default_image

ताजा समाचारहरु

February 19, 2018

मैत्रीपूर्ण खेलमा एपिएफसँग हङकङ पराजित, सावित्राको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)– हङकङ महिला फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । हङकङमा सोमबार भएको मैत्रीपूर्ण खेलमा एपिएफले घरेलु टोलीलाई ३–१ ले हराएको छ ।   एपिएफको जितमा सावित्रा भण्डारीले २ र अर्को गोल अन्जली तामाङले गरिन् । अन्जलीको गोलबाट अग्रता लिएको एपिएफका लागि राष्ट्रिय महिला टोलीकी फरवार्ड समेत रहेकी सावित्राले […]

February 19, 2018

बेल बेच्न तयार रियल म्याड्रिड

म्याड्रिड (एजेन्सी) – विभिन्न स्पानिस श्रोतहरुका अनुसार रियल म्याड्रिडले आफ्ना स्टार खेलाडि ग्यारेथ बेललाई यस समर ट्रान्सफर विन्डोमा बेच्न तयार भएको जनाएको छ । सन् २०१३ मा रियल पुगेका बेल चोटका कारण यस सिजन नियमित खेल्न पाएका छैनन् । टोटनह्यामबाट रियल म्याड्रिड आएयता बेलले आफ्नो प्रतिभाको झल्को देखाए पनि चोटका कारण नियमित खेल्न नपाउदा रियल […]

default_image

February 19, 2018

हेटौंडा गोल्ड कपमा आर्मी र सुदूरपश्चिम भिड्दै

हेटौंडा (हाम्रो खेलकुद) –  तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार सुदूरपश्चिम ११ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ । आर्मी सफलताको यात्रालाई लागि निरन्तरता दिने प्रयासमा रहँदा सुदूरपश्चिम ११ भने अनअपेक्षित नतिजा निकाल्न तत्पर देखिएको छ । यस सिजन सहभागिता जनाएको ९ प्रतियोगिता मध्ये ५ मा […]

February 19, 2018

बेटिस विरुद्धको रोमाञ्चक खेलमा रियलको ५ गोल

बेटिस (एजेन्सी) – गए राति स्पेनिस लालिगामा रियल म्याड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको छ । रियलको जितमा मार्को एसेन्सियोले दुई गोल गरे । खेलको एघारौं मिनेटमा एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आइसा मान्डिको गोल र नाचोको आत्मघाती गोलमा घरेलु टोली रियल बेटिसले अग्रता लिएको थियो । दोस्रो हाफमा भने रियलले […]

nepali cricket

February 18, 2018

विश्वकप छनोटका लागि टोली घोषणा, ललित राजवंशी पहिलो पटक परे

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बाब्वेमा खेलिने आइसीसी विश्वकप छनोट २०१८ का लागि नेपाली टोलीको घोषणा भएको छ । टोलीमा एक नयां अनुहार ललित नारायण राजवंशी समावेश भएका छन् । हालै नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उपविजेता भएको नेपालले आगामी आइसीसी विश्वकप छनोट २०१८ को लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । […]

default_image

February 18, 2018

आर्मी र पश्चिमाञ्चलको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो दुवै संस्करणको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्रले तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा आइतबार भएको पहिलो खेलमा आर्मीले मध्यपश्चिममाथि ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले मध्यपश्चिमलाई २५–८, २५–१२ र […]

February 18, 2018

पहिलो टि-२० मा भारत दक्षिण अफ्रिका विरुद्ध विजयी

जोहानसबर्ग (एजेन्सी) – भारतले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टि-२० श्रृंखलाको पहिलो खेल २८ रनले जितेको छ । पहिले ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा २ सय ३ रन जोड्न सफल भएको थियो । भारतका लागि ओपनर शिखर धवनले ७२ रनको शानदार पारी खेले । उनले ३९ बलमा १० चौका र २ छक्काको मद्दतमा भारतलाई […]

February 18, 2018

बर्लिनमा ३ नेपालीले जिते स्वर्ण पदक

काठमाडौं ( हाम्रो खेलकुद) – बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा भाग लिने सबै ४ खेलाडीले पदक जितेका छन् । अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका छन् । जर्मनीमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा अनुलले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितिन् । अनुले फाइनलमा […]

default_image

February 18, 2018

कीर्तिपुरको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्विक्स बास्केटबल लिगमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुर बास्केटबल टिमले हिमालयन हाउण्ड्समाथि एक अंकको रोमाञ्चक जित निकालेको हो । घरेलु कोर्टमा आइतबार भएको लिगको खेलमा कीर्तिपुरले ८४–८३ को रोमाञ्चक जित दर्ता गर्‍यो । निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा किर्तिपुरले […]

February 18, 2018

नेयमारको खेल रोनाल्डोभन्दा राम्रो – जाभी

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका पूर्व स्टार खेलाडि जाभी हर्नान्डेजले हालै सम्पन्न रियल विरुद्ध पिएसजीको च्याम्पियन्स लिग खेलमा नेयमारको प्रदर्शन क्रिस्टियानो रोनाल्डोभन्दा राम्रो रहेको बताएका छन् । सो खेलमा रोनाल्डोले २ गोल गर्दा रियलले पिएसजीलाई ३-१ ले हराएको थियो । ३७ वर्षीय जाभीले सो फुट पत्रिकासँगको अन्तर्वार्तामा भने,”क्रिस्टियानो त्यस खेलमा नेयमारभन्दा राम्रो थिए भनियो । तर […]

Success

Thank you for your time.