default_image

ताजा समाचारहरु

chhiring

January 13, 2018

‘हारको कारण टाइसिट’ , मनाङ प्रशिक्षक लोप्साङ

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आर्मीसँगको ३-१ को पराजयमा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टाइसिटलाई दोष दिएका छन् ।  हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आयोजकल बनाएको टाइसिट प्रति असन्तुष्ट जनाए । ‘हिजोको आजै खेल्नुपर्दा हाम्रा खेलाडीले थकित भएर खेल्न सकेन । आयोजकले टाइसिट कुन नियममा बनाएको हो ।’ प्रशिक्षक […]

TT

January 13, 2018

नविता लगातार सातौं पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । पुरुष सिंगल्समा श्यान्टु लगातार दोश्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि हो । महिला सिंगल्समा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाह ८ पटक […]

January 13, 2018

गृहनगरमा दीपकलाई ८ किलोको माला

धनगढी (हाम्रो खेलकुद)– ओलम्पियन तेक्वान्दोका दीपक विष्ट गृह नगर धनगढीमा सम्मानति भएका छन् । धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइतलका दौरान शनिबार विष्ट सम्मानित भएका हुन् । खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमाल, उपाध्यक्ष गजेन्द्र शाही, सचिव योगेन्द्र चन्द, अखिल नेपाल फुटबल संघ (एन्फा)का गणेश […]

January 13, 2018

सेभेन ए साइड फुटबलमा नेपालले भुटानलाई हरायो

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी दक्षिण एसियाली सेभेन ए साइड फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० ले हराउन सफल भएको हो । नेपालका लागि सुनिल विकले ९ औं मिनेटमा गोल गर्दै गोलको खाता खोलेका थिए भने सुनिलले २४ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पारे । ५० […]

January 13, 2018

मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङदीलाई ३-१ ले हराएको छ । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिन सफल भयो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा […]

January 13, 2018

खप्तड गोल्डकप सेमिफाइनल पहिलो हाफ: आर्मी २-१ मनाङ

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङदी भिड्दै छन् । पहिलो हाफको अन्त्यमा आर्मीले २-१ को अग्रता लिएको छ ।  खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिन सफल भयो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा […]

January 13, 2018

खप्तड गोल्ड कपमा फाइनल अघिको फाइनल– मनाङ र आर्मी भिड्दै

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल सोमबार हुँदैछ । तर, धनगढी रंगशालामा शनिबार हुने पहिलो सेमिफाइनललाई फाइनल जत्तिकै महत्वका साथ हेरिएको छ । यो सिजन ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेका दुई टोली आज हुने सेमिफाइनलमा एकअर्काको सामना गर्दै छन् । जहाँ उपाधि रक्षाका अभियानमा रहेको साविक विजेता […]

ronaldo

January 13, 2018

रियल आज भिल्लारियलको सामना गर्दै

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड आज भिल्लारियलसँग भिड्दै छ । रियल हाल तालिकाको चौथो स्थानमा रहेको छ भने भिल्लारियल छैटौं स्थानमा रहेको छ । रियल म्याड्रिडका लागि स्ट्राइकर करिम बेन्जेमा र डिफेन्डर सर्जियो रामोस घाइते रहेका छन् । ड्यानी कार्जाभाल, इस्को र ग्यारेथ बेलले भने आफ्नो नाम सुरुवाती ११ मा […]

Bayern

January 13, 2018

बायर्नको जितमा रोड्रिग्वेजको पनि गोल

लेभरकुसेन (एजेन्सी)– जर्मन बुन्डेसलिगमा बायर्न म्युनिखले बायर लेभरकुसेनको १२ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । लेभरकुसेनको घरेलु मैदानमा ३–१ को जित हासिल गर्दै शीर्ष स्थानको म्युनिखले १४ अंकको अग्रता बनाएको छ । गए राती पहिलो हाफमा जाभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफमा फ्रान्क रिबेरीले अग्रता दोब्बर गरेका थिए । तर […]

January 13, 2018

केन प्लेयर अफ दी मन्थ चुनिए, प्रशिक्षकमा ग्वार्डिवोला

लन्डन (एजेन्सी)– टोटेनह्यामका स्ट्राइकर हेरि केनले छैटौं पटक प्लेयर अफ दी मन्थको अवार्ड जितेका छन् । उनले प्रिमियर लिगमा स्टेभेन जेरार्डसँगको कीर्तिमानी बराबरी गरेका छन् । डिसेम्बरमा मात्र ८ गोल गरेका केनले बर्नली र साउथह्याम्टनविरुद्ध लगातार ह्याट्रिक गरेका थिए । सन् २०१७ मा उनले प्रिमियर लिगमा ३९ गोल गरेका थिए । ‘एकदम खुसी छु । […]

Success

Thank you for your time.