default_image

ताजा समाचारहरु

January 29, 2018

प्रधान सेनापति तेक्वान्दोमा विजेश्वरी ‘ए’ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ए टिम १० स्वर्ण सहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । विजेश्वरीले १ रजत र १ कास्य पदक समेत जितेको थियो । २ स्वर्ण र १ कास्य पदकका साथ आदर्श योग हरी मा.वि. लैनचौर दोस्रो र १ स्वर्ण, १ […]

Bharat Khawas

January 29, 2018

भरत ‘वर्षको उत्कृष्ट खेलाडी’ उपाधिबाट सम्मानित

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७३ बाट सम्मानित गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक सहाराले यो वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो ।  पोखरा रंगशालामा […]

January 29, 2018

मोहन बगानमा विमलको पहिलो अभ्यास- फोटो फिचर

काठमाडौँ (हाम्रो खेलकुद)- भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर कोलकोता पुगेको पहिलो दिनमै टोलीसँग अभ्यास गरेका छन्। आज दिउँसो कोलकाता पुग्ने बितिकै बिमल भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका थिए । बिमलको क्लबसँगको पहिलो अभ्यासको तस्विरहरु:    

January 29, 2018

शिवम् न्यु डायमण्डमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीमाथि रोमाञ्चक जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा एपीएफले न्यु डायमण्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पहिलो सेट २५–२० […]

Alen

January 29, 2018

एपिएफलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहाको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबलाई टाई ब्रेकरमा ५-३ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद विमल घर्ति मगर मोहन बगानसँग आबद्ध भएपछि यस प्रतियोगितामा उपलब्ध भएनन् भने क्लब व्यवस्थापनले समयमा विदेशी खेलाडीको कागजात नवीकरण नगर्दा थ्री […]

January 29, 2018

भारतमा विमलको पत्रकार सम्मेलन [भिडियो]

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्लब मोहुन बगानसँग आबद्ध भएका नेपाली स्टाइकर विमल घर्ती मगर आज भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका छन् । सोमबारै भद्रपुरबाट विमल कोलकाता पुगेका हुन् । विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ । विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ । पत्रकार सम्मेलनमा भारतीय […]

January 29, 2018

विमल मोहुन बगान पुगे

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर भारतीय क्लब मोहुन बगान पुगेका छन् ।   सोमबारै भद्रपुरबाट त्यसतर्फ प्रस्थान गरेका विमलले आज टोलीको प्रशिक्षणमा भाग लिने कार्यक्रम छ । विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ । विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ । […]

January 29, 2018

हङकङसँग नेपाल आज दोस्रो खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली भलिबल टोलीले हङकङमा आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । ३४ बर्षपछि भलिबलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले हिजोको पहिलो खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको थियो । हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको नेपाली टोलीले आजको खेलमा सुधारिएको खेल खेल्ने अपेक्षा गरिएको छ । आइतबारको जितमा पछिल्लो सेटहरुमा नेपाली टोली बलियो देखिएको थियो […]

Three

January 29, 2018

आहा-रारामा आज एपिएफले थ्री स्टारको सामना गर्दै

पोखरा (हाम्रो खेलकुद) – आहा-रारा गोल्ड कपको तेस्रो क्वाटरफाइनलमा नेपाल एपिएफ क्लबले रुस्लान थ्री स्टार क्लबको सामना गर्दै छ । मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थ्री स्टार उच्च मनोबलका साथ मैदानमा उत्रने छ । प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा एपिएफले आदित्य चौधरीको निर्णायक गोलमा संकटालाई हराएको थियो भने थ्री स्टारले प्रतियोगितामा सोझै अन्तिम ८ मा स्थान […]

January 29, 2018

आर्सनल अबामेयाङ भित्राउन नजिक

लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली आर्सनलले यसै साता बोरुसिया डर्टमन्डको स्ट्राइकर पियर-एम्रिक अबामेयाङ भित्राउन सक्ने छ । विभिन्न स्रोतका अनुसार डर्टमन्ड र आर्सनल बीच अबामेयाङका लागि ६० मिलियन पाउन्डको सम्झौता पक्का भएको छ । अबामेयाङ आर्सनलको इतिहासमा सबैभन्दा महँगा खेलाडि हुने छन् । सिजनको सुरुवातमा आर्सनलले अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटलाई ५२ मिलियन पाउन्ड खर्चिएको […]

Success

Thank you for your time.