default_image

ताजा समाचारहरु

December 20, 2017

नेयमार लिदा रियलमा नकारात्मक असर पर्ने जिदानको अनुमान

म्याड्रिड (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नेयमार रियल म्याड्रिड जाने सम्भावनालाई प्रशिक्षक जिनेदिन जिदानले अस्वीकार गरेका छन् । नेयमारको आगमनले टोलीको ड्रेसिङ रुममा समस्या हुन सक्ने उनको अनुमान छ । बार्सिलोना छाडेर यो सिजनको सुरुआतमा १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेका नेयमार फेरि स्पेन फर्कने चर्चा केहि समय यता चलिहरेको छ । […]

December 20, 2017

सुदुरपश्चिमलाई हराउँदै पिएफए अत्तरीया पशुपति कपको फाइनलमा प्रवेश

धनगढी (हाम्रो खेलकुद) – जारी तेश्रो ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कपमा पिएफए अत्तरीयाले सुदुरपश्चिम ११ लाई १-० को अन्तरले हराएको छ । यस जितसँगै अत्तरीया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मणिराम चौधरीले खेलको एक मात्र गोल गरे । पहिलो हाफमा दुवै टोलीले केहि अवसर पाए पनि तिनको सदुपयोग नगर्दा […]

December 20, 2017

शरद कप्तान रहेको भैरहवाको विजयी सुरुवात

काठमाडौंको लगातार दोस्रो हार काठमाडौं (हाम्रो खेलकुद)– भैंरहवा ग्ल्याडियटर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । काठमाडौं किङ्स इलाभेनलाई आज ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भैरहवाले आफ्नो पहिलो खेल जित्दा काठमाडौंले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ । काठमाडौंले दिएको १ सय […]

December 20, 2017

पोखरामा दक्षिण एसियाली सेभेन ‘ए’ साइड फुटबल आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको १२ औं संस्कणको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता पोखरामा पुसको अन्तिम साताबाट आयोजना हुने भएको छ । आयोजक नेपाल सेभेन ‘ए’ साइड फुटबल फेडेरेसनले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २९ गतेबाट माघ ४ गतेसम्म पोखरा रंगशालामा हुने जानकारी गराएको हो । लिग कम नकआउटका आधारमा हुने […]

December 20, 2017

पारस नेतृत्वको विराटनगरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै पारस नेतृत्वको विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो । पोखरा वारियर्सले […]

Messi Ronaldo

December 20, 2017

वर्षको उत्कृष्ट गोलकर्ता बन्न मेस्सी र रोनाल्डोबीच ‘एल क्लासिको’मा प्रतिस्पर्धा

म्याड्रिड (एजेन्सी) – ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेमा कुनै शंका छैन । तर यो खेलमा व्यक्तिगत रुपमा फुटबल जगतका दुई सुपरस्टारबीच पनि प्रतिस्पर्धा हुने भएको छ । रियलका पोर्चुगेली खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीबीच तुलना निरन्तर गरिन्छ । दुइ मध्ये सबभन्दा राम्रो […]

December 20, 2017

विराटनगरलाई १ सय २३ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई जितको लागि १ सय २३ रनको लक्ष्य दिएको छ । लिग अन्तर्गतको तेस्रो दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाउन सक्यो । पोखराका लागि […]

December 20, 2017

आर्सनल काराबाओ कपको अन्तिम चारमा

लण्डन (एजेन्सी) – आर्सनल इङ्ग्लिस लिग कप (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो लण्डनको प्रतिद्वन्दि वेस्ट ह्यामलाई आर्सनलले १-० ले हराउन सफल रह्यो । आर्सनलका प्रशिक्षक आर्सन वेंगरले यस खेलमा आफ्नो दोश्रो रोजाईको खेलाडि खेलाएका थिए । त्यस्तै वेस्ट ह्यामका पनि पहिलो रोजाईका केहि खेलाडिहरुलाई विश्राम दिइएको थियो । खेलको ४२ औं […]

December 20, 2017

नेपाल अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन आजबाट सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन आजबाट सुरु हुँदै छ । प्रतियोगिता पुस ५ गते देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा एसियाका १०, ओसियानाबाट अष्ट्रेलिया र उत्तर अमेरिकाबाट चिली गरी […]

December 20, 2017

सिटी लिग कपको सेमिफाइनलमा प्रवेश

लण्डन (एजेन्सी) – यस सिजन आकर्षक लयमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पेनाल्टी सुट-आउटमा ४-३ ले हराउँदै इङ्ग्लिस लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  म्यानचेस्टर सिटीका लागि बर्नार्डो सिल्भाले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयको सातौं मिनेटमा लेस्टरका जेमि भार्डिले गोल गर्दै लेस्टरको आशा जीवित बनाएका […]

Success

Thank you for your time.