default_image

ताजा समाचारहरु

January 26, 2018

ढोरपाटन लिग भलिबलमा टप्समाथि न्यु डायमण्डको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमीले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन् । प्रतियोगिताको नवौं दिन सकिँदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पोखराको टप्स उच्च माविलाई ३–१ को जित निकाल्दै प्रतियोगितामा अपराजित रहन सफल भएको हो । नयाँ बसपार्कस्थित […]

default_image

January 26, 2018

पुलिस आहा-रारा गोल्ड कपको क्वाटरफाइनलमा , झापा बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – रमपम झापा ११ लाई १-० ले हराउँदै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । पोखरा रंगशालामा सम्पन्न अन्तिम प्रि-क्वाटर फाइनल खेलमा सुमन लामाको एकमात्र गोलमा पुलिसले जित निकाल्यो । पुलिसले क्वाटर फाइनलमा मनाङको सामना गर्नेछ ।  खेलको ८ औं मिनेटमा राम्रो […]

January 26, 2018

आहा-रारामा झापा पुलिसको सामना गर्दै

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको चौथो खेलमा नेपाल पुलिस क्लबले रमपम झापा ११ को सामना गर्दै छ । अघिल्लो साता दाङ्गमा सम्पन्न राखेप च्याम्पियनसिप अन्तर्गत फुटबलमा उपाधि जितेको पुलिसले झापासँगको खेलबाट प्रतियोगितामा सुरुआत गर्दैछ । उक्त प्रतियोगिताले खेलाडीको मनोबल बढेकाले पोखरामा राम्रो प्रदर्शन गर्नेमा पुलिसका प्रशिक्षक अनन्त थापा आशावादी […]

January 26, 2018

कोपा डेल रेको सेमिफाइनल ड्र शुक्रबार

म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रेको सेमिफाइनल चरणको ड्र शुक्रबार हुने भएको छ । सेमिफाइनल पुगेका चारै टोलीको टुंगो लागिसकेको छ । सेमिफाइनलमा बार्सिलोना, लेगानेस, सेभिल्ला र भ्यालेन्सिया पुगेका छन् । रियल म्याड्रिड लेगानेससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । एट्लेटिको म्याड्रिडलाई भने सेभिल्लाले हराएको हो । भ्यालेन्सियाले अलाभेसलाई हराउन पेनाल्टी को साथ लिनुपरेको […]

January 26, 2018

बार्सिलोनाबाट कौटिन्होको डेब्यु

बार्सिलोना (एजेन्सी) – लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्होले नयाँ क्लबबाट डेब्यु गरेका छन् ।   बिहीबार एस्पान्योलसँग २-० को जित रच्दा कौटिन्हो दोस्रो हाफमा अान्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । ६८ हौं मिनेटमा मैदान पुगेका कौटिन्होले पहिलो टच लियोनेल मेसीको पासमा लिएका थिए । त्यसपछि केही समयमै उनलाई […]

January 26, 2018

इस्पानियोलविरुद्ध जितसँगै बार्सिलोना सेमिफाइनलमा

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस कपको सेमिफाइनलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे भने नव खेलाडि फिलिप कौटिन्होले बार्सिलोनाको जर्सीमा आफ्नो पहिलो खेल पनि खेले ।   बार्सिलोनाले खेलको सुरुवाततिरै दुई गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा स्वारेजले टोलीलाई अग्रता दिलाएका […]

January 25, 2018

कोहलीलाई पछि पार्दै क्षेत्रीले जिते मोस्ट स्टाइलिस अवार्ड

मुम्बई (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले इन्डियन मोस्ट स्टाइलिस स्पोर्टस अवार्ड जितेका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै सुनिलले हिन्दुस्तान टाइम्स मोस्ट स्टाइलिस अवार्ड २०१८ जितेका हुन् । बेंगालुरुका स्टार सुनिल सन् २०१७ भर मैदान भित्र र बाहिर छाइरहे । उनको प्रेरणदायी प्रदर्शनबाट भारतीय फुटबल टोली झन्डै दुई दशक […]

January 25, 2018

एक्सन स्पोर्टसले आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

पोखरा (हाम्रो खेलकुद)– डिस होमको एक्सन स्पोर्टसले १६ औं आहा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपालको पहिलो स्पोर्टस च्यानल एक्सनले स्पोर्टसले आहा गोल्डकपको क्वार्टरफाइनलदेखिका खेलहरु प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ । एक्सन स्पोर्टसको सञ्चालक ओर्जिनल इन्टरटेनमेन्टका अध्यक्ष दयाराम पाण्डे र आहा गोल्ड कपका आयोजक सहारा क्लबका महासचिव विश्व बरालले प्रत्यक्ष प्रसारण […]

January 25, 2018

न्यु डायमण्ड र एपीएफको अपराजित यात्रा जारी

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन् । प्रतियोगिताको आठौं दिन सकिदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पारामाउन्ट हाई स्कुललाई २५–३, २५–२ र २५–७ को सोझो सेटमा पराजित गर्दा […]

January 25, 2018

नवलपरासी एन्फा पदाधिकारीलाई काम नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को ४५ जिल्ला संघको निर्वाचन सम्पन्न हुँदा केहि जिल्ला भने विवाद मुक्त हुन सकेनन् । भक्तपुर जिल्ला अदालतले त्यहाँको निर्वाचनमा अन्तरिम आदेश जारी गरेको छ । पछिल्लो पटक नवलपरासी जिल्ला फुटबल संघको विषय विवादमा परेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार नवलपरासी जिल्ला फुटबल संघको […]

Success

Thank you for your time.