default_image

ताजा समाचारहरु

February 12, 2018

बार्सिलोना घरेलु मैदानमा गेटाफेसँग रोकियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा गेटाफेविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेले उत्कृष्ट डिफेन्स गरेपछि बार्सिलोनाले सन् २०१६ को नोभेम्बरयता पहिलोपटक घरेलु मैदानमा गोल गर्न सकेन । खेलमा दुई तिहाईभन्दा बढी समय बल राखेको बार्सिलोनाले पहिलो सट खेलको ५० अौं मिनेटमा प्रहार गरेको थियो । बार्सिलोनाले खेल […]

February 11, 2018

पत्रकार कडेँलमाथि दुव्र्यवहार, मञ्चले दोषीमाथि कारवाहीको माग गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – समाचार संकलनका लागि आइतबार रोयल सिंह होटल पुगेका खेलकुद पत्रकार प्रकाश कडेँलमाथि दुव्र्यवहार भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा रोयल सिंगी होटलमा भएको पत्रकार सम्मेलनमा अमेरिकी रेस्लर जिजस मालिकीले दुव्र्यवहार गरेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं नयाँ पत्रिका दैनिकमा कार्यरत प्रकाशले सम्मेलनमा प्रश्न सोधे पछि एक्कासी […]

February 11, 2018

क्यान्सर पीडित अन्तर्राष्ट्रिय रेफ्री मञ्जुजंगलाई आर्थिक सहयोग

काठमाडौं ( हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विगत एक वर्षदखि क्यान्सर रोगसँग जुधिरहेका पूर्व बक्सिङ खेलाडी, निर्णायक तथा बक्सिङ संघका सस्थापक सदस्य मञ्जुजंग थापालाई आर्थिक सहयोग प्रदान गरेको छ । संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर पीडित खेलाडी, निर्णायक तथा बक्सिङ संघका सस्थापक सदस्य मञ्जुजंगलाई मकाउ बक्सिङ ग्रुप, अमेरिका, बक्सिङका पूर्व खेलाडी […]

February 11, 2018

पराजित भएपनि रोयल खुकुरी कपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोयल पिसी फाइटर पराजित भएर पनि खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । आइतबार समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको बालुवाटारसँग ६ विकेटले पराजित भएपनि समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । रोयलले दिएको १ सय ५९ रनको लक्ष्य बालुवाटारले १८ […]

February 11, 2018

आयोजक कुमारीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कुमारी स्कुलका दुवै टोली केब्स कप अन्तर स्कुल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको छात्रतफृको सेमिफाइनलमा पुगेका छन् । कुमारी ‘ए’ ले भेनस स्कुललाई १७–६ को अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुग्यो । त्यस्तै, कुमारी ‘बी’ चिल्ड्रन लिबर्टी माथि ११–८ को कठिन जित हात पारेको थियो । त्यस्तै, बुद्ध एकेडिमि र […]

Paras Khadka

February 11, 2018

नेपाल ४ विकेटले विजयी, पारस र सोमपाल नायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]

February 11, 2018

विभागिय टोलीसहित न्यू डायमण्ड मेयर कप भलिबलको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसहित काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । समूह ‘ए’ बाट नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी तथा ‘बी’ बाट न्यू डायमण्ड र नेपाल पुलिस अन्तिम चारमा पुगेका हुन् । समूह चरणमा एपिएफ र न्यू डायमण्ड […]

February 11, 2018

आर्मी र एपिएफका खेलाडीबीच झडप (भिडियो)

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनलमा विभागिय डर्बी खेलको दोस्रो हाफमा खेलाडीबीच झडप भएपछि खेल केहिबेर रोकिएको थियो । खेलको ७२औं मिनेटमा तनाब सिर्जना भएपछि एपिएफका अन्जन बिष्ट र रन्जन बिष्टले रातो कार्ड पाए भने आर्मीका गोल कर्ता नवयुग श्रेष्ठ पनि रातो कार्ड पाएर बाहिरिएपछि एपिएफ ९ […]

February 11, 2018

युएई १ सय १४ रनमै अलआउट, सोमपाल र सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]

February 11, 2018

आर्मी ४-० एपिएफ (हाइलाइट्स)

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी ९ औं सिमरा गोल्ड कपको क्वाटरफाइनल अन्तर्गतको विभागीय डर्बीमा नेपाल आर्मीले एपिएफलाई ४-० ले हराउँदै प्रतियोगिताको सेमिफाइनल पुगेको छ । खेलमा जर्ज प्रिन्स कार्कीले २ गोल गरे भने नवयुग श्रेष्ठ तथा दिनेश हेम्जनले पनि गोल गरे ।

Success

Thank you for your time.