default_image

ताजा समाचारहरु

January 24, 2018

लयमा देखिएको आर्मी विजय यात्रालाई निरन्तरता दिने सुरमा

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत पहिल्लो सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्दैछन् । आर्मीले क्वाटरफाइनलमा भुटानको ड्रुक फुटबल क्लबलाई ५-० को फरकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । केही दिनअघि सुदूरपश्चिम गोल्डकपको उपाधि जित्ने क्रममा आर्मीले उक्त प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टारलाई पराजित गरेको थियो । आर्मीका प्रशिक्षक […]

January 24, 2018

आर्मीको वर्चस्व तोड्ने थ्रीस्टारको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत बुधबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन् । प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गरेको थियो । यसअघि सुदुरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँग पराजित हुँदै थ्रीस्टार खाली हात फर्कन बाध्य भएको थियो । ललितपुरे टोलीले आजको […]

January 24, 2018

मोउरिन्हो र गुअार्डीअोलासँग खेल्ने स्यान्चेज १२ अौं खेलाडी

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले यसै साता अार्सनलबाट स्टार खेलाडी एलेक्सीस स्यान्चेजेलाई भित्र्यायो । प्रशिक्षक जोसे मोउरिन्होको विशेष अाग्रहकै कारण म्यानचेस्टर सिटी जाने विकल्प भएपनि स्यान्चेज युनाइटेड अाएका हुन् । मोउरिन्हो र सिटीका प्रशिक्षक पेप गुअार्डीअोला अाधुनिक फुटबलमा निकै सफलता बटुलेका प्रशिक्षक हुन् । निकै कम खेलाडीले दुवै प्रशिक्षकसँग काम गर्ने मौका पाए । युनाइटेडमा […]

January 23, 2018

कौटिन्होले यो साता ‘डेब्यू’ गर्ने सम्भावना

बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका नयाँ खेलाडी फिलिप कौटिन्होलाई यो साता मैदान उतार्ने तयारीमा रहेको छ । इस्पानियोलविरुद्ध शुक्रबार हुने कोपा डेल रे क्वार्टरफाइनलको दोस्रो लेगमा उनलाई परिवर्तित खेलाडीका रुपमा भएपनि उतार्ने योजनामा रहेको बताइएको छ । कोपा डेल रेको अघिल्लो चरण पुग्न बार्सिलोनालाई जितको आवश्यकता रहेको छ । लिभरपुलका पूर्व स्टार कौन्टिहोले भने अझै बार्सिलोनाबाट […]

Gyanendra Malla

January 23, 2018

नेपालको प्रशिक्षण जारी [फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन टूको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षण जारी छ । फेब्रुअरी ८ बाट नामेबियामा हुने प्रतियोगिताका लागि नेपाली टोलीले मंगलबार पनि सामान्य रुपमा प्रशिक्षण गर्यो । हेरौं मंगलबारका प्रशिक्षणका केही तस्बिरहरु । तस्बिर : दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद

Kulkarni

January 23, 2018

नेपाली टोलीको फिल्डिङबाट प्रशिक्षक कुलकर्णी प्रभावित

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले आफु नेपाली क्रिकेट टोलीको फिल्डिङबाट निकै प्रभावित भएको बताएका छन् । फेब्रुअरी ८ देखि नामिबियामा सुरु हुने विश्व कप क्रिकेट लिग डिभिजन २ को लागि नेपाली टोली प्रशिक्षणमा जुटेको छ । नेपालले पहिलो खेलमा आयोजक टोलीको सामना गर्नेछ । नेपाली टोलीको बन्द प्रशिक्षणमा मंगलबार सामेल भएका कुलकर्णीले […]

January 23, 2018

खप्तड गोल्डकप आयोजनामा घाटा

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा डेढ लाख रुपैयाँ भन्दा केही बढी घाटा भएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले जानकारी दिएको छ । पुस २१ देखि माघ १ गते सम्म धनगढी रंगशालामा आयोजना भएको सर्वाधिक पुरस्कार राशी मध्येको एक खप्तड गोल्ड कपमा १ लाख ६५ हजार ५ सय १६ रुपैयाँ घाटा […]

January 23, 2018

धनगढीमा अब महिला गोल्डकप आयोजना हुने

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सफल आयोजना पछि धनगढीमा पहिलो पटक अर्को महिना महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १ गते सम्पन्न दास्रो गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने क्रममा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले महिला गोल्ड कप आयोजनाको घोषणा गरेको हो । फागुन अन्त्यतिर महिला गोल्ड […]

January 23, 2018

किरण भारतीय क्लब मिनरेभा पन्जाबसँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका गोलकिपर किरण चेम्जोङ्ग भारतीय क्लब मिनरेभा पन्जाबासँग आबद्ध भएका छन् । क्लबले आज ट्विटरमार्फत किरणको सम्झौता सार्वजनिक गरेको हो । मिनरेभा हाल भारतीय हेरो आई लिगको शीर्ष स्थानमा रहेको छ । मिनर्भाको ९ खेलमा २२ अंक रहेको छ । आज क्लबले किरण बांकी सिजनका लागि मिनरेभासँग आबद्ध हुने जानकारी सार्वजनिक […]

January 23, 2018

सुदूरपश्चिम आहा गोल्ड कपको क्वार्टफाइनलमा, आयोजक सहारा स्तब्ध

पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लब १६ औं आहा रारा गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । आयोजकलाई ३–० ले हराउँदै सुदूरपश्चिम ११ स्पोर्टस क्लब आहा राराको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमलाई जित दिलाउन धनबहादुर थापा, मणीराम चोधरी र राकेश हमालले गोल गरे । धनबहादुरको गोलबाट […]

Success

Thank you for your time.