default_image

ताजा समाचारहरु

January 16, 2018

एपिएफका शिक्षा र शोभा दोस्रा चरणमा

महेन्द्रनगर (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले विजयी सुरुवात गरेका छन् । शिक्षाले सुदूरपश्चिमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभाले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरे । महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती […]

January 16, 2018

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

पोखरा (हाम्रो खेलकुद) – पोखरेली पूर्व खेलाडीहरुको साझा संस्था भूतपर्व खेलाडी मन्च नेपालले आयोजना गर्ने ‘१२ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’को तयारी सुरु गरेको छ । मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनको तयारी सुरु गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई […]

Ronaldo

January 16, 2018

रोनाल्डो लेगानेसविरुद्ध नखेल्ने

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कोपा डेल रेमा लेगनेसविरुद्धको पहिलो लेगमा नखेल्ने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई सो खेलमा विश्राम दिन लागेका हुन् । रियलले कोपा डेल रेको क्वाटर फाइनलमा लेगानेसको सामना गर्दैछ । पहिलो लेगको खेल बिहीबार रियलको घरेलु मैदानमा हुँदैछ । त्यसपछि […]

Football

January 16, 2018

एपिएफ र सुदूरपश्चिम राखेप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कपको उपविजेता नेपाल एपीएफ क्लब र सुदूरपश्चिमाञ्चले राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । दाङको तुल्सीपुरमा भएको उद्घाटन खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले हरायो । अमृत अधिकारीले खेलको ११ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सोमबार मात्र एपिएफ धनगढी रंगशालामा […]

January 16, 2018

बगर भाई खलक फुटबलमा फ्रिडम फाइटरको जित

पोखरा (हाम्रो खेलकुद) – सातौं रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन फ्रिडम फाइटर काठमाडौं, बुटवल भेट्रान र एबिसी पोखरा विजयी भएका छन् । उद्घाटन खेलमा फ्रिडमले बुटवल सोसाइटीलाई १–० ले हराएको छ । विजयी टोलीका विजय गुरुङ खेलको म्यान अफ दी म्याच चुनिए । अर्को […]

January 16, 2018

एन्फा कास्की अध्यक्षमा गुरुङ विजयी

पोखरा (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ कास्की (एन्फा)को अध्यक्षमा मिलन गुरुङ विजयी भएका छन । संघको मंगलबार भएको निर्वाचनमा मिलन गुरुङ १३ मतका साथ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी शिव गुरुङले ५ मत प्राप्त गरेका थिए । चार वर्षे कार्यकालका लागि बाँकी पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए । तीन उपाध्यक्षमा […]

kohli

January 16, 2018

कोहलीलाई आईसिसीको कारवाही

सेन्चुरियन (एजेन्सी) – दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा खेल भावना विपरित व्यवहार गरेका भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली आईसिसीको कारबाहीमा परेका छन् । खेलका अम्पायर मिकेल गौफ प्रतिको व्यवहारका कारण कोहली कारबाहीमा परेका हुन् । दक्षिण अफ्रिकाको दोस्रो इनिङ्सको २५ औं ओभरमा बल भिजेको भनेर निरन्तर गौफलाई गुनासो गर्दा पनि सुनवाई नभएपछि उनले आक्रामक रुपमा […]

January 16, 2018

पाकिस्तानबिरुद्ध न्युजिल्याण्डको अर्को जित

हेमिल्टन (एजेन्सी) – न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले चौथो एक दिवसिय खेलमा पनि पराजय बेहोरेको छ। हेमिल्टन क्रिकेट मैदानमा २६३ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो। जितसंगै पाँच एक दिवसिय शृंखलामा घरेलु टोलीले ४–०को अग्रता लिएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउंदै २६२ रनको […]

January 16, 2018

सान्चेज भित्राउने दौडमा युनाइटेड

लण्डन (एजेन्सी) – आर्सनलका स्टार फरवार्ड एकेल्सिस सान्चेजलाई प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले भित्राउने चर्चा बढिरहेको छ । अग्रस्थानको म्यानचेस्टर सिटी सान्चेजलाई लिन सुरुमा इच्छुक रहे पनि अहिले आफ्नो चासो अन्त्य गरेको छ । सिजनको सुरुवातदेखि नै म्यानचेस्टर सिटीले चिलीका फरवार्डलाई आफ्नो टोलीमा समावेश गर्न खोजिरहेको थियो । सान्चेज र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको बार्सिलोनादेखि […]

January 16, 2018

म्यानचेस्टर युनाइटेड स्टोकविरुद्ध विजयी

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ । यस जितसँगै युनाइटेडले सिटीसँग अग्रस्थानमा दुरी घटाएको पनि छ । युनाइटेडका लागि खेलको नवौं मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै एन्थोनी मार्सियालले पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका […]

Success

Thank you for your time.