default_image

ताजा समाचारहरु

December 24, 2017

श्रीलंकाविरुद्धको टि ट्वान्टीमा भारतको क्लिन स्विप

मुम्बई (एजेन्सी)– सबै क्षेत्रमा उच्च प्रदर्शन गरेपछि भारतले आन श्रीलंकालाई तेस्रो टि ट्वान्टी क्रिकेटमा ५ विकेटले हराएको थियो । यसअघि नै श्रृखंला जितेको भारतले तीन खेलमा क्लिन स्विप गरेको छ । भारतले यसअघि टेस्ट र एक दिवसिय क्रिकेटमा पनि श्रीलंकालाई हराइसकेको थियो । वाङखडे मैदानमा भारतीय बलरहरुले उच्च प्रदर्शन गरेपछि टस हारेर पहिले ब्याटिङको निमन्त्रणा […]

kane

December 24, 2017

मेस्सी रोनाल्डो भन्दा उच्च , केनले दुवैलाई उछिन्ने अवसर

लन्डन (एजेन्सी) – एल क्लासिकोमा गोल गर्दै लियोनल मेस्सी हालसम्म २०१७ को सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । वर्षको अन्तिम खेलमा रियलसँगको जितमा १ गोल गरेका मेस्सीले २०१७ मा ५४ गोल गरेका छन् । त्यस्तै रोनाल्डोको भने ५३ गोल छ । रोनाल्डोसँगै पिएसजीका एडिसन काभानी र बायर्न म्युनिखका रोबर्ट लेवानड्वोसकीको पनि ५३ गोल छ । […]

December 24, 2017

दिपेश र शोभाको जोडी फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र शोभा गौचनको जोडी राजधानीमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज अन्तर्गतको मिक्स डबल्सको फाइनलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा आइतबार भएको फाइनलमा दिपेश धामी र शोभा गौचनको जोडी भारतीय भी डेभलेकर र हारिका भेलुदुर्तीसँग २१–१५ र २१–७ को सोझो सेटमा पराजित […]

default_image

December 24, 2017

अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप अर्काे साताको शनिबारदेखि सुरु हुने भएको छ । विलियर्ड स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा पट ब्ल्यांक स्नुकर क्लबको सहकार्यमा हुने प्रतियोगिता पुस २९ गतेसम्म सानेपास्थित पट ब्ल्यांक स्नुकर क्लबमा हुनेछ । प्रतियोगितामा देश भरीबाट १२८ भन्दा बढी खेलाडीले भाग लिने प्रतियोगिता […]

December 24, 2017

रोलबल च्याम्पियनसिप अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दक्षिण एसियाली रोल बल च्याम्पियनसिप अर्काे साता राजधानीमा हुने भएको छ । आयोजक नेपाल रोल बल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस १४ र १५ गते हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कबर्डहलमा हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित दक्षिण एसियाका […]

December 24, 2017

फाल्गुनन्द गोल्डकप : दाबेदार एपिएफ पहिलो खेलबाटै बाहिरियो

दिपक बोहोरा पाँचथर – फिदिममा जारी नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दाबेदार मानिएको टोली एपिएफ सुनसरी ११ सँग ३–० गोलले पराजित भएको छ । एपिएफलाई हराउँदै सुनसरी फाल्गुनन्द गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गरेको छ । खेलको २६ औँ मिनेटमा डि-बक्स नजिक एपिएफका खेलाडीले फल गरेपछि सुनसरीले पाएको फ्रिकिकबाट हेमन्त थापा मगरले सुन्दर गोल […]

December 24, 2017

प्रिमियर लिग १७/१८ सिजनका १० सर्वाधिक गोलकर्ता

काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर लिगको १९ साता अर्थात् आधा सिजन सकिँदा निकै उतार-चढाव आए । त्यस्तै सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको प्रतिस्पर्धा पनि निकै रोमाञ्चक देखिएको छ । नयाँ क्लबमा आबद्ध खेलाडिहरु मोहम्मद सालाह, एल्भारो मोराटा र एलेक्जान्डर लाकाजेट आफूलाई शीर्ष १० गोलकर्तामा उभ्याउन सफल रहेका छन् । गत वर्षका विजेताहरु ह्यारी केन र […]

December 24, 2017

सधैंँ सोचेजस्तो खेल्न सकिँदैनँ – मार्सेलो

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार डिफेन्डर मार्सेलोले ‘एल क्लासिको’मा प्रशंसकहरुले सोचेजस्तो खेल्न नसकेको बताए । रियल म्याड्रिड बार्सिलोनासँग ३-० ले हारेपछि साविक विजेताको यस सिजन उपाधि जित्ने सम्भावनाको करिब अन्त्य नै भएको छ । “रियलले खेल्ने सबै खेल जित्नु पर्ने अपेक्षा राखिन्छ । तर त्यस्तो सम्भव छैन । ला लिगा सबैभन्दा प्रतिस्पर्धात्मक लिग हो […]

December 24, 2017

राखेप च्याम्पियनसिपको उद्घाटन आज, भलिबल पोखरामा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिपअन्तर्गत भलिबल पोखरामा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राखेप च्याम्पियनसिपको उद्घाटन सातदोबाटोस्थित स्पोर्टस् कम्प्लेक्समा गर्ने राखेपले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । पहिलो पटक आयोजना हुन लागेको च्याम्पियनसिपमा २९ खेल समावेश छन् । २१ औं महिला र ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताका रुपमा […]

December 24, 2017

युनाइटेड लेस्टरसँग रोकियो, टोटनह्यामको सहज जित

लेस्टर सिटी (एजेन्सी) – गए राति प्रिमियर लिगमा अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग २-२ को बराबरी खेलेको छ । लेस्टरका डिफेन्डर ह्यारी म्यागुएरले खेलको अन्तिम मिनेटमा गोल गर्दै युनाइटेडलाई निराश पारेको हो । त्यस्तै ह्यारी केनको ह्याट्रिकमा टोटनह्याम विजयी भयो । खेलको २७ औं मिनेटमा घरेलु टोलीका मुख्य स्ट्राइकर जेमि भार्डिले गोल गर्दै […]

Success

Thank you for your time.