default_image

ताजा समाचारहरु

February 17, 2018

खुकुरी कप क्रिकेटमा बालुवाटार च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बालुवाटार क्रिकेट क्लब खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ८ रनले पराजित गर्दै बालुवाटार खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो । बालुवाटारले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको केसीटीसीले ६ विकेट […]

February 17, 2018

आर्मीको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा शनिबारबाट शुरु भएको ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरथित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले विशाल मिलन केन्द्रलाई ८७–७३ को स्कोरमा पराजित गर्दै लिगमा विजयी शुरुवात गरेको हो । पहिलो क्वार्टरमा २४–११ को […]

February 17, 2018

दिनेश चुनिए सिमरा गोल्डकपका उत्कृष्ट खेलाडि

सिमरा (हाम्रो खेलकुद) – आज सम्पन्न नवौं सिमरा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई २-० ले हराएको छ । व्यक्तिगत विधातर्फ पनि आर्मीकै दबदबा कायम रह्यो । प्रतियोगिताका सर्वाधिक गोलकर्ता दिनेश हेन्जनले सिमरा गोल्डकपको उत्कृष्ट खेलाडिको उपाधि पनि जितेका छन् । फाइनलमा १ गोल गरेका दिनेशले प्रतियोगिताभरि कुल ३ गोल गरे । उनले यामाहाको […]

February 17, 2018

उद्घाटन खेलमा मनाङ विजयी

अमृत चिमरिया हेटौंडा  – तेस्रो हेटौंडा गोल्डकप–२०७४ को उद्घाटन खेलमा एपिएफलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको गोल्डकपको उद्घाटन खेलमा मनाङको लागि खेलको २८ औं मिनेटमा सुजल श्रेष्ठले गरेका पेनाल्टी निर्णायक गोल हुन पुग्यो । एपिएफका सुरज गुरुङले मनाङका विदेशी खेलाडी भिक्टरलाई डि बक्स भित्र […]

neymar

February 17, 2018

ब्राजिलका प्रशिक्षकले खुलाए विश्वकपमा खेल्ने सुरुवाति ११

लण्डन (एजेन्सी) – ब्राजिलका प्रशिक्षक टिटेले विश्वकपमा आफ्नो रोजाईका १५ खेलाडि हालै घोषणा गरेका छन् । त्यस्तै ती नाम्हरुमध्ये उनले सुरुवाती ११ मा आफुले को-को राख्ने त्यो पनि जानकारी दिएका छन् । अघिल्लो विश्वकपमा ब्राजिल निराशजनक तरिकाले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यो सम्झना बिर्सँदै २०१८ रुस विश्वकपमा ब्राजिलले आफुलाई बलियो […]

February 17, 2018

पिएम कप अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समिकरण पूरा

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिवार खेलमा विभागीय नेपाल एपीएफ क्लबले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो । वुमन अफ दि म्याच सरस्वती चौधरीको उत्कृष्ट […]

February 17, 2018

सिमरा गोल्डकपमा थ्रीस्टारलाई हराउँदै आर्मीलाई सिजनको पाँचौं उपाधि

सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा थ्रीस्टारलाई २-० ले हराउँदै आर्मीले सिजनको पाँचौं उपाधि हात पारेको छ । खेलको पहिलो हाफमा प्रिन्स जर्ज कार्कीको स्थानमा बैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा बक्स […]

default_image

February 17, 2018

रुस्लान सिमरा गोल्डकप फाइनल: आर्मीलाई अग्रता

सिमरा (हाम्रो खेलकुद)– जारी ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भैरहेको  खेलको दोस्रो हाफमा नेपाल आर्मीले आग्रता लिएको छ। खेलको ५८ औ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीले अग्रता लिएको हो । खेलको पहिलो हाफमा प्रिन्स जर्ज कार्कीको स्थानमा बैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका हुन्। खेलको ५८ मिनेटमा […]

February 17, 2018

रुस्लान सिमरा गोल्डकप फाइनल: पहिलो हाफ थ्रीस्टार ०-० आर्मी

सिमरा (हाम्रो खेलकुद)– छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भैरहेको छ। सिमरा रंगशालामा जारी फाइनल खेलको पहिलो हाफ समाप्त हुँदासम्म दुवै टोली गोल गर्न असफल छन्। सिजनको आफ्नो ५ औँ र तेस्रो उपाधीको खोजीमा रहेको आर्मी र थ्रीस्टार दुवै टोलीले पहिलो हाफमा […]

February 17, 2018

रुस्लान सिमरा गोल्डकप फाइनल आजः थ्री स्टार र आर्मी भिड्दै

सिमरा (हाम्रो खेलकुद)– छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ। सिमरा रंगशालामा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक नवजनजागृति युवा क्लबले जनाएको छ । आर्मीले सिमरा गोल्डकप जिते टोलीको तयो वर्षको पाँचौं उपाधि हुनेछ भने लगातार चौथो साता चौथो नकआउटको फाइनल […]

Success

Thank you for your time.