default_image

ताजा समाचारहरु

February 18, 2018

पुलिस हेटौंडा गोल्ड कपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन भोम्जन […]

February 18, 2018

डिपिएल र श्री एयरलाइन्सबीच सम्झौता,अक्सन बुधबार

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ ले श्री एअरलाइन्सको साथ पाएको छ । श्री एयरलायन्सले डिपिएल–२ लाई १ वर्षको लागि प्रायोजन गरेको हो । सम्झौता पत्रमा आइतबार डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाही र श्री एअरलाइन्सका अपरेशन निर्देशक कुन्दन गिरीले हस्ताक्षर गरे । सम्झौताअनुसार […]

February 18, 2018

प्रधानमन्त्री कप भलिबल- शिवम् न्यू डायमण्ड र एपिएफ फेरि उपाधिका लागि भिड्ने

नेपालगन्ज (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड र नेपाल एपिएफ क्लब फेरि अर्को उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको आइतबार भएको सेमिफाइनलमा विजयी हुँदै न्यू डायमण्ड र एपिएफले एक अर्कासँगको भेट पक्का गरेका हुन् । नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा न्यू डायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले […]

February 18, 2018

आइ लिगमा विमलको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले आइतबार हिरो इन्डियन लिग (आइ लिग) मा सफलता प्राप्त गरेको छ । मोहन बहानले नेरोकालाई ३–२ ले हराएको छ । हारका वावजुद नेरोका ३१ अंकका साथ शीर्षस्थानमा छ । नेरोकाले १७ खेल खेलिसक्दा दोस्रो स्थानमा रहेको मिनेर्भा (२०) ले १४ तथा […]

February 18, 2018

स्ट्रासबर्ग विरुद्ध पिएसजीको ५ गोल

पेरिस (एजेन्सी) – गए राति फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्ट्रासबर्गलाई ५-२ ले हराएको छ । पिएसजीको जितमा एडिन्सन काभानीले २ गोल गरे । खेलको छैटौं मिनेटमा पाहुना टोली स्ट्रासबर्गले खेलमा जिन अहुलुको गोलमार्फत अग्रता लिएको थियो । तर जुलियन ड्राक्सलरको दसौं मिनेटको गोलमा पिएसजीले खेल बराबरी पार्न सफल भयो । […]

February 18, 2018

म्यानचेस्टर युनाइटेड एफए कपमा विजयी

हडसफिल्ड (एजेन्सी) – गए राति इंग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले हडसफिल्ड टाउनलाई २-० ले पराजित गरेको छ । युनाइटेडका लागि दुवै गोल स्ट्राइकर रोमेलु लुकाकुले गरे । लुकाकुले खेलको तेस्रो मिनेटमै जुवान माटाको पासमा गोल गर्दै खाता खोलेका थिए भने खेलको ५५ औं मिनेटमा एलेक्सिस सान्चेजको असिस्टमा फेरि गोल गर्दै टोलीको जित सुनिश्चित गरे । […]

February 18, 2018

बार्सिलोनाको जित, मेस्सीको कीर्तिमान

इबार (एजेन्सी)– लियोन मेस्सीका नाममा स्पेनिस फुटबलमा थुप्रै कीर्तिमान छन् । बार्सिलोनालाई सफलता दिलाउने क्रममा उनले हरेक वर्ष केहि न केहि कीर्तिमान बनाएकै छन् । तर, विपक्षी पोष्टमा गरेको आक्रमण सबैभन्दा बढी असफल पनि उनकै नाममा रहेको छ । गोल गर्नेमा उनले पटक पटक कीर्तिमान बनाएका छन् । त्यस्तै मौका गुमाउनेमा पनि उनी अगाडी छन् […]

February 18, 2018

नेपाली क्रिकेट टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप क्रिकेटको छनोटमा स्थान पक्का गर्दै नेपाली क्रिकेट टोली नामिबियाबाट शनिबार साँझ स्वदेश आइपुगेको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल उपविजेता बन्दै फर्केको हो । नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदा समर्थकले भव्यस्वागत गरेका थिए । झन्डै ३ सयको हाराहारीमा विमानस्थल पुगेका समर्थकले टोली र कप्तान पारस […]

February 17, 2018

इन्डोनेसियामा रोहितको क्लबलाई प्रेसिडेन्ट कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रि«य फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले प्रेसिडेन्ट कप २०१८ को उपाधि जितेको छ । बाली युनाइटेडलाई शनिबार ३–० ले हराउँदै जाकार्ता च्याम्पियन बनेको हो । च्याम्पियन जाकार्ताले २ लाख ५० हजार अमेरिकी डलर प्राप्त गरेको रोहितका दाजु रविन्द्रले हाम्रो खेलकुदलाई जानकारी दिए । सेमिफाइनलको दोस्रो लेगमा आराम […]

February 17, 2018

विकास रनिङ शिल्ड फागुन ८ देखि

चितवन (हाम्रो खेलकुद) – विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता फागनु ८ गतेबाट सुरु हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा विकास शिल्ड समितिले आयोजना गर्ने प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कूल १२ टिम सहभागी हुने प्रतियोगितामा गत वर्षभन्दा पुरस्कार राशी बढाइएको छ । गत वर्ष […]

Success

Thank you for your time.