default_image

ताजा समाचारहरु

February 24, 2018

प्रत्यक्ष प्रसारण: हेटौंडा गोल्डकप फाइनल

हेटौंडा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आज तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । आर्मी पहिलो पटक फाइनलमा पुलिसको सामना गर्दैछ ।  फरेष्ट्री ग्राउन्डमा हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

February 24, 2018

एक्सटेपले खोल्यो दरबार मार्गमा सोरुम, ज्ञानेन्द्रले गरे उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज स्पोर्ट्स वेयर कम्पनी एक्सटेपले आज काठमाडौं स्थित दरबार मार्गमा सोरुम उद्घाटन गरेको छ । नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल र एक्सटेपका प्रतिनिधि जुवाङ चाओहुइले सोरुमको उद्घाटन गरे । करिब तीन वर्षदेखि नेपालमा खेलकुदका विभिन्न सामग्री विक्री गरिरहेको चाइनिज स्पोर्ट्स वेयर कम्पनी एक्सटेपले दरबार मार्गमा आफ्नै सोरुम खोलेको छ । […]

February 24, 2018

हेटौंडा गोल्डकप फाइनल आज- आर्मी र पुलिस भिड्दै

हेटौंडा (हाम्रो खेलकुद)-  त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आज तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । फरेष्ट्री ग्राउन्डमा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक सुमन भम्जन स्मृति प्रतिष्ठानले जनाएको छ । विजय युथ क्लबलाई ३–० ले हराउँदै हेटौंडा गोल्डकपको यात्रा सुरु गरेको पुलिसले सेमिफाइनलमा संकटा क्लबलाई २–० ले हराएको थियो । आर्मीले फाइनल […]

sandip lamichhane

February 24, 2018

सन्दीप क्यारेबियन प्रिमियर लिगको प्रारम्भिक ड्राफ्टमा

काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिगको पाँचौ संस्करणको प्रारम्भिक ड्राफ्टमा नेपाली खेलाडीले पनि नाम दर्ता गरेको जानकारी लिगको आधिकारिक वेबसाइटले जनाएको छ । सिपिएलले जनाए अनुसार कुल २ सय २७ जना विदेशी खेलाडीले ड्राफ्टका लागि दर्ता गरेका छन् । जसमा नेपाली खेलाडी पनि छन् । १८ देशका खेलाडीध्ये पाकिस्तानका ५३ र श्रीलंकाका ३२ खेलाडी छन् । […]

February 24, 2018

पिंकाथन काठमाडौं – कान्छिमायालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी कान्छिमाया कोजुले पिंकाथन काठमाडौंमा महिला हाफ म्याराथनको उपाधि रक्षा गरेकी छिन् । शनिबार कान्छिले १ घन्टा २० मिनेट २१ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कान्छिले गत वर्ष उपाधि जित्ने क्रममा हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान (१ घन्टा १८ मिनेट १० सेकेन्ड) बनाइकी थिइन् । नेपाल प्रहरीको महारजगन्जस्थित तालिम केन्द्रबाट सुरु […]

February 24, 2018

युरोपेली लिगमा नेयमारमाथि सबैभन्दा बढी फाउल

पेरिस (एजेन्सी)– युरोपका मुख्य लिगमा यो सिजन अहिले सम्म सबैभन्दा बढी फाउल हानिएका खेलाडीको सुचिमा पेरिस सेन्ट जर्मन (पिएसजी) का नेयमार सबैभन्दा माथि रहेका छन् । २६ वर्षे ब्राजिलियन नेयमार यो सिजन अहिले सम्म ९६ पटक फाउलको शिकार भएका छन् । दोस्रो स्थानमा फ्रान्सेली क्लब लियोनका नबिल फेकीर छन् । उनीमाथि नेयमारको भन्दा ७ वटा […]

February 23, 2018

देवदहलाई अन्तर जेसिज फुटसल उपाधि

बुटवल (हाम्रो खेलकुद) – देवदह जेसिजले अन्तर जेसिज फुटसल उपाधि जितेको छ । बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा शुक्रबार सुनवल जेसीजलाई टाइब्रेकरमा २–१ हराउँदै देवदले उपाधि जितेको हो ।   निर्धारित समयमा ४–४ गोलको बराबरी पछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । कपिलवस्तु जेसिजलाई हराउँदै तिलोत्तमा जेसिज तेस्रो भयो । ४–४ बराबरीपछि टाइब्रेकरमा तिलोत्तमा […]

February 23, 2018

पूर्वाञ्चल प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । पूर्वाञ्चल शुक्रबारको जितसँगै अन्तिम चारमा पुगेपछि समिकरण पुरा भएको हो । अब सेमिफाइनलमा पूर्वाञ्चल मध्यमाञ्चल तथा एपिएफ र सदुरुपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।   पुर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले हरायो भने शुक्रबार नै अर्को खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि […]

February 23, 2018

कीर्तिपुरको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । बिहिबार घरेलु मैदानमा भएको खेलमा कीर्तिपुरले जेभियर इन्टरनेसनल कलेजलाई ६४–५७ को अन्तरले पराजत गर्दै लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको हो । पहिलो क्वार्टर १७–११ ले आफ्नो पक्षमा पारेको घरेलु टोली कीर्तिपुरले दोस्रो क्वार्टर […]

February 23, 2018

हेटौंडा गोल्डकप फाइनल – अनुभवी आर्मीविरुद्ध पुलिसको चुनौति

अमृत चिमरिया हेटौंडा – टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगितामा लगातार तेस्रो पटक फाइनल खेल्ने त्रिभुवन आर्मी क्लब एक्लो टाली हो । यसअघिका दुइपटकको फाइनल आर्मी र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच भएको थियो । पहिलो संस्करण मनाङ र दोस्रो आर्मीले जितेको थियो । हेटौंडामा फाइनल खेल्ने अनुभवी आर्मीले यसपटक अर्को विभागिय टोली नेपाल […]

Success

Thank you for your time.