default_image

ताजा समाचारहरु

Kane neymar

January 21, 2018

केनलाई नेयमार भन्दा महँगो खेलाडी बनाउन रियल तयार

लण्डन (एजेन्सी) – रियल म्याड्रिडले टोटेनह्यामका इङ्लिस स्ट्राइकर ह्यारी केनलाई विश्वको सबैभन्दा महँगो खेलाडि बनाउन तयार रहेपनि टोटेनह्यामले यो समर विन्डोमा केनलाई नबेच्ने स्काई स्पोर्ट्सले जनाएको छ ।  स्काई स्पोर्ट्सका अनुसार रियलले केनलाई भित्राउन नेयमारको विश्व कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डको सरुवा रकम उछिन्ने तयारीमा रहे पनि स्पर्सले भने उनलाई बेच्ने छैन । स्पर्सका प्रमुख कार्यकारी […]

lamjung football paradevi

January 21, 2018

नख्खिपोटलाई पारेदेवी कप

लमजुङ (हाम्रो खेलकुद) – ललितपुरको नख्खिपोट युवा क्लब आठौं संस्करणको पारेदेवी नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । लमजुङको दोर्दी गाउँपालिका दुबारगाउँमा भएको फाइनल खेलमा सेभेन लक्की युवा क्लब हिलेलाई १–० ले पराजत गर्दै नख्खिपोट च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा सौरभ मगरले गरेको गोल नै नख्खिपोटलाई च्याम्पियन बन्न पर्याप्त बन्यो । […]

Khukuri cricket

January 21, 2018

खुकुरी च्यालेन्जर टि–ट्वान्टी क्रिकेट बुधबारदेखि

काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो संस्करणको खुकुरी च्यालेन्जर टि–ट्वान्टी क्रिकेट प्रतियोगिता यही बुधबारदेख हुने भएको छ । आयोजक खुकुरी ईएनटीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १० गतेबाट फागुन ५ गतेसम्म हुने जानकारी गराएको हो । मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा २५ दिन सम्म चल्ने प्रतियोगितामा २० टोलीको सहभागीता रहेको छ । सहभागी […]

January 21, 2018

ढोरपाटन भलिबलमा टप्सको विजयी शुरुवात , आर्मी पराजित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा पश्चिमाञ्चलको टप्स उच्च मावि पोखराले विजयी शुरुवात गरेको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद प्रतियोगिताको चौथो दिन चलिरहँदा टप्सले पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । टप्समा […]

England

January 21, 2018

इङ्ल्याण्डलाई शृंखला, अष्ट्रेलिया लगातार तेस्रो खेलमा पराजित

सिड्नी (एजेन्सी) – अष्ट्रेलियालाई लगातार तेस्रो एक दिवसीय खेलमा पराजित गर्दै इङ्ल्याण्डले ५ खेलको शृंखला कब्जा गरेको छ । तेस्रो खेल इङ्ल्याण्डले १६ रनले जितेको हो । ३ सय ३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन मात्र बनायो । टस जितेर अष्ट्रेलियाले इङ्ल्याण्डलाई ब्याटिंग गर्ने निम्तो दिएपछि इङ्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय […]

volleyball FNCCI

January 21, 2018

भलिबलमा प्रादेशिक प्रयास, विभागले खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – मुलुक संघीय ढाँचामा जान लागेको अवस्थामा खेलकुदले पनि संघीय ढाचाको प्रयास शुरुवात गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलले यसै वर्षबाट संघीय ढाँचाको महिला तथा पुरुष भलिबलको थालनी गर्ने प्रयास गरेको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले ग्रास रुट देखि नै नेपालको राष्ट्रिय खेल भलिबलको विकासको लागि […]

Sujal Shrestha

January 21, 2018

सुजलको ह्याट्रिकमा झापालाई हराउँदै मनाङ सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद) – मदन भण्डारी इटहरी गोल्डकपको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ लाई ४-३ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको छ । मनाङको जितमा मिडफिल्डर सुजल श्रेष्ठले ह्याट्रिक गरे । खेलको  ५ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका सुजलले ११ औं मिनेट र १९ औं मिनेटमा दुइ गोल पेनाल्टी मार्फत गर्दै ह्याट्रिक […]

January 21, 2018

आयोजक बगर भाई खलकलाई एट ए साइड भेट्रान फुटबल उपाधि

पोखरा (हाम्रो खेलकुद) – सातौ रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । सिएमजी काठमाडौंलाई १–० ले हराउँदै आयोजक बगर भाइ खलक ए च्याम्पियन बनेको हो । विजेता टोलीले १ र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । धन गुरुङ (सन्तोष) ले मध्यान्तरपछि […]

January 21, 2018

रोहित सम्मिलित पर्सिजालाई सुपर फिक्स कप उपाधि

क्वालालम्पुर (एजेन्सी) – रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको छ । तीन टोली समावेश प्रतियोगितामा तीनै टोलीले ३ अंक बटुलेपनि राम्रो गोल अन्तरको आधारमा पर्सिजाले उपाधि जितेको हो । प्रतियोगितामा रोहित चन्दको क्लब पर्सिजा, मलेसियाको शिर्ष श्रेणीको टोली केलान्तन र थाइल्याण्डको रचाबुरी गरि तीन टोलीले भाग लिएका थिए । […]

January 21, 2018

सिटीको जितमा अगुएरोको ह्याट्रिक

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि ३-१ को जित दर्ता गरेको छ । सो जितमा सिटीका मुख्य स्ट्राइकर सर्जियो अगुएरोले ह्याट्रिक गरे । खेलको ३४ औं मिनेटमा अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ६३ औं मिनेटमा अगुएरोले पेनाल्टीमर्फत टोलीको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा जेकोब […]

Success

Thank you for your time.