default_image

ताजा समाचारहरु

February 20, 2018

विकास रनिङ शिल्ड फुटबल – फ्रेन्ड्स विजयी

विनोदबाबु रिजाल चितवन– ए डिभिजन टोली फ्रेण्ड्सले विकास रनिङ शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । हेटौंडाको विजय युथ क्लबलाई मंगलबार १–० ले हराउँदै फ्रेण्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । फ्रेन्ड्सले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । जोनल ग्यारीले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । म्यान अफ […]

February 20, 2018

युरोपमा इंग्लिस टोलीको बढ्दो प्रभाव

विविध सुवेदी काठमाडौं – १९ मे, २०१२ । च्याम्पियन्स लिग फाइनल खेल – चेल्सी विरुद्ध बायर्न म्युनिख । पेनाल्टी सुट-आउटको अन्तिम तथा निर्णायक पेनाल्टी । चेल्सीका दिग्गज खेलाडि डिडियर ड्रोग्बाले सो पेनाल्टी लिन अघि बढ्दै बललाई बायाँतिर प्रहार गर्छन् । बायर्नका गोलकिपर म्यानुयल नोया दायाँतिर जान्छन् । प्रहार गरिएको बलले जाली चुम्छ र त्यो प्रहार […]

February 20, 2018

प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेल सुदूरपश्चिम र पश्चिमाञ्चलबीच

धनगढी (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे सम्पूर्ण तयारी पुरा भएको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजकत्व रहने प्रतियोगितामा साविकका पाँच विकास क्षेत्र र विभागिय टोली नेपाल एपिएफ क्लब गरि ६ टोलीको सहभागिता रहेको मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक बाबुराजा श्रेष्ठले जानकारी […]

February 20, 2018

कर्णको निर्णायक गोलमा संकटाद्वारा थ्रीस्टार पराजित

हेटौंडा (हाम्रो खेलकुद) – तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा सीएमजी संकटाले रुस्लान थ्रीस्टारलाई १-० ले हराएको छ । संकटाको जितमा क्लबसँगै हालै टोलीमा सम्मिलित खेलाडी कर्ण लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित सकिए पनि दोस्रो हाफको ८३ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको २१ […]

February 20, 2018

किरण सम्मिलित मिनेर्भा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आइ लिग अन्तर्गत नेपाली गोलकिपर किरण लिम्बु सम्मिलित मिनेर्भा पञ्जाब गोकुलम केरलासँग १-० ले पराजित भएको छ । किरण आज टोलीको सुरुवाती ११ मै सामेल थिए । दोस्रो स्थानमा रहेको मिनेर्भालाई आज आठौं स्थानमा रहेको गोकुलम केरलाविरुद्ध जित दर्ता गर्दै अग्रस्थानमा उक्लिने मौका थियो । तर नतिजा सोचे अनुरुप नहुँदा […]

February 20, 2018

चेल्सीका पूर्व स्टार ड्रोग्बाका छोरा फ्रान्सेली क्लबमा आबद्ध

पेरिस (एजेन्सी)– डिडिएर ड्रोग्बाका छोरा आइज्याकले पनि बाबुकै पदचाप पछ्याएका छन् । महान खेलाडीका छोराले लिग वान क्लब गुइनगाम्पसँग सम्झौता गरेका छन् । चेल्सीको एकेडेमीमा पनि समय बिताएका १७ वर्षे युवा खेलाडीलाई सोमबार फ्रान्सेली क्लबले सार्वजनिक गरेको थियो । १६ वर्ष अघि उनका पिता ले मान्सबाट ८० हजार पाउन्डमा सोही क्लबमा आबद्ध भएका थिए । […]

February 20, 2018

‘मेस्सी रोक्नै नसिकने खेलाडी होइनन्’- पेड्रो

लन्डन (एजेन्सी)– चेल्सीका फरवार्ड पेड्रोले लियोन मेस्सीको खुलेर प्रशंसा गर्दै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । तर, सँगै उनले मेस्सी जित्नै नसक्ने खेलाडी नभएको धारणा पनि राखेका छन् । बार्सिलोनाको एकेडेमीका उत्पादन पेड्रोले आठ बर्ष त्यहि क्लबमा बिताएका थिए । स्पेनमा हुँदा मेस्सीसँगै उनले टोलीलाई थुप्रै उपाधि पनि दिलाएका थिए । ३० वर्षे पेड्रोको […]

February 20, 2018

आइ लिगमा किरणको टोली गोकुलमको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) मंगलबार गोकुलमको सामना गर्दैछ । खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । इष्ट बंगालसँगको अघिल्लो खेलमा १–० ले हार बेहोरेको मिनेर्भा आजको खेलमा सफलता प्राप्त गर्न सके पुनः आइलिगको शीर्षस्थानमा उक्लनेछ । शीर्षस्थानको नेरोकाभन्दा […]

February 20, 2018

हेटौंडा गोल्डकप फुटबल : थ्री स्टार र संकटा भिड्दै

हेटौंडा (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर कर्ण लिम्बु तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा  सिएमजी क्लब संकटाबाट खेल्ने भएका छन् । आज हुने रुस्लान थ्री स्टार संगको खेलमा झापाका कर्ण उत्रने संकटाका प्रशिक्षक सल्यान खड्गीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् ।       पछिल्लो ४ गोल्डकपको फाइनल खेलेको थ्री स्टार केहि […]

February 20, 2018

प्रत्यक्ष प्रसारण: थ्रीस्टार क्लबविरुद्ध संकटा क्लब

हेटौंडा (हाम्रोखेलकुद)- तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आज रुस्लान थ्रीस्टार क्लबले सिएमजी क्लब संकटाको सामना गर्दै छ ।  पछिल्लो चार गोल्डकपमा फाइनल खेलेको थ्रीस्टारले दुइमा जित र दुइमा हार बेहोरेको थियो भने अगिल्लो वर्ष ३ उपाधि जितेको संकटाले यस वर्ष उक्त प्रदर्शनलाई दोहर्याउन सकेको छैन । प्रत्यक्ष प्रसारण:   

Success

Thank you for your time.