default_image

ताजा समाचारहरु

January 22, 2018

‘आइपिएल भन्दा राष्ट्रिय टोलीमा केन्द्रित छु’– सन्दिप

काठमाडौं (हाम्रो खेलकुद)– लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सुचिमा पर्दा खुसी लागेको भएपनि आफ्नो लागि नेपाली क्रिकेट टोलीको तयारी बढी महत्वपूर्ण भएको बताएका छन् । नेपाली टोली नामेबियामा हुने विश्व कप क्रिकेट लिग डिभिजन टुको तयारीमा जुटिरहेको छ । केहि दिन अघि भएको आइपिएल अक्सनको सुचिमा सन्दीप पनि समेटिएका थिए […]

January 22, 2018

न्यु डायमण्ड र एपीएफ अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहेका नेपाल एपीएफ क्लब र शिवम् न्यु डायमण्ड एकेडेमीले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार नयाँ बसपार्कथित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा एपीएफले पारामाउन्ट स्कुल र शिवम् न्यु डायमण्डले मेघौली स्पोर्टस् क्लब […]

January 22, 2018

पुरुष भलिबल टोली ३ लाखसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले एभीसी सेन्ट्रल जोन भलिबलमा पदक जित्न सफल नेपाली पुरुष भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ । संघले एनभीए सिटी ट्राभल्स एण्ड टुर्स अवार्डको अवसर पारेर सोमबार सेन्ट्रल जोन भलिबलमा कास्य जित्न सफल पुरुष टोलीलाई तीन लाखले सम्मानित गरेको हो । नेपाली भलिबल टोलीले गत चैतमा माल्दिभ्समा […]

Volleyball award

January 22, 2018

प्रतिभा र मानबहादुर एनभिए अवार्डमा सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीकी तथा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली र त्रिभुवन आर्मी क्लबका तथा राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले एनभिए सिटी ट्राभल्स एण्ड टुर्स अवार्ड जितेका छन् । नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गरेको एनभिए सिटी ट्राभल्स एण्ड टुर्स अवार्डमा प्रतिभा महिलातर्फ र मानबहादुर […]

January 22, 2018

एनसिएसएसद्धारा दृष्टिविहीन क्रिकेटर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले पहिलोपटक एकदिवसीय विश्वकप खेलेर स्वदेश फर्किएका नेपाल दृष्टिविहीन क्रिकेट टोलीलाई स्वागत र सम्मान गरेको छ । नेपाली दृष्टिविहीन क्रिकटे टोलीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का, नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेपाली टोलीको ब्याटिङ कन्सलटेन्ट भारतीय सुलक्षण कुलकर्नी लगायतले सम्मान गरे […]

January 22, 2018

आर्मी विजयी, सेमिफाइनलमा थ्री स्टारसँग भिड्ने

इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को तेस्रो क्वाटरफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मीले भुटानको ड्रुक युनाइटेड एफ सीलाई ५-० को अन्तरले हराएको छ । खेलको २० औं मिनेटमा पदम तामाङले आर्मीका लागि खाता खोलेका थिए । त्यस्तै पदमले ४१ औं मिनेटमा फेरि गोल गर्दै टोलीको […]

ronaldo messi

January 22, 2018

रोनाल्डो र मेस्सीलाई बलोन डि’ओरका लागि टक्कर दिन सक्ने ३ खेलाडि

लण्डन (एजेन्सी) – पछिल्लो दश वर्षमा उत्कृष्ट खेलाडिले पाउने बलोन डि’ओरमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोकै दबदबा कायम छ । तर अबको केहि वर्षमा भने सो उपाधि जित्नेमा नयाँ खेलाडिको नाम आउने सम्भावना पनि उत्तिकै छ । त्यस्ता ३ खेलाडिहरुको सुची यस प्रकारको रहेको छ: ३. किलियन बाप्पे फ्रान्सका बाप्पे अहिलेको उत्कृष्ट युवा […]

Yahya Al-Shehri

January 22, 2018

साउदीका खेलाडी विश्व कप तयारीमा स्पेनिस क्लबसँग आबद्ध

भिल्लारियल (एजेन्सी) – साउदी अरबिया र ला लिगा बीचको साझेदारीले ९ साउदी खेलाडीलाई फाइदा पुर्‍याएको छ । स्पेनका शीर्ष डिभिजन र दोस्रो डिभिजनका क्लबहरुले साउदीका ९ खेलाडीलाई ६ महिने लोनमा अनुबन्ध गरेका छन् । भिल्लारियल, लेगानेस र लेभान्टे लगायतका तीन ला लिगाका क्लब र स्पोर्टिंग गिजोन, नुमान्सिया, रेयो भालेकानो र रियल भालाडोलिड गरेर चार दोस्रो […]

January 22, 2018

बार्सिलोनाको फराकिलो जितमा मेस्सी र स्वारेजको दुई गोल

सेभिल्ला (एजेन्सी) – रियल बेटिसको घरेलु मैदानमा बार्सिलोनाले ५-० को सहज जित निकालेको छ । ला लिगाको खेलमा लियोनल मेस्सी र लुइस स्वारेजले दुई-दुई गोल गरे भने इभान राकिटिकले पनि गोल गरे ।  पहिलो हाफ गोलरहित भएपछि राकिटिकले ५९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले ६४ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता […]

January 22, 2018

रियलको सात गोल, रोनाल्डो र बेल चम्किए [हाइलाइट्स सहित]

म्याड्रिड (एजेन्सी) – स्पेनिश लालिगा अन्तर्गत साविक विजेता रियल म्याड्रिडले डेपोर्टिभोलाई ७-१ ले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, लुका मोड्रिच र नाचोले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा गोल खाएपछि घरेलु टोली रियलले खेल पुरै उल्टाएको हो । ३२ औं मिनेटमा नाचोले गोल गर्दै खेल बराबरी पारेका थिए भने […]

Success

Thank you for your time.