default_image

ताजा समाचारहरु

January 18, 2018

आर्मी र पुलिस फाइनल प्रवेश; एपिएफ बाहिरियो

दाङ (हाम्रो खेलकुद) – राखेप च्याम्पियन्सिप अन्तर्गतको राष्ट्रिय प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले नेपाल एपिएफलाई सेमिफाइनलमा २-१ को अन्तरले हराएको छ । यस जितसँगै पुलिसले फाइनलमा आर्मीसँग भिडन्त पक्का गरेको छ । खेलको १७ औं मिनेटमा एपिएफका दिपक खड्काले एपिएफलाई अग्रता दिलाए पनि दोस्रो हाफमा पुलिसले खेल उल्टाउन सफल भएको हो । खेलको ५३ औं मिनेट […]

Dorpatan

January 18, 2018

ढोरपाटन महिला डबल लिग भलिबल शुरु, पारामाउन्टको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिता बिहिबारबाट राजधानीमा शुरु भएको छ । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा बिहिबारबाट शुरु भएको प्रतियोगितामा पारामाउन्ट एकेडेमीले दोहोरो जित निकालेका छ। पहिलो खेलमा स्प्रिङडेल बोर्डिङ स्कुललाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको पारामाउन्टले दोस्रो खेलमा […]

Nisha

January 18, 2018

ओलम्पियन निशालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले फाइनलमा मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गर्दै स्वर्ण हात पारिन् । महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो […]

January 18, 2018

फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ वरियता अनुसार नेपालले ६ स्थान सुधार गर्दै १ सय ६५ औं स्थानमा उक्लिएको हो । अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा यथावत […]

January 18, 2018

दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुनमा हुने भएको छ । पर्वतको सदरमुकाम कुश्मामा रहेको रेडियो दिदी बहिनीको आठौं वार्षिकोत्सवको अवसर पारेर दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुन २२ देखि २४ गतेसम्म आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष कल्पना चापागाईंले पत्रकार सम्मेलनमार्फत बिहिबार जानकारी गराइन् । त्यसअघि […]

January 18, 2018

माइलेज बढाउँदै रुपन्देहीको फर्साटिकर कप

दिपक न्यौपाने बुटवल – रुपन्देहीका विभिन्न ठाउँहरुमा सञ्चालन भएका फुटबल प्रतियोगिताहरुले एक किसिमको चर्चा पाइरहेका त हुन्छन् नै तर प्रभावकारीताको हिसावले चर्चा गर्न लायक एक प्रतियोगिता हो — फर्साटिकर कप । रुपन्देहीको दक्षिणी भेगमा विगत ५ वर्षदेखी निरन्तर रुपमा सञ्चालनमा आएको फर्साटिकर कप यस क्षेत्रको गहनाको रुपमा हेरिन्छ । २०६३ सालमा स्थापना भएको क्लब जिल्ला […]

virat-kohli

January 18, 2018

आईसीसी अवार्डमा कोहलीको वर्चस्व

दुबई (एजेन्सी) – भारतीय कप्तान विराट कोहलीले बिहीबार भएको अाईसीसी अवार्डमा अाईसीसी क्रिकेटर अफ द इयरसहित चार उपाधि हात पारेका छन् । कोहली अाईसीसी अोडीअाई क्रिकेटर अफ द इयरको उपाधिसहित अाईसीसीको टेस्ट र वान-डे टोलीको कप्तानको रुपमा घोषित भए । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ टेस्ट क्रिकेटर अफ द इयर घोषित भए भने पाकिस्तानका हसन अली […]

Messi Penalty Miss

January 18, 2018

बार्सिलोना पराजित , मेस्सी पेनाल्टीमा चुके

बार्सिलोना (एजेन्सी) – कोपा डेल रे अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । काटालान डर्बिमा इस्प्यानोलको घरेलु मैदानमा बार्सिलोना १-० ले पछि परेको हो । दोस्रो हाफमा लियोनल मेस्सीले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहार रियलका पूर्व गोल किपर डिएगो लोपेजले बचाएका थिए […]

Neymar

January 18, 2018

पिएसजीमा नेयमारको पहिलो ह्याट्रिक

प्यारिस (एजेन्सी) – फ्रान्सको लिग १ मा पिएसजीले घरेलु मैदानमा डिजोनलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा नेयमारले ४ गोल गरे भने एन्जल डी मारियाले २ तथा एडिसन काभानी र किलियन बाप्पेले पनि एकएक गोल गरे । पिएसजीलाई डी मारियाले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै  १५ […]

Nigeria

January 17, 2018

विश्व कप तयारीमा नाइजेरियाले ५ खेल खेल्ने

अबुजा (एजेन्सी)– विश्व कपको तयारीका लागि नाइजेरियाले ५ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यहि वर्ष रुसमा आयोजना हुने विश्व कप अघि नाइजेरियलाले पोल्याण्ड, सर्बिया , कंगो , इङ्ल्याण्ड र चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नाइजेरियाले २३ मार्च पोल्याण्डको सामना गर्नेछ भने त्यसको ४ दिन पछि सर्बियासँग खेल्नेछ । त्यस्तै २८ मेमा घरेलु […]

Success

Thank you for your time.