default_image

ताजा समाचारहरु

January 27, 2018

अाईपीएल अक्सन केहीबेरमा सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुँदै छन् । सन्दीप अक्सनमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् । अक्सन स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । […]

January 27, 2018

नेयमारको रियल जाने रहरमा पीएसजीको एक शर्त

पेरिस (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमार यसै सिजनमात्र बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका हुन् । तर, विभिन्न स्रोतका अनुसार उनी त्यहाँ खुसी देखिएका छैनन् ‌। नेयमार सान्तोस हुँदा स्पेनका दुवै ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले उनलाई पछ्याएका थिए । त्यस समय बार्सिलोना रोजेका नेयमारले क्लबमा रहेर थुप्रै उपाधि दिलाउन महत्वपूर्ण भूमिका […]

January 27, 2018

म्यानचेस्टर युनाइटेडको सहज जित

म्यानचेस्टर (एजेन्सी)- इंग्लिस एफए कप अन्तर्गत शुक्रबार म्यानचेस्टर युनाइटेडले योभिल टाउनलाई सहजै पराजित गरेको छ । तल्लो श्रेणीको क्लब योभिलको घरेलु मैदानमा युनाइटेड ४-० ले विजयी रह्यो । खेलको ४१ अौं मिनेटमा मार्कस रासफर्डको गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो । अार्सनलबाट म्यानचेस्टर युनाइटेड अाएका एलेक्सीस स्यान्चेजले डेब्यु गरेको खेलमा असिस्ट पनि […]

January 27, 2018

च्याम्पियन्स लिग जित्न सके राहत मिल्ने रोनाल्डोको भनाई

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्न सके कमजोर प्रदर्शन गरिरहेको टोलीलाई राहत हुने बताएका छन् । गत वर्ष ला लिगा र च्याम्पियन्स लिग जितेको रियलको नयाँ सिजनको प्रदर्शन भने निकै कमजोर रहेको छ । २० खेलको समाप्तीमा शीर्षस्थानको बार्सिलोना भन्दा रियल १९ अंकले पछाडि छ । रियल लेगानेससँग […]

January 26, 2018

नेपाल र हङकङ भलिबल संघबीच भेटवार्ता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ र हङकङ भलिबल संघबीच शुक्रबार भएको औपचारिक भेटमा दुई देशको प्रशिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रम गर्ने मौखिक सहमति भएको छ। नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माको नेतृत्वमा रहेको नेपाली टोली र हङकङ भलिबल संघका विकास निर्देशकबीच शुक्रबार भएको औपचारिक भेटघटमा २ देशको प्रशिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रम गर्ने सहमति भएको […]

January 26, 2018

इटहरी गोल्ड कप कसले जित्ला : थ्री स्टारकी मनाङ ?

इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको शनिबार हुने फाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ । जहाँ घरेलु फुटबलमा लामो र सफल इतिहास बोकेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेयता थ्री स्टार पहिलो पटक फाइनल […]

January 26, 2018

रुस्लान जावलाखेल कप फुटबल अर्को महिना

ललितपुर (हाम्रो खेलकुद) – दोस्रो रुस्लान जावलाखेल कप नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेल युथ क्लबको आयोजनामा जावलाखेल फुटबल मैदानमा हुने प्रतियोगिता फागुन ४ देखि ७ गतेसम्म सञ्चालन हुने भएको छ । १६ टोलीको सहभागिता अपेक्षा गरिएको क्लबका सचिव राजकुमार केसीले बताए । विजेताले १ लाख र उपविजेताले ५० हजार […]

NPC

January 26, 2018

‘पुलिस नँया पीढीको नँया टोली’ – प्रशिक्षक थापा

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको चौथो खेलमा नेपाल पुलिस क्लबले झापालाई १-० ले पराजित गरेको छ । खेल पछि दुवै टोलीका प्रशिक्षकले के भने , भिडियोमा हेर्नुहोस । प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस  नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा झापाका पशिक्षक प्रवेश कटुवाल

January 26, 2018

अाइपिएल अक्सन भोलीदेखी, नेपाली समर्थकको नजर सन्दिपतिर

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को भोलिको अक्सनमा यसपटक नेपाली क्रिकेट प्रेमिहरुको बेग्लै चासो रहने छ । कारण यसपटक अक्सनमा राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने पनि परेका छन् । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ […]

January 26, 2018

शिवम् न्यु डायमण्ड कप महिला भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल न्यु डायमन्ड एकेडेमीले पहिलोपटक महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शिवम् सिमेन्टलाई मुख्य प्रायोजन पाएपछि नैकापको न्यु डायमण्ड एकेडेमीले पहिलोपटक ‘शिवम् न्यु डायमन्ड कप भलिबल राष्ट्रिय खुला महिला भलिबल’ प्रतियोगिता आयोजना गर्ने भएको हो । शिवम् सिमेन्टले न्यू डायमण्ड […]

Success

Thank you for your time.