default_image

ताजा समाचारहरु

February 13, 2018

एपिएफलाई मेयर कप भलिबल उपाधि, सरस्वती सर्वोत्कृष्ट खेलाडी

भरतपुर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा २९–२७ को जितेको एपिएफले त्यसपछिका दुई सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । गत महिना एपिएफलाई […]

February 13, 2018

रियल र पिएसजी बीच महाभिडन्त आज

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा आज रियल र पिएसजी भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको साढे १ बजे सुरु हुने छ । रियल र पिएसजीको आजको च्याम्पियन्स लिग खेल ‘एल क्लासिको’ पछी सिजनकै सबैभन्दा प्रतिक्षित खेल हो । रियल म्याड्रिडले […]

February 13, 2018

आइ लिगमा किरणको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इष्ट बंगालसँग १–० ले पराजित भएको छ । किरण पहिलो रोजाइमा पर्न नसकेको खेलको ६१ औं मिनेटमा मिनेर्भा पछि परेको थियो । सलाम सिंहले गरेको गोल इष्ट बंगालको जितका लागि पर्याप्त रह्यो । गोल खाएलगत्तै […]

Morata

February 13, 2018

‘मेस्सीलाई रोक्न कठिन’ – मोराटा

लन्डन (एजेन्सी)– चेल्सीका स्ट्राइकर अल्भारो मोराटाले बार्सिलोनाका सुपरस्टार लियोन मेस्सीलाई रोक्न सम्भव नहुने बताएका छन् । बार्सिलोनाविरुद्ध अर्को साता अन्तिम १६ को पहिलो लेग खेल्नुअघि मोराटाको यस्तो भनाई सार्वजनिक भएको हो । मोराटाले टोलीका सहकर्मीलाई मेस्सीलाई गम्भिरतापूर्वक लिन पनि सुझाएका छन् । यद्दपी चेल्सीविरुद्ध मेस्सीको इतिहास त्यति सन्तोषजनक छैन । चेल्सीसँगको पाँच पटकको बालोन डि’ […]

February 13, 2018

झापा गोल्डकप यसै महिना, विजेतालाई १२ लाख ५० हजार

सबिन शेर्मा झापा – पूर्वाञ्चलकै प्रतिष्ठित गोल्डकप मध्येको झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यसै महिना आयोजना हुने भएको छ । विर्तामोडको डोमालाल राजवंशी रंगशालामा फागुन १९ गते बाट प्रतियोगिता सुरु हुने आयोजक झापा फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत झापा गोल्डकप समितिका अध्यक्ष महेन्द्र गिरीले दिएका छन् । यस पटक झापा गोल्ड कपको राशीमा पनि […]

February 13, 2018

किरणको मिनेर्भा इष्टबंगालको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इष्ट बंगालको सामना गर्दैछ । मिनेर्भाको मैदानमा खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । १३ खेलको समाप्तीमा २९ अंकसहित मिनेर्भा शीर्षस्थानमा छ भने तेस्रो स्थानको इष्ट बंगालको २३ अंक छ । १५ […]

February 13, 2018

हाजार्डको २ गोलमा चेल्सी विजयी

एजेन्सी (लण्डन)-  गए राति प्रिमियर लिगमा चेल्सीले वेस्टबर्मलाई ३-० ले पराजित गरेको छ । चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजिता संगै चेल्सी अंक तालिकाको शीर्ष चारमा फर्किन सफल भएको छ।  चेल्सीले खेलको २५ औं मिनेटमा हाजार्डको गोल मार्फत अग्रता लिन सफल भएको थियो । भर्खरै समाप्त भएको स्तान्तरण सत्रको […]

February 12, 2018

क्रिकेट खेलाडी, अम्पायर संगै दर्शकको पनि बिमा,रुपन्देही सुपर लिगमा २१ क्लब

भैरहवा (हाम्रो खेलकुद) – रुपन्देही क्रिकेट संघले नेपालमै पहिलो पटक क्रिकेट खेलाडी, अम्पायर र अफिसियल तथा दर्शकहरुको जीवन बिमा गरेको छ । संघले फागुन १ गतेबाट सुरु हुने नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बिमा गरेको संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए । खेलाडी, अम्पायर, अफिसीयल र खेल हेर्ने दर्शकलाई हुन […]

February 12, 2018

जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले भारोत्तोलनका सर्वाधिक सफल ओलम्पियन खेलाडी स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त ‘गजराज स्मृति आदर्श खेलाडी’ बाट सम्मानित गरेको छ । एनएनआइपिएले सोमबार स्वर्गीय गजराज जोशीको जन्मस्थान टोखामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्न सफल भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक […]

February 12, 2018

नवज्योति र युनिभर्सललाई केब्स बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– केब्स कप अन्तर स्कुल थ्री अन थ्री बास्केटलमा छात्रतर्फ नवज्योति स्कुल कोटेश्वर र छात्रातर्फ युनिभर्सल स्कुलले उपाधि जितेका छन् ।  आयोजक कुमारी एकेडेमीको कोर्टमा भएको छात्रतर्फको फाइनलमा नवज्योतिले कुमारीलाई १४–१२ पराजित गर्दै उपाधि चुम्यो । नवज्योतिका अभिषेक सिंह उत्कृष्ट खेलाडी चुनिए । त्यसअघि सेमिफाइनलमा नवज्योतिले ग्रिनतारालाई १४–९ ले हराएको थियो । छात्रा […]

Success

Thank you for your time.