default_image

ताजा समाचारहरु

Morang Win

February 10, 2018

आयोजकलाई हराउँदै मोरङ रुस्लान सिमराको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।   एनजेजेवाइसीले दोस्रो हाफको ६६ औं मिनेटमा विजय श्रेष्ठको गोलमा अग्रता लिएपनि मोरङले ७५ औं मिनेटमा भुवन बस्नेतको गोलमा बराबरी गरेको थियो ।  निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको […]

February 10, 2018

रुस्लान थ्रीस्टारलाई बुढासुब्बा गोल्डकप, सिजनको दोस्रो उपाधि

धरान (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो । थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दुवै टोलीले दोस्रो हाफमा केहि अवसर पाए पनि मार्टिन्सको पहिलो हाफको […]

February 10, 2018

शेर्पा एन्फा अध्यक्षमा फेरि चुनाव लड्ने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शर्पाले पुनः एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न जिल्ला संघ, ए, बी, सी डिभिजन प्रतिनिधि तथा फुटबलका अन्य सरोकारावालको ठूलो दलबलसहित राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै शेर्पाले चैतमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । तत्कालिन अध्यक्ष गणेश […]

hazard chelsea

February 10, 2018

हाजार्डले दिए रियल म्याड्रिड जाने सङ्केत

लण्डन (एजेन्सी) – इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता चेल्सीका स्टार खेलाडि एडेन हाजार्डले सिजनको अन्त्यपछि रियल म्याड्रिडसँग जोडिने सङ्केत दिएका छन् । हाजार्डले हालै अन्तर्वातामा आफू चेल्सीसँग खुशी रहेको तर फुटबलमा जे पनि हुन सक्ने भएकाले आफू रियल म्याड्रिड पुग्ने-नपुग्ने अहिले निश्चित नरहेको बताए । तर विभिन्न श्रोतले हाजार्डको यो उत्तरलाई उनी रियल जाने सङ्केतका […]

February 10, 2018

युभेन्टस शीर्षस्थानमा उक्लियो

मिलान (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शुक्रबार युभेन्टसले फियोरेन्टिनालाई २-० ले पराजित गरेको छ । फियोरेन्टिनाकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५६ अौं मिनेटमा फेडेरिको बर्नार्डेस्कीको गोलमा पाहुना टोलीले अग्रता लिएको थियो । खेलको चार मिनेट बाँकी छँदा जोर्जियो किएलिनीको पासमा गोन्जालो हिगुअाइनले गोल गरे । यस […]

February 9, 2018

बुढासुब्बा गोल्डकप फाइनल – नौं पटकका विजेता पुलिस र थ्री स्टार भिड्दै

धरान (हाम्रो खेलकुद) – नौं पटकका विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच शनिबार २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । बुढाासुब्बा ५ पटक जितेको पुलिस र ४ पटक जितेको थ्री स्टार धरानमा उपाधिका लागि भने पहिलो पटक भिड्दैछन् । फाइनल धरान १६ स्थित प्रादेशिक रंगशालामा हुनेछ । […]

ratna

February 9, 2018

एपिएफ प्रशिक्षक महर्जन – ‘फिनिसिङ्गमा कमजोरी छ’

सिमरा (हाम्रो खेलकुद) –  आयोजक नवजनजागृति युवा क्लब ‘निलो’ लाई २-० ले पराजित गर्दै ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनल पुगेको नेपाल एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले एपिएफ फिनिसिङ्गमा कमजोर देखिएकाले खेलको सुरुआतमा केही दबाब रहेको बताउँछन् । खेल पछिको पोस्ट म्याच कन्फरेन्समा बोल्दै उनले खेल योजना अनुरुप भएपनि सुरुआतमा गोल गर्न नसक्दा दबाब महसुस गर्नुपरेको बताए […]

February 9, 2018

अन्तर बैंक फुटसल अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल इन्भेष्टमेन्ट बैंकको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तर बैंक फुटसल प्रतियोगिता फागुन ४ गते हुने जानकारी गरायो । बैंक बैंकबीच आपसी सम्बन्ध प्रगाढ बनाउन बैंकको ३२ औं वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको बैंकको […]

February 9, 2018

शिक्षक शिक्षिका क्रिक्रेट सुरु

बुटवल (हाम्रो खेलकुद)– रुपन्देहीको सैनामैना कलौनीमा चौथो कलौनी कान्तिपुर शिक्षक शिक्षिका क्रिक्रेट प्रतीयोगीता शुक्रबार सुरु भएको छ । कलौनी कान्तिपुर बिद्यालयको आयोजनामा भएको उद्घाटन खेलमा जनकल्याण माविले रिभाइवल इङ्लिस बोर्डिङ स्कुललाई ३८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको जनकल्याणले १० ओभरमा ४ विकेटको क्षेतिभमा १ सय ८ रन बनाएको थियो । ५५ रन […]

February 9, 2018

एपिएफ र हङकङबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको विभागीय टोली एपिएफ र हङकङको महिला फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । ‘लुनार न्यू यर्स कप’ मा नेपाल एपिएफले हङकङ कवलुन स्थित मंग कक रंगशालामा खेल खेल्ने छ । ‘लुनार न्यू यर्स कप’ चिनी नँया वर्षको अवसरमा हरेक वर्ष हुने प्रतियोगिता हो । खेल १९ फेब्रुअरीमा (फाल्गुन ७) […]

Success

Thank you for your time.