default_image

ताजा समाचारहरु

February 12, 2018

रुस्लान थ्रीस्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत थ्रीस्टार क्लबले सुदुर पश्चिमलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ । निर्धारित समय १-१ मा टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको हो । तस्बिर : विवेक सुवेदी / हाम्रोखेलकुद डट कम थ्रीस्टारले खेलको ४३ औं मिनेटमा विश्वास श्रेष्ठको गोलबाट अग्रता लिन सफल भएको थियो । निराजन […]

February 12, 2018

विमलको असिस्ट तर मोहन बगान पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा मोहन बगान गोकुलमसँग २-१ ले पराजित भएको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले आज टोलीका लागि असिस्ट दर्ता गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मोहन बगान र गोकुलमको पहिलो हाफ गोलरहित टुङ्गिए पनि दोस्रो हाफमा ३ गोल सम्भव भए । खेलको ७६ औं मिनेटमा […]

February 12, 2018

केन्याद्वारा नेपाललाई १ सय ७८ रनको लक्ष्य, सन्दिपको ५ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रह्यो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । १० ओभरमा ५ मेडेनका साथ […]

February 12, 2018

सन्दिपको जादुयी बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्याको सामना गर्दै छ । केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ४१ ओभरको समाप्तिमा ५ […]

February 12, 2018

नेपाल केन्यविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै, अनिलको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । आज नेपालका लागि अलराउन्डर अनिल कुमार शाहले डेब्यु गर्दै छन् । टोलीमा उनी ओपनर दिलिप नाथको स्थानमा आएका छन् । खेलअघि कप्तान पारस खड्काले अनिललाई उनको पहिलो क्याप दिए […]

February 12, 2018

सन्दिप अहिलेसम्म प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडि

काठमाडौं (हाम्रो खेलकुद) – आज नेपाली राष्ट्रिय क्रिकेट टोली जारी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्याको सामना गर्दै छ । विश्वको आँखा फेरि पनि नेपाली युवा बलर सन्दिप लामिछानेमाथि हुने छ । यहि महिना दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएका सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडि हुँदै छन् । आइपिएलमा छनोट भइसकेपछि धेरैको ध्यान सन्दिपको डिभिजन-२ को […]

February 12, 2018

विमल सम्मिलित मोहन बगान गोकुलमको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा सोमबार गोकुलमको सामना गर्दैछ । यसै महिना मोहन बगानमा आबद्ध भएका विमलको यो तेस्रो खेल हो । मोहन बगानको मैदानमा भारतीय समय अनुसार खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ । १३ खेलमा मोहन बगानको २१ अंक […]

February 12, 2018

सालाह र फिर्मिनोको गोलमा लिभरपुल विजयी

साउथह्याम्पटन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई २-० ले हराएको छ । लिभरपुलका लागि फरवार्डद्वय मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले गोल गरेका थिए । लिभरपुलले खेल सुरु भएको छैटौं मिनेटमै खेलमा अग्रता लिन सफल भएको थियो । सालाहको पासमा फिर्मिनोले गोल गर्दै टोलीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो हाफको ४२ औं […]

February 12, 2018

किरण, पारससहित ३५ खेलाडी उत्कृष्ट, जोशीलाई गजराज स्मृति आदर्श खेलाडी सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गर्ने भएको छ । आज दिउँसो टोखामा आयोजना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ सम्मानमा जोशीको परिवारलाई सम्मान प्रदान गरिने जनाइएको छ । सन् १९८४ […]

February 12, 2018

प्रिमियर लिगमा युनाइटेड न्युक्यासलसँग पराजित

न्युक्यासल (एजेन्सी)- माट रिट्चीको गोलको मद्दतमा न्यूक्यासलले प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १-० हराएको छ । सेन्ट जेम्स पार्कमा अक्टुबर यता न्युक्यासको यो पहिलो प्रिमियर लिग जित हो । विङगर रिटचीले ६५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । सिजनमा यो उनको पहिलो गोल हो । अर्को तिर युनाइटेडका एलेक्सिज सान्चेजको प्रहारलाई विफल पारिएको […]

Success

Thank you for your time.