default_image

ताजा समाचारहरु

February 10, 2018

आर्सनलविरुद्ध टोटनह्याम विजयी

लन्डन (एजेन्सी) – प्रिमियर लिगको ‘नर्थ लन्डन डर्बी’ अन्तर्गत टोटनह्यामले आर्सनललाई १-० ले हराएको छ । टोटनह्यामका लागि स्ट्राइकर ह्यारी केनले निर्णायक गोल गरेका हुन् । खेलभरी टोटनह्याम आर्सनलमाथि हावी देखियो । पहिलो हाफमा केनले हेडिङको राम्रो अवसर गुमाएका थिए । तर दोस्रो हाफको सुरुवाती मिनेटमा बेन डेभिसको क्रसलाई सदुपयोग गर्दै केनले टोलीलाई अग्रता दिलाए […]

February 10, 2018

माउण्ट अन्नपूर्ण ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा (हाम्रो खेलकुद) – पोखराको पहिलो निजी विद्यालय माउण्ट अन्नपूण मा.वि.नदिपुर द्व्रारा आयोजित तेस्रो यू–१४ अन्तर विद्यालय ह्याण्डबल प्रतियोगिता शनिबार सुरु भएको छ । छात्र तर्फ उद्घाटन खेलमा न्यू ग्यालेक्सी माविले लिट्ल स्टेप माविलाई १२–१० ले हरायो । छात्र तर्फकै खेलमा आयोजक माउन्ट अन्नपूर्ण मा.वि.(ए) ले गण्डकी बोर्डिङ स्कुललाई ८–४ ले, जनप्रिय मा.वी.ले श्रृजना मावि.लाई […]

February 10, 2018

तिरुपतिलाई मेयर कप क्रिकेट उपाधि

भैरहवा (हाम्रो खेलकुद)– तिरुपति क्रिकेट क्लबले प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबमाथि २ रनको रोमांचक जित निकाल्दै तिरुपति च्याम्पियन बनेको हो । तिरुपतिले उपाधिसहित ५० हजार र खुकुरीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा बुम एमसिसी क्रिकेट क्लबका विक्रम […]

February 10, 2018

अन्तर्राष्ट्रिय महिला भलिबल – न्यू डायमण्ड, आर्मी र एपीएफको विजयी सुरुआत

चितवन (हाम्रो खेलकुद)– चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ आजबाट सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन् । पहिलो खेलमा बलियो मानिएको शिवम न्यू डायमण्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को […]

February 10, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रम कम्तीमा ६ महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका लागि शनिबारको दिन मिश्रित खालको रह्यो । पाँचौं पटक बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्नुअघि शनिबार खेलका दौरान टोलीका कप्तान विक्रम लामा चोटग्रस्त भएका छन् । तस्बिर सौजन्य : सञ्जिव शिल्पकार पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको छ । शनिबार साँझ नै […]

February 10, 2018

निराजन बुढासुब्बा गोल्डकपका उत्कृष्ट खेलाडी

धरान (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका मिडफिल्डर निराजन खड्काले आज सम्पन्न बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो । थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गरेको गोल निर्णयक सावित भयो । यस जितसँगै थ्रीस्टारले सिजनको दोस्रो उपाधि जितेको […]

February 10, 2018

बुटवलमा राष्ट्रियस्तरको लन टेनिस हुने

दिपक न्यौपाने बुटवल – बुटवलमा अर्को महिना खुल्ला लन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल लन टेनिस क्लबको आयोजनामा फागुन ११ गते १५ गतेसम्म प्रतियोगिता आयोजना हुने आयोजक बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए । बुटवलमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ९० प्रतिशत भन्दा बढि खेलाडी जिल्ला बाहिरबाट रहने बताइएको […]

February 10, 2018

मिस नेपाल निकिता प्रधानमन्त्री कपको सद्भावना दुत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाल निकिता चन्डकलाई सद्भावना दुत अनुबन्धित गरेको छ । मिस नेपाल वर्ल्ड निकिता चन्डक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दुत नियुक्त भएकी हुन् । प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपाल आयोजक हिडन ट्रेजरसँग सहकार्य गर्ने सिलसिलामा सद्भावना दुतसम्बन्धी […]

February 10, 2018

प्रधान सेनापति खुल्ला म्याराथनमा कृष्ण च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत तेस्रो संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा च्याम्पियन बनेका छन् । आर्मीका धावक बस्नेतले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै च्याम्पयन बन्न सफल भएका हुन् । पहिलो संस्करणका च्याम्पियन सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा पुरा गर्दै दोस्रो […]

February 10, 2018

मोरङ विरुद्ध एनजेजेवाइसी (हाइलाइट्स)

सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।  

Success

Thank you for your time.