्ति दुवै टोली जितको प्रयत्नमा रहनेछन् । अंक […]

December 19, 2017

नेपाल विरुद्ध भारत [ फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी साफ यु १५ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको हो । आज भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो । तस्बिर सौजन्य : एनएसजेएएफ

December 19, 2017

पारसको विराटनगरलाई सफलता, ललितपुर ६ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवा तगरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्रले नेतृत्व गरेको ललितपुर प्याट्रियट्सलाई ६ रनले हराएको हो । तस्बिरहरु : विवेक सुवेदी/ हाम्रो खेलकुद […]

December 19, 2017

नेपाल साफ यु १५ महिला च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी साफ यु १५ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको हो । आज भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो । नेपालले पहिलो र दोस्रो हाफमा समान ५ गोल खाएको […]

December 19, 2017

साफ यु १५ महिला फुटबल – पहिलो हाफमा नेपाल ५–० ले पछाडि

काठमाडौं(हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यु १५ महिला च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावना जीवित राख्नु पर्ने भारतविरुद्धको खेलको पहिलो हाफमै नेपाल ५–० ले पछाडि परेको छ । पहिलो खेल बंगलादेशसँग ६–० को हार बेहोरेको नेपाल यो खेलमा पराजित भए अन्तिम खेलअघि प्रतियोगिताबाट बाहिरिनेछ । भारतविरुद्ध चौथो मिनेटमा लेन्डा कोमको गोलबाट पछि लागेको नेपालविरुद्ध उनले नै ३१ […]

December 19, 2017

ललितपुरलाई १ सय ५१ रनको विजयी लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्सलाई १ सय ५१रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।विराटनगरका लागि अनिल कुमार शाहले सर्वाभिक ४७ रनको योगदान दिए । ३५ […]

Success

Thank you for your time.