default_image

ताजा समाचारहरु

January 3, 2018

पोखरामा ह्यान्ड बल सुरु, आर्मीको दोहोरो जित

पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगत राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चलले विभागिय टोली नेपाल एपिएफलाई ३०–२२ गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफका गोल रक्षक राम बाबु यादयले […]

January 3, 2018

नेपाली दृष्टिविहिन क्रिकेट टोली गोरखपुरमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गोरखपुरबाट अमृतसहर जाने रेल सेवा अबरुद्ध भएपछि पाकिस्तानमा आयोजना हुने दृष्टिविहिन एक दिवसिय विश्व कप क्रिकेटमा भाग लिन हिडेको नेपाली टोली गोरखपुरमै रोखिएको छ । भारतीय समय अनुसार आज साँझ ७ः२० बजे गोरखपुरबाट अमृतसहर जाने रेल अबरुद्ध भएको टोलीसँगै रहेका खेलकुद पत्रकार अनिल मल्ल ठकुरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् […]

January 3, 2018

पूर्व प्रशिक्षक थापाले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिना पछि हुने एन्फाको निर्वाचनका लागि थापाले उम्मेदवारी घोषणा गरेका हुन् । आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । अहिल एन्फाको जिल्ला संघहरुको […]

January 3, 2018

बार्सिलोनाका टुरान इङ्लिस् क्लब जान सक्ने सम्भावना

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका ३० वर्षीय मिडफिल्डर आर्डा टुरान यो जनवरी ट्रान्सफरमा बार्सिलोना छाड्ने संकेत देखिएको छ । २०१५ मा एथेलेटिको म्याड्रिडबाट बार्सिलोनासँग आबद्ध भएयता आफुलाई प्रमाणित गर्न असफल टर्कीस मिडफिल्डर नियमित फुटबलको खोजीमा इङ्लिस् प्रिमियर लिगमा आबद्ध हुने सम्भाना रहेको छ । बार्सिलोनाबाट लिगामा ३५ खेल मात्र खेलेका टुरानले यो सिजनमा कुनै पनि खेल खेलेका छैनन् । काटालान पत्रिका […]

coutinho

January 3, 2018

लिभरपुल अडानबाट पछि हट्यो , कौटिन्हो यसै विन्डोमा बार्सिलोना जान सक्ने

लिभरपुल (एजेन्सी) – बार्सिलोनाको तीन पटक सम्मको प्रयासलाई विफल गर्दै कौटिन्होलाई कुनै हालतमा क्लब छाड्न नदिने अठोटमा रहेको लिभरपुल आफ्नो अडानबाट पछि हटेको र अब यहि जनवरी विन्डोमा उनलाई बेच्न तयार रहेको स्पेनिस फुटबल विशेषज्ञ गुइलेम बलागले जनाएका छन् । स्काई स्पोर्ट्समा लेखिए अनुसार कौटिन्होको बार्सिलोना मोहको कारण लिभरपुलले बार्सिलोनाको प्रस्ताव सुन्ने भएको छ । समर ट्रान्सफर […]

January 3, 2018

बेसीशहरलाई त्रिवेणी कप फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद)– बेसीशहर युथ सोसाइटीले २६ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । आयोजक त्रिवेणी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै बेसीशहर च्याम्पियन बनेको हो । बेशीशहरले तीन वर्षको अन्तरमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहज खेल मैदानमा बुधबार भएको फाइनल खेलमा प्रतिस्पर्धात्मक बनेको खेलमा […]

January 3, 2018

आर्मी र एपीएफ सुपर लिगमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० ले तथा एपीएफले पश्चिमाञ्चललाई १४–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल […]

January 3, 2018

मेस्सी २०१७ का उत्कृष्ट फुटबल खेलाडी

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यो वर्ष बलोन डी’ओर अवार्ड जितिसकेका छन् । त्यो उनको पाँचौं बलोन डी’ओर उपाधि हो । तर म्याड्रिडबाट प्रकाशित हुने पत्रिका मार्साले गरेको सर्वेक्षणमा भने बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी सन् २०१७ को उत्कृष्ट फुटबल खेलाडी रहेको देखाएको छ । सर्वेक्षणको आधार भनेको उपाधि भन्दा पनि व्यक्तिगत […]

January 3, 2018

रुपन्देही एन्फामा पुनलाई महासचिवको जिम्मेवारी

दिपक न्यौपाने बुटवल – रुपन्देही जिल्ला फुटबल सघं रुपन्देहीको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले आज महासचिवमा लोक पुनलाई चयन गरेको छ । पुन यसअघि पनि महासचिव नै थिए । झरना स्पोर्टस क्लब कुन्जलापुरका अध्यक्ष समेत रहेका पुन लामो समय देखी रुपन्देहीको फुटबलमा सक्रिय रहेका खेलकुदकर्मी हुन् । यस्तै कोषाध्यक्षमा भुपू सैनीक जवइ स्पोर्टिङ क्लब […]

January 3, 2018

कौटिन्होका लागि लिभरपुलले सरुवा रकम तोक्यो

बार्सिलोना (एजेन्सी)– प्रिमियर लिग टोली लिभरपुलले आफ्ना स्टार मिडफिल्डर फिलिप कौटिन्होका लागि बार्सिलोनासँग १ सय ३० मिलियन पाउन्ड सुरुवा रकम माग गरेको बताइएको छ । टेलिग्राफका अनुसार युवा ब्राजिलियन कौटिन्हो बार्सिलोना जानेमा दृढ छन् ।  यसअघि बार्सिलोनाले कौटिन्होका लागि गरेको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको थियो । कौटिन्हो सरुवाका लागि तयार भएपनि बार्सिलोनाले अघिल्लो पटकभन्दा रकम बढाएर […]

Success

Thank you for your time.